दुई नेपाली विद्यार्थीको शव बैंगलोरको रेलवे लाइनमा फेला

नयाँदिल्ली, पुस १६ – बैंग्लोरको कोडाथीस्थित टेक्नोलोजी इन्स्टिच्युटमा इन्जिनियरिङमा अध्ययनरत दुई नेपाली विद्यार्थीको शव रेलवे लाइनमा फेला परेको छ । सिभिल इन्जिनियरिङ दोस्रो वर्षमा अध्ययनरत २२ वर्षीय राजु उपाध्याय र कम्युटर साइन्सका विद्यार्थी २१ वर्षीय रुसा महर्जनको शव सोमबार शंकास्पद अवस्थामा फेला परेको हो ।

टाइम्फ आफ इन्डियाका अनुसार दुवैको शव इन्स्टिच्युटबाट १ किलोमिटर पर सरजापुरमा सोमबार फेला परेको थियो ।
भारतीय प्रहरीले दुवै प्रेममा रहेको आशंका गर्दै परिवारबाट केही खप्की खाएपछि आत्महत्या गर्ने निर्णय लिएको बताएको छ ।
प्रहरीले यश्वन्थपुर र होसुर क्षेत्रको बीचमा दिउँसो करिब ३ बजेर ४५ मिनेट जाँदा उनीहरुले ट्रेन अगाडि हाम फालेको बताएको छ ।

यद्यपि, उनका साथीहरुले भने घटना शंकास्पद रहेको बताएका छन् । उनीहरु अंग्रेजी नयाँ वर्षको दिन नेपाल फर्कन लागेका थिए । बिहान सामान किनमेल गर्न निस्केका उनीहरुको शव फेला परेको थियो ।
प्रहरीले अहिले पोस्टमार्टमका लागि उनीहरुको परिवारको प्रतिक्षा गरिरहेको छ । दुवैको शव स्थानीय शिवाजीनगरस्थित अस्पतालमा राखिएको छ । 

0 comments

Write Down Your Responses

Powered by Blogger.