४७८ यात्रु बोकेको जहाजमा भिषण आगलागी

एजेन्सी । चालक दलका सदस्य सहित ४७८ यात्रु बोकेर ग्रिसको युनानबाट इटालीतर्फ गइरहेको एक पानी जहाजमा भिषण आगलागी भएको छ । जहाजमा सवार सबै यात्री जहाजको छतमा फसेका छन् ।
प्रशान्त महासागरको बीच भागमा तिब्र गतिमा आएको हावा हुरीका कारण यात्रुहरुको उद्दारमा समस्या भएको छ ।
इटाली र ग्रीकका उद्दारकर्मीहरु हेलीकोप्टर लिएर जहाज नजीक पुगेको भए पनि कुनै पनि यात्रुको उद्दार भने हुन सकेको छैन ।

आगलागी नियन्त्रणकालागि हर प्रयास गरिए पनि सम्भव देखिएको छैन । समुद्रमा आएको हावा हुरीका कारण आगो झनै बढीरहेको छ । हावा रोक्न अन्य ८ जहाजले उक्त जहाजलाई घेरा हालेपनि सम्भव हुन सकिरहेको छैन ।
युनानबाट ४४ माइल टाढा भएको उक्त घटना दर्दनाक बन्ने दिशातर्फ गइरहेको जनाइएको छ । ५५ जना चालक दलका सदस्यहरु र ४२३ यात्रु उद्दारको प्रतिक्षामा रहेका छन् ।
जहाजको ग्यारेजमा लागेको आगोले ग्यारेजमा रहेका २२० कार जलाईसकेको छ । इटालीले यात्रुलाई बचाउने अभियान थालीसकेको छ । तर, सम्भावना निकै कम देखिएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.