एजेन्सी । सन्नी लियोनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भन्दा अघि रहेकोमा धेरै सम्मानित भएको सचिरहेकि छिन् ।
उनी किन खुसी छिन् भने गुगलले जारी गरेको एक लिष्टमा सन्नी लियोन मोदीलाई उछिन्दै एक नम्वरमा परेकि छिन् ।
सन्नी लियोन भारतमा गुगलको माध्यमबाट सबै भन्दा खोजि भएकि पात्र हुन् भने मोदी दोस्रो । आफ्नो फिल्म वान नाइट स्टेको प्रमोशन कार्यक्रममा पुगेकि लियोनले आफू मोदी भन्दा अगाडी भएकोमा खुसी व्यक्त गर्दै अर्को वर्ष मोदी एक नमवरमा आउने आसा व्यक्त गरिन् ।
सन्नी लियोन आफ्नो छबिको वारेमा भन्छिन् सन् २०१५मा उनी धेरै सामाजिक हुनेछिन् र आफ्नो बिग्रिएको छबि सुधार गर्न सकु ।
उनी मानिसहरु संग भेटघाटलाई समेत बढाउने पक्षमा छिन् नया बर्ष पछि । लियोन भन्छिन् कि आम मानिसले सोचे जस्तो म गलत छैन ।
बलिउड स्टार बनिसकेकी पूर्व पोर्नस्टार सन्नी लियोनले आफ्नो बोल्डरुपले दर्शकको मन जित्ने क्रम जारी राखेकी छिन् ।
अव सन्नी बेइमान लभमा बोल्डरुप 'बेइमान लभ' मा देखउने भएकी छिन् । उनको नयाँ चलचित्र 'बेइमान लभ' कन्ट्रयाक्ट भैसकेको छ ।
सन्नीले बेइमान लभको बारेमा सामाजिक सञ्जालमा तस्विर समेत सार्वजनिक गरेकी छिन् । यो चलचित्रमा उनी एक शक्तिशाली महिलाको भूमिकामा रहने बताइएको छ ।
यो चलचित्रमा उनीसँग रजनीश दुग्गलले रोमान्स गर्ने छन् । अहिले भने सन्नी 'मस्तीजादे' मा ब्यस्त छिन् ।
सलमान खान श्रीलंकाली राष्ट्रपति महिन्दा राजापाक्षको चुनावी प्रचारका लागि श्रीलंका पुगेका छन् । अभिनेत्री ज्याकलिन फर्नान्डिजसँग सलमान श्रीलंका पुग्दा उनलाई भव्य स्वागत गरियो ।
श्रीलंकाली चुनावमा प्रचार गर्ने सलमान पहिलो भारतीय सुपरस्टार हुन । आइतबार सलमान र ज्याकलिन श्रीलंका पुगेका थिए ।
पूर्व मिस श्रीलंका समेत रहेकी ज्यकलीन खासमा श्रीलंकाली राष्ट्रपति राजापक्षका छोरा नमलकी साथी हुन् ।
सलमान मात्र नभएर बलिउडका अन्य सुपरस्टार समेत यो प्रचारमा सहभागी हुने बताइएको छ । सलमानले श्रीलंका पुगेर चुनाव प्रचार गरेपछि भारतमा भने उनको कडा विरोध भएको छ ।
नयाँ दिल्ली । आमिर खानको फिल्म पीकेले हलहरुमा रेकर्ड तोडर चेन्नई एक्प्रेसलाई पछाडि छोडिसकेको छ । तर उनको फिल्ममाथिको विवाद कम भएको छैन । बाबा रामदेवले पीकेमाथि प्रतिबन्ध लगाउँदै आमिरलाई पक्राउ गर्नुपर्ने माग राखेको भोलिपल्टै अर्का स्वामीले पीकेमा दुबई र आईएसआईको लगानी रहेको आरोप लगाएका छन् ।
आरोप लगाउने स्वामी अरु कोही नभएर बिजेपी नेता सब्रमण्यन स्वामी हुन् । उनले फिल्ममा कसको लगानी छ भनेर प्रश्न गरेका छन् ।
स्वामीले फिल्ममा दुबई र आईएसआईको लगानी रहेको खबर आफूले प्राप्त गरेको दाबी गरेका छन् । उनले ट्विट गरेका छन्, फिल्म पीकेलाई कसले लगानी गरेको छ ? मेरो स्रोतका अनुसार यसमा लगानी गरिएको रकम दुबई र आईएसआईसम्म जोडिन सक्छ । डिआरआईले यसको जाँच गर्नु जरुरी छ ।
सोमबार नै अहमदाबादको तीन फिल्म हलहरुमा तोडफोड समेत गरिएको थियो । भोपालमा पनि बजरंग दलले प्रदर्शन गरेको छ । फिल्ममा अन्धविश्वासमाथि कटु व्यंग्य गरिएको छ । कतिपय अन्धविश्वास धर्मसमेत जोडिएको छ ।
मुम्बई । अमिर खान फेरी आफुलाई अब्बल सावित गर्दै अन्य दुई खानभन्दा अगाडी पुगेका छन् । बलिउड बक्स अफिसमा उनी लगातार दोस्रो बर्ष पनि सर्वाधिक कमाई गरेर बिजेता बनेका छन् । फिल्म ब्यापार विशेषज्ञका अनुसार अमिरको फिल्म पिके सन् २०१४ मा सबै भन्दा धेरै कमाउने हिन्दी फिल्म भएको छ । फिल्म ब्यापारको आधारमा शाहरुख र सलमान भन्दा अमिर अगाडी छन् ।
ब्यापार विशेषज्ञ तरण आदर्शका अनुसार उनको फिल्म पीके ले प्रदर्शनको १० दिनको अबधिमा भारतमा मात्रै २३६.५८ करोड रुपैयाँ कमाइ गरेको छ । पिकेको यो अंकसंगै सलमान खानको फिल्म किक पछाडी परेको छ । शाहरुख पनि पछाडि किक ले भारतमा कुल २३१ करोड रुपैयाँ कमाएको थियो । शाहरुख खानको यसै वर्ष रिलिज भएको ह्याप्पी न्यु इयर ले भारतमा २०२ करोड कमाइ गरेको थियो । पछिल्लो वर्ष अमिर खानको फिल्म धुम-३ ले भारतमा मात्रै २८४ करोड रुपैयाँ कमाएको थियो । ब्यापार विशेषज्ञका अनुसार पिकेले धुम ३ लाइ पछाडी पारेर सबै भन्दा धेरै कमाइ गर्ने सम्भावना देखाएको छ ।
बलिउड सुपरस्टार सलमान खानको २५ वर्ष अघिको लभ लेटर सार्वजनिक भएपछि यतिबेला बलिउडमा लभलेटरको चर्चा छ । सलमान खानले आफ्नो पहिलो प्यार अर्थात फ्यानका लागि उक्त लभ लेटर लेखेका थिए । सन् १९९० मा ‘मैने प्यार किया’ फिल्मको रिलिज भएपछि यो पत्र लेखेका थिए ।
यो पत्रमा उनले आफ्ना सबै मन पराउनेहरुलाई ठूलो धन्यवाद अर्थात ‘थ्याङ्क यू’ भनेका छन् ।
खासमा सलमानले आफ्नो चलचित्र सफल बनाइदिने सबैलाई धन्यवाद दिन यो लभलेटर लेखेका थिए । यो पत्रमा सलमान खानले आफूले आगामी चलचित्रमा शतप्रतिशत मेहनत गर्ने वाचा पनि गरेका छन् ।
हेर्नुस् सलमानको पत्रः
मुम्बई । जो जति बोल्ड हुन सक्यो, उत्तिकै चर्चित । पछिल्लो समय बलिउड फिल्म उद्योगमा बोल्ड हिरोइनको बोलवाला र रवाफ निकै बढ्दो छ ।
अभिनय कमजोर किन नहोस् बोल्ड भएकै कारण बलिउडमा स्थापित भएका नायिकाहरुको सूची लामै छ ।
हरियाणाका प्रान्तीय फिल्ममा अभिनय गरेकी मल्लिका शेरावतले हट फोटो सुटकै कारण बलिउडमा प्रवेश पाएकी थिइन् ।
अहिलेकी चर्चित नायिका कटि्रना कैफले बलिउडमा प्रवेश पाउनका लागि आफुलाई हट अवतारमा प्रस्तुत गर्न परेको थियो । सुरुमै बोल्ड भएर आएका हिरोइनवारे ‘टाइम्स अफ इण्डिया’ बनाएको सूची यस्तो छ ।
सुरविनलाई टुपीसको सहारा
विभिन्न टिभी सिरियल र पञ्जाबी फिल्ममा अभिनय गरेकी सुरवीन चावलाले बलिउडमा आउनका लागि टुपिसमा फोटो शुट गरेकी थिइन् । हिन्दी फिल्म बीबी और ग्याङ्गस्टारमा बोल्ड भुमिकामा प्रस्तुत भएकी छिन् माही गिल । जुन उनको पहिलो फिल्म थियो ।
प्रियंकाकी बहिनीलाई बोल्ड हुने बाध्यता
हिन्दी फिल्म ‘जीद’ मा अभिनय गरेकी नायिका बार्बी हाण्डा हट एक्ट्रेसको रुपमा स्थापित हुने अभियानमा छिन् ।
उनको त्यो इच्छा नभएको भए पक्कै पहिलो फिल्ममै नायक कर्णबीरको मुखमा मुख जोडेर चुम्बन गर्ने थिइनन् होला । नातामा पि्रयंका चोपडाको बहिनी पर्ने बार्बीले केही कामुक दृष्य दिएकी छिन् ।
सन्नीलाई पनि देखाउनैपर्यो
सन्नी लियोन बलिउडमा प्रवेश गर्न लागेको हल्ला चलेपछि उनको यति धेरै चर्चा भयो । केही हट फोटो शुट गरिन् उनले । मुम्बइका स्टुडियोमा खिचिएका विभिन्न नयाँ-नयाँ पोजका तस्बिर सार्वजनिक भए लगत्तै उनको थप चर्चा हुन्थ्यो ।
शर्लिन नाङगीनै तयार
शर्लिन चोपडा मोडलिङको दुनियाँमा अत्याधिक चर्चित पात्र हुन पुगिन् । राम्रो भुमिका पाएमा नाङ्गै अभिनय गर्न तयार रहेको बताएकी शर्लिनलाइ फिल्ममा उनले चाहेको रोल दिने निर्देशक भेटिएका छैनन् ।
न्युड सिन दिने कुरो
किंगफिगर ग्ल्यामर गर्ल भनेर चिनिने सोनाली राउतले पनि दर्शकको ध्यान तान्न ब्यापक अंग प्रदर्शन गरिन् । न्युड सिन दिन तयार रहेको अभिब्यक्ति दिएर चर्चामा आएकी हुन् सोनाली ।
कट्रिनाको भर्याङ पनि अंग प्रदर्शन नै
हिन्दी फिल्म ‘बुम’ प्रदर्शन हुनु अघि नै उक्त फिल्मको पोष्टरको विषयमा विवाद भएको थियो । मधु सप्रे र कट्रिना कैफ दुई मोडलले उक्त फिल्ममा उत्तेजक अभिनय गरेका थिए । फिल्म रिलिजका बेला कट्रिनाले अश्लिता बेचेको आरोप नलागेको हैन तर, अहिले कैट उक्त आरोपवाट मुक्त भइसकेकी छिन् ।
लाराको अंग प्रदर्शन रुचाइयो
हिन्दी फिल्म अन्दाजमा काम गर्दा अभिनेत्री लारा दत्तले पनि अंगप्रदर्शनलाइ निकै महत्व दिएकी थिइन् ।
दर्शकले उनको अभिनय र अंग प्रदर्शनलाइ समेत रुचाइदिएपछि अगाडी बढन निकै सजिलो भएको थियो उनलाई ।
पहिलो फिल्ममै बेड सिन
‘कौन है वहा’ मा अनुबन्ध हुनुअघि नै नायकसँग यौनजन्य दृष्य दिने सहमति जनाएकी थिइन् कल्पना माथुरले ।
पहिलो फिल्ममै बोल्ड भएकी कल्पना त्यसपछि भने बलिउड फिल्ममा सक्रिय हुन सकिनन् । पाकिस्तानी मोडल बीना मलिकले पनि हट पोजकै कारण चर्चा बटुलेकी थिइन् ।
उत्तेजकको फोटोको सहारा
‘जन्नत -२’ मा अभिनय गरेकी थिइन् मिस इण्डिया इशा गुप्ता । उक्त फिल्ममा इमरान हाशमीको नायिका बनेकी इशाले पनि फिल्ममा आउनु अघि नै उत्तेजक फोटो शुट गराएकी थिइन् ।
मल्लिकाको २२ चुम्बन
हिन्दी फिल्म ‘ख्वाहिस’ मा नायकसँग २२ पटक चुम्बन गरेकी छिन् मल्लिका शेरावतले । फिल्ममा काम गर्नु अघि हट फोटो शुट गरेकी मल्लिकाले फिल्ममा पनि हट सिनलाइ पहिलो प्राथमिकतामा राखेकी थिईन् ।
चलचित्र ‘डब्बल क्रश’ मा बिकनीमा प्रस्तुत भएकी निगार खानले अभिनय यात्रालाइ भने सहज रुपमा अगाडी बढाउन सकिनन् ।
हट पोज बिक्री भएन
हिन्दी फिल्म ‘हवस’ मा काम गर्नु अघि मेघना नायडुले पनि हट फोटो शुट गरेकी थिइन् । फिल्ममा पनि केही हट सिन दिएकी थिइन् तर, उनको हट दृष्य बिक्री नभएको बताउछन् बलिउड फिल्मकर्मी । किनकी अहिले उनी फिल्म क्षेत्रमा सक्रिय छैनन् ।
बलिउड सुपरस्टार सलमान खानले अर्को वर्ष विवाह गर्ने घोषणा केही दिन अघि गरेका थिए । अव भने उनले विवाह गर्ने केटी को हुन भन्ने समेत खुलासा भएको छ ।
सलमान खानका परिवारले उनकी पछिल्ली प्रेमिका लुलिया बन्तुरलाई मन पराएको र उनीसँग सलमानको २०१५ भित्र विवाह हुने भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
सलमानले बहिनीको विवाहमा लुलियालाई पनि बोलाएका थिए । त्यतिनै बेला उनले लुलियालाई परिवारमा चिनजान र प्रेम प्रसंगबारे पनि औपचारिक जानकारी गराएका थिए ।
यी अर्मेनियन सुन्दरीसँग सलमानले जर्मनीको डब्लिनमा फिल्म सुटिङका क्रममा सम्बन्ध बढाएका थिए । उनीहरु निरन्तर प्रेममा रहेको भारतीय सञ्चार माध्यमको दावी छ ।
एजेन्सी । बुलिउड इतिहास अपुरो हुन्छ, यदि सुपस्टार सलमान खानको नाम नलिने हो भने । २५ वर्षदेखि एकछत्र बलिउडमा राज जमाउँदै आएका सलमान फिल्ममा जस्तो शैलीमा देखिए, त्यो भारतीय युवा पिँढीका लागि फेसनजस्तै बन्छ । उनले फिल्म ‘तेरे नाम’मा बनाएको कपालको शैली धेरै युवाले पछ्याएका थिए । फिल्म वान्टेडमा उनले हातमा चाँदीको सिक्री लगाएका छन्, जुन फेसन बनेर नेपालसम्म आइपुगेको छ ।
प्रेमका मामिलामा बलिउडको ब्याड ब्वाई भनेर चिनिने अविवाहित सलमानले आज २७ डिसेम्बरमा आफ्नो ४९औँ जन्मदिन मनाउँदै छन् । उनले मुम्बईमा परिवार र साथीहरुका साथमा धुमधामसँग जन्मदिन मनाएको एजेन्सीले जनाएका छन् ।
२७ डिसेम्बर १९६५ मा भारतको मुम्बईमा जन्मेका सलमान खान बलिउडमा पटकथा र संवाद लेखकका रुपमा चिनिएका सलिम खानका छोरा हुन् । घरमै फिल्म क्षेत्रमा लाग्ने वातावरण भएकाले सलमानले सन् १९८८ मा फिल्म ‘बेबी हो तो ऐसी’मा छोटो भूमिका निभाएका थिए । लगत्तै सन् १९८९ मा उनी युवाको प्रेम कथामा आधारित फिल्म ‘मैँने प्यार किया’ मा प्रमुख भूमिका निभाए । अभिनेत्री भाग्यश्रीको जोडीका रुपमा दर्शकले उनलाई बेहद मन पराए । यो फिल्म सुपरहिट भइदियो । यही फिल्मबाट सलमानले फिल्म फियरमा सर्वश्रेष्ठ डेब्यु अभिनेताको अवार्ड पाए । त्यसपछि फिल्म सनम बेवफा र साजनमा देखिए । साजनमा माधुरी दीक्षितको जोडी बनेका सलमानलाई दर्शकले रोमान्टिक र भावुक अभिनेताका रुपमा मन पराए ।
बलिउडमा सधैँ तन्नेरी देखिने ४९ वर्षीय सलमानले सयभन्दा बढी फिल्ममा खेलेका छन् । उनको पछिल्लो फिल्म किकले तीन सय ५० करोडभन्दा बढी कमाएर सर्वाधिक कमाउने सूचीमा छ ।
एजेन्सी ।
बलिउडकी चर्चित अभिनेत्री एवं भारतीय सांसद हेमा मालिनीले मिनिस्कर्ट लगाएपछि हंगामा भएको छ । तर उनी आफैले मिनिस्कर्ट लगाएको भने होइन । साइवर अपराधीहरुले ६६ वर्षकी हेमालाई मिनिस्कर्टमा रहेको तस्विर बनाएपछि उनको चर्चा भएको हो ।
बनाइएको तस्विर ।
आफ्नो तस्विर सामाजिक सञ्जालमा भाइरल भएपछि हेमाले ट्वीटरबाट यो साइवर अपराधीहरुले बनाएको तस्विर भएको स्पष्टिकरण दिएकी छिन् । आफूले युवा अवस्थामा समेत यस्ता कपडा नलगाएको उनको स्पष्टीकरण छ ।
वास्तविक तस्विर ।
अहिले दुवइमा रहेकी हेमाको यो तस्विरले भारतमा हंगामा गरेको छ । तस्विरमा हेमा सेतो रङको टीसर्ट र स्कर्टमा देखिन्छिन् । फेसबुक र ह्वाट्सएपमा उनको तस्विर भाइरल बनेको छ ।
मुम्बई । बलिउड स्टार सलमान खानले डिसेम्बर २७ का दिन आफ्नो जन्मदिन मनाएका छन् । उनको ४९ वर्षअघि मध्य प्रदेशमा जन्म भएको हो । तर उनी अझै अविवाहित छन् । जन्मदिनको अवसरमा उनले पनवेलको आफ्नै फार्महाउसमा एक भव्य पार्टी दिए ।
पार्टीमा बलिउडका चर्चित कलाकारहरुको उपस्थिति थियो । अमिताभ बच्चन, शाहरुख खान, ऋतिक रोशन, प्रियंका चोपडा, सोनाक्षी सिन्हालगाउतले भने उनलाई शुभकामना सन्देश पठाएका थिए ।
यी नै नायक सलमान खानबारे केही तथ्य यस्ता छन् :
१.सलमानको पुरा नाम अब्दुल राशिद सलमान खान हो । उनी खासमा लेखक बन्न चाहन्थे ।
२.सलमान हिरो हुनुअघि स्वीमर खेलाडी थिए । उनी स्कुल पढ्दा भारतको प्रतिनिधित्व गर्दै अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी भएका थिए ।
३.अहिले उनी ग्यालेक्सी अपार्टमेन्ट मुम्बईमा बस्दछन । यसबाहेक उनको पनवेलमा एक फार्महाउस पनि छ र दुबईको जुमैरा गाँऊमा एक अकर्षक घर पनि छ ।
४.सलमानलाई मनपर्ने अभिनेता सिल्वेस्टर स्टेलोन र अभिनेत्री हेमा मालिनी हुन ।
५.सलमानले अहिलेसम्म अनस्क्रिन लिप लक सीन वा किसिङ सीन दिएका छैनन ।
६.सलमानलाई चाइनिज खाना बिशेष मन पर्छ । मुम्बईको चाइना गार्डेन उनलाई मनपर्ने रेष्टुरेन्ट हो ।
७.सलमानले फिल्म हेल्लो ब्रदरमा पहिलोपटक पाश्र्वगायन गरेका थिए ।
८) सलमान ट्रिगेमिनल न्युरेल्जिया नामक रोगबाट ग्रसित छन् । यसलाई सुसाइड रोग पनि भनिन्छ ।
९.सलमानले डेजी इरानीको इन्स्चिच्युटमा साजिद खान र चंकी पान्डेसँग अभिनय सिकेका थिए ।
१०.सलमान खानका लगातार पाँच फिल्मले सय करोडको व्यापार गरेको छ, जो कुनै नायकले गर्न सकेका छैनन् ।
मुम्बई । बलिउड स्टार रजनीकान्तको फिल्म ‘लिंगा’ हेर्दाहेर्दै एक जनाको मृत्यु भएको छ । कोयम्बटुरस्थित एक सिनेमाहलमा फिल्म हेर्ने क्रममा ५८ वर्षीय राजेन्द्र नामका एक व्यक्तिको मृत्यु भएको हो ।
केही महिनायता क्यान्सरको उपचार गराई रहेका उनको हृदयघातका कारण मृत्यु भएको बताइएको छ । उनलाई चिकित्सकले आराम गर्न सल्लाह दिएका थिए ।
चिकित्सकको सल्लाह विपरित लुकेर फिल्म हेर्न गएका उनको हलमा नै मृत्यु भएको हो । फिल्म सकिएपछि हल सफा गर्ने क्रममा उनलाई कर्मचारीहरुले फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।
उनले अहिलेसम्म रजनीकान्तका सबै फिल्म हेरेको र कट्टर फ्यान भएको परिवारजनले जनाएका छन् ।
-एजेन्सीको सहयोगमा
छन् । सन् २०१२ मा रिलिज भएको उक्त फिल्ममा धार्मिक भावनालाई ठेस् पुर्याएको भन्दै अदालतले अभिनेता विरुद्ध अनुसन्धानको आदेश पुलिसलाई दिइसकेको बताइएको छ । सुनुवाईको दौरान कोर्टका न्यायाधिस आरके क्षीरसागरले अभिनेतालाई सिधै पक्राउ गर्नुभन्दा घटनाको उचित छानबिनका लागि आदेश दिइएको बताएका छन् ।
उनीबिरुद्ध मुद्दा दर्ता गर्ने नसीम बनोका वकिल अभिनाश कुमार देबेका अनसार, फिल्मको एक दृश्यमा अक्षय कुमारले ‘७८६’ लाई प्रतिचित्रमाथि सील लगाएको देखाइएको छ । उनी भन्छन्, ‘विभिन्न समुदायले यो नम्बरलाई निकै विशिष्ठ मानेर पूजा गर्ने गर्दछन् ।’ उजुरीमा फिल्मका निर्माता र निर्देशककोृ पनि नाम समावेश गरिएको छ । अदालतले मुम्बई पुलिसलाई ११ फेब्रुअरीसम्म रिपोटए बुझाउन आदेश दिएको छ । (एजेन्सी)
बलिउड सुपर स्टार सलमान खानले रोमानियाली अभिनेत्री युलिया ब्यान्तुरसँग प्रेम सम्बन्ध रहेको कुरा स्वीकार गरेका छन् ।
विहिनी अर्पिता खानको विवाहका क्रममा युलियालाई समेत बोलाएका सलमानले आफ्नो सम्बन्ध बारे बताएको एक बेलायती पत्रिकाले खुलासा गरेको हो ।
सलमानले युलियालाई होम प्रोडक्सन चलचित्र 'ओ तेरी' को गीतमा अभिनय गराएका थिए ।
सलमानले यूलियासँग जर्मनीमा भेट भएर कुरा गरेको सलमानले परिवारलाई बताएका हुन् । उनीहरुको सम्बन्धबारे बलिउडमा यस अघि नै चर्चा चलेको थियो ।
अहिले पनि सलमान र यूलियाबीच सम्बन्ध रहेको बताइन्छ । यूलिया अहिले मुम्बइको एक होटलमा छिन् जुन सलमानको घर नजिकै पर्छ ।
प्रियंका चोपडाकी बहिनी मनराले बलिउडमा प्रवेश गर्नु अघि नै बजार तताएकी छिन् ।
बार्बीले दिएका हट पोज कतिलाई मन पर्ने हो त्यो हेर्न बाँकी छ । तर उनले ‘जिद’ नामक चलचित्रका लागि दिएका हट पोज हेर्दा कुनै अश्लिल चलचित्रको झल्को दिने छन् ।
यो चलचित्र पाउन ५ चरणको अडिसन दिएकी उनले फेशन डिजाइनिङमा ब्याचलर गरेकी छिन् ।
बार्बी नामबाट चिनिने उनले पछिल्लो समयमा मात्र नाम बदलेर मनरा बनाएकी हुन् ।
यो चलचित्र २८ नोभेम्बरमा रिलिज हुँदैछ ।
मुम्बई । भनिन्छ, दुनियामा उस्तै अनुहार भएका ७ जना मानिस हुन्छन् । सात त थाहा भएन तर, रनवीर कपूरको भने एकजना कार्बनकपी भेटिएका छन् । उनी हुन् कश्मीरका जुनैद शाह । उनले रणवीरजस्तो देखिन केही गरेका छैनन्, भगवानले नै उनलाई त्यस्तै बनाएर पठाएका हुन् । जुनैद हाल एमबीए पढिरहेका छन् र मोडलिङमा आउन चाहन्छन् ।
तर रणवीरको तुलना आफूसँग नगरियोस् भन्ने उनको चाहना छ । जुनैदको नामा एउटा फेसबुक पेज पनि छ, जसको नाम जुनैद शाह द अपकमिङ आर.के लेखिएको छ । यस पेजमा उनका कैयन अन्य तस्वीर पछि छन्, जसलाई देखेर पहिलो पटक जो पनि झुक्किन्छ । उनको अनुहार रणवीरसँग यत्ति मिल्छ कि, सबै उनलाई रणवीरको कार्बनकपी भन्छन् । सोही कारण उनी सानोतिनो सेलिब्रेटी नै बनिसकेका छन् ।
एजेन्सी ।
बलिउड अभिनेत्री बनेकी पूर्व पोर्नस्टार सन्नी लियोनले आफूले एक रात विताएको खुलासा गरेकी छिन् । सन्नीले आफू एक्लै हुँदा कुनै पुरुषसँग एक रात विताएको खुलासा उनले 'One Night Stand' अर्थात एक रात विताउने चलचित्रका क्रममा गरेकी हुन् ।
सन्नीले कुनै ब्यक्तिले आफूले एक रात विताएको छैन भन्छ भने उसले झुटो बोलिरहेको बुझ्नु पर्ने समेत बताएकी छिन् । अविवाहित हुँदा मानिसहरुले अरुसँग रात विताउने कुरा अनौठो नभएको उनको भनाइ छ ।
गुगल सर्चमा भारतमा सर्वाधिक खोजि गरिने सन्नीले आफूले रात विताएको कहानी सुनाएपछि उनको चर्चा झनै बढेको छ ।
बलिउड अभिनेता सलमान खानले आगामी बिगबोस संचालन नगर्ने भएका छन | उनको सट्टा कपिल सर्माले बिग बोस को संचालन गर्ने भएका छन |
डिसेम्बर २७ मा सलमान खानको जन्म दिन परेको र उनले परिवारसँग जन्मदिन मनाउन विदा मागेकाले प्रसारण संस्था कलर्स टिभीले एक दिन कार्यक्रम चलाउन कपिललाई बोलाएको हो।
अब सलमान खान बिग बोसमा देखिने छैनन्। जनवरीदेखि फिल्म बजरंग भाइजानको सुटिङमा व्यस्त हुने भएकाले उनले बिग बोस छोडेका हुन्। फराह खान बिग बोसमा जनवरी महिनाका प्रस्तोता हुनेछन्।
सलमान खान अब फिल्म तिर लाग्नेछन |उनले आफ्नै कारणले बिग बोस छोडेका हुन् |फिल्मलाई समय दिनको लागि उनले यस्तो निर्णय गरेको बताएका छन |
एजेन्सी । फिल्ममा पुनरागमनको लागी ऐश्वर्याले अहिले सम्म दुई वटा फिल्म मात्र फाइनल गरेकि छिन् ।
सञ्जय गुप्ताको जज्बा तथा करन जोहरको ए दिल है मुस्किल । ए दिल है मुस्किल मार्फत एश्वर्यको करन जोहर संग काम गर्ने सपना पुरा भएको छ ।
कुछ कुछ होता हे मा जीन्सको कारण उनले फिल्म गुमाउनु प¥यो भने कभी खुशी कभी गम मा काजोलको आगमन पछि एश्वेर्याले फिल्म छोड्नु परेको थियो ।
वच्चन परिवारको आर्थिक अवस्था र उनको गुमनामिको कारण अभिषेक बच्चनले पछिल्लो समय एश्वेर्यालाई फिल्म खेल्न आग्रह गरेको बुझिएको छ ।
शुभचिन्तकको भीड जम्मा भएको थियो। उनले सबैसँग हासेर कुरा गरेका थिएए। सर्ट् फुकालेर जेल भित्र बस्दा बनाएको सिक्स प्याक एब्स उनले सबैलाई देखाएका थिए।
दत्तको पनि अभिनय रहेको पीके फिल्म प्रमोशनको लागि उनले जेल प्रशासनसँग छुट्टी मागेका थिए। बुधबार उनको छुट्टी स्वीकृत भएको हो। सन् १९९३ मा मुम्बईमा भएको बम विष्पोटका बेला अवैधानिक हतियार राखेका अभियोगमा दत्तलाई यरवदा जेल(पुणे) मा राखिएको छ।
