१५ पुस काठमाडौं । नेपाली बजारमा अमेरिकी डलरको भाउ अझै महंगिएको छ । आइतबार र सोमबारको भन्दा मंगलबार १७ पैसाले महंगिएको छ ।
मंगलबारका लागि राष्ट्र बैंकले एक अमेरिकी डलर १ सय १ रुपैयाँ ५७ पैसामा खरिद गर्ने र १ सय २ रुपैयाँ १७ पैसामा बिक्री गर्ने जनाएको छ । अहिलेको डलरको मुल्य २०१४ कै महंगो हो ।
अाइतबार र सोमबार राष्ट्र बैंकले १ सय २ रुपैयाँमा डलर बेचेको थियो । अमेरिकी अर्थतन्त्रको प्रभाव बढेपछि संसारभर नै डलरको मुल्य बढेको हो ।
डलरको वृद्धिसँगै अन्तरािष्ट्रय बजारमा पेट्रोलियम पद्धार्थ र सुनको मुल्य भने सस्तिएको छ ।
यो पनि पढ्नुहोस
पुस काठमाडौं । मंगलबार एकैदिन सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेको छ । केहीदिन याता प्रतितोला ५२ हजार रुपैयाँमा कारोबार भइरहेको सुन मंगलबार ६ सय रुपैयाँले घटेर ५१ हृजार ४ सय रुपैयाँमा किनबेच भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अन्तराष्ट्रिय बजारमा सुनको भाउ घटेकाले त्यसको असर नेपालमा पनि देखिएको व्यवसायीहरुले बताएका छन । त्यस्तै, डलरको मुल्यवृद्धिको प्रभावले सुनको मुल्य घटेको पनि विश्लेषकहरुले बताएका छन ।
केहीदिन यता स्थिर रहेको चाँदीको मुल्य पनि मंगलबार घटेको छ । तोलामा १० रुपैयाँले घटेर ६ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
