वर्ष २०१५ को शुरुवातसँगै यो वर्ष के होला के नहोला भन्ने अनुमान शुरु भएका छन् । नयाँ आशा र उमंग लिएर नयाँ वर्ष आएको छ २०१५ । कुनै पनि ब्यक्तिको वर्ष सफल हुने कि असफल भन्ने कुरा ग्रहको स्थितिमा भर पर्ने ज्योतिष शास्त्र बताउँछ । यहाँ ज्योतिष शास्त्र अनुसार वर्ष २०१५ को वार्षिक राशिफल प्रस्तुत गरिएको छ ।
मेष राशिः
सन् २०१५ मेष राशिका लागि समग्रमा राम्रो छ । यो वर्ष तपाइँलाई आश्चर्यजनक कुरा हुन सक्छन् । यस्तो परिवर्तन नयाँ नयाँ अनुभव र सोंच विकाश गर्नका लागि सहायक हुने देखिन्छ । जीवन यापनको शैलीमा निखार आउँछ भने यो वर्ष नै अविवाहितका लागि विवाहको लागि समेत राम्रो छ । फेव्रुअरीको अन्त्य र जुलाईमा भने समय केही प्रतिकुल हुन्छ ।
यतिबेला केही समस्या पनि आउन सक्छन् । मेष राशिका ब्यक्तिका लागि २०१५ जागिर र पदोन्नतिको वर्ष बन्न सक्छ । तर सेप्टेम्बर पछि भने केही समस्या पनि हुन सक्छ । जनवरी र फेब्रुअरीमा आर्थिक संकट पर्न सक्छ तर वर्षका अन्य सबै महिना आर्थिकरुपमा सवल रहनेछन् । यो वर्ष स्वास्थ्यमा खासै समस्या हुनेछैन ।
वृष राशिः />
यो वर्ष वृष राशिका लागि शुरुवातमा निक्कै उर्जाशिल रहने छ । आफूले आँटेका काम पुरा हुनेछन् । लक्ष्य प्राप्त गर्न सहज देखिन्छ । तर जनवरी महिनामा बुध प्रतिगामी दिशामा जाने हूँदा केही समस्या पनि आउने छन् । मार्च महिना वृषका लागि सबै भन्दा राम्रो छ । यो महिनाले नयाँ स्फुर्ति र ताजापन दिएर जानेछ । यो वर्ष जागिर र पदोन्नतिको सम्भावना पनि देखिन्छ । वर्षको शुरुवातमा केही आर्थिक संकट पर्न सक्छ । कुनै बेला चिन्ताजनक अवस्था समेत आउन सक्छ । तर उत्तरार्धमा भने सकारात्मक हुनेछ । यो वर्ष स्वास्थ्यको दृष्टिले खास चिन्ताजनक छैन तर मार्च महिनामा केही समस्या आउन सक्छ ।
मिथुन राशिः
मिथुन राशिका लागि २०१५ परिवर्तनको वर्ष हुनेछ । शूरुमा यस्तो अनुभव नभएपनि विस्तारै जीवनमा परिवर्तन अनुभव हुनेछ । जनवरी महिनामा तपाइँको प्रगति केही धिमा गतिमा भएपनि अन्य महिनामा राम्रो प्रगति हुने देखिन्छ । यो वर्ष सामाजिकरुपमा उत्सवपूर्ण हुनेछ । तर मे महिनामा तपाइँका काम विग्रने र लामो समय लाग्ने समस्या देखिनेछ । जुन महिनामा बुधको प्रभाव सकिएपछि भने सकारात्मक समय शुरु हुनेछ । यो पर्ष ब्यवसायिक जीवनमा भने केही समस्या हुने देखिन्छ । तर वर्षको अन्त्य तिर सकारात्मक हुनेछ । यो वर्ष आर्थिक समस्याको सम्भावना छैन । तर मे महिनामा केही समस्या हुनेछ । बुधका कारण स्वास्थ्यमा समस्या पनि देखिन सक्छ ।
कर्कट राशिः
सन् २०१५ कर्कट राशिका ब्यक्तिका लागि भावनात्मक वर्ष हुनेछ । यो वर्ष प्रगति गर्न कठिन हुनेछ । धेरै जसो काममा बाधा आउने योग छ । तपाइँको जीवनमा नकारात्मक उर्जा बढी जम्मा हुनेछ । जुन महिना देखि केही प्रगति हुने देखिन्छ । तर बुधको नकारात्मक प्रभावले वर्षभरि पिरोल्ने छ । सेप्टेम्बरपछि भने तपाइँको समय फिर्नेछ । यो वर्ष ब्यवसायिकरुपमा राम्रै वर्ष देखिन्छ । रोजगारी र पदोन्नतिको सम्भावना पनि छ । यद्यपि अपेक्षित प्रगति हुने योग भने छैन । जुन महिनामा भने सकारात्मक उर्जा भित्रिने छ । यो वर्ष स्वास्थ्य राम्रो रहने छ । मानसिकता भने भावुकता प्रधान हुनेछ ।
सिंह राशिः
सिंह राशिका लागि सन् २०१५ मिश्रित वर्षा हुने छ । शुरुमा नयाँपन देखिने छ तर कार्यशैलीमा भने नयाँ पन चाहिनेछ । तर प्रेम देखि जागिर र पदोन्नति सम्म यो वर्ष राम्रो रहने योग छ । जुन महिना प्रेमका लागि राम्रो छ । यो वर्ष करिअरका दृष्टिले पनि राम्रो छ । तर सेप्टेम्बर महिनामा भने जुनसुकै काममा पनि बाधा पर्न सक्छ । यतिबेला केहि निराशा हात लाग्न सक्छ । अगष्ट महिना भने सकारात्मक र उर्जाशिल हुनेछ । जनवरी महिनामा बुधको विपरित गतिले सकारात्मक परिणाम दिन सक्छ । जसले करिअरमा सफलता दिनेछ । मे र सेप्टेम्बरमा भने यस्तो अवस्था अनुकुल हुने छैन । आर्थिक दृष्टिले यो वर्ष राम्रै छ । नयाँ कामको शुरुवात गर्दा जुलाइ या अगष्टमा मात्र गर्नु राम्रो हुन्छ । यो वर्ष स्वास्थ्यका दृष्टिले चुनौतीपूर्ण छ । शतर्क रहन नसके नकारात्मक परिणाम भोग्नु पर्ने हुन सक्छ । खानपान र योग ब्यायाममा विशेष ध्यान दिनु राम्रो हुन्छ ।
कन्या राशिः
सन् २०१५ कन्या राशिका लागि पनि मिश्रित वर्ष बन्ने योग छ । यो वर्ष धेरै उत्साह र धेरै निराशा केही पनि हात लाग्ने छैन । तर केही गर्न नसकेको भन्दै उदाशी भने बढ्ने छ । वर्षको शुरुवात नै प्रतिकुल देखिन्छ । जति प्रयास गर्दा पनि काम बन्न कठिन छ । सेप्टेम्बर महिना सम्म यस्तो प्रतिकुल समय चल्ने देखिन्छ । बुधबारको दिन गरेका काम भने सफल हुनेछन् । ब्यवसायिक जीवनमा तपाइँका पार्टनरले बढी फाइदा लिनेछन् । फेब्रुअरी महिनामा भने तपाइँले गरेका काम बन्ने सम्भावना बढि हुन्छ । यो वर्ष आर्थिकरुपमा पनि प्रतिकुल रहने देखिन्छ । अनेक चुनौतीको सामना गर्नु पर्ने छ । यो वर्ष स्वास्थ्यको दृष्टिले भने राम्रै छ । काममा सफलता कम हात लागेपनि वर्ष भरि सक्रिय रहने योग देखिन्छ ।
तुला राशिः
सन् २०१५ तुला राशिका लागि शुरुवातमा राम्रो छ । वर्षकै शुरुमा सकारात्मक कुराहरु हुनेछन् । जनवरीको अन्त्यपछि सबै ग्रहहरु सकारात्मक बन्नेछन् । जनवरी महिना छोडेर सेप्टेम्बर सम्म कुनै अवरोध आउने छैन । तर सेप्टेम्बर महिनापछि भने कामहरु विग्रिने योग छ । यो वर्ष सकारात्मक र आश्चर्यजनक समाचार सुन्न पाइने छ भने रोमान्टिक जीवन पनि सुखद नै रहने छ । यो वर्ष तपाइँका लागि शुक्रबार शुभ रहने छ । जागिर र पदोन्नतिका लागि केही मेहनत नै गर्नु पर्ने देखिन्छ । मे महिना सम्म यस्ता काम बन्ने छन् । वर्षको अन्तिम तीन महिना बाहेक यो वर्षा शुभ नै देखिन्छ । आर्थिक दृष्टिले भने यो वर्षा कठिन वर्ष बन्न सक्छ । बुधको प्रभावले वर्ष भरि नै आर्थिक अभावको योग देखिन्छ । स्वास्थ्यको दृष्टिले मध्यम रहने छ ।
वृश्चिक राशिः
यो वर्ष सबै भन्दा राम्रो वृश्चिक राशिका लागि देखिन्छ । ब्यक्तिगत र ब्यवसायिक दुवै जीवनमा यो वर्ष प्रगति हुनेछ । यद्यपी बुधका कारण विभिन्न समयमा कठिनाइ भने आउँछन् । फेब्रुअरी पछि तपाइँलाई लक्ष्य प्राप्त गर्न सहज हुनेछ । मे मा भने बुधका कारण समस्या हुनेछ । करिअरका लागि यो वर्ष सर्वश्रेष्ठ बर्ष बन्ने छ । यो वर्ष प्रयास गरेका सबै काम बन्ने योग छ । मे र सेप्टेम्बरमा भने यो वर्ष अलिक प्रतिकुल समय बन्ने छ । आर्थिक दृष्टिले यो वर्ष सकारात्मक रहने छ । आर्थिक योजना सफल रहनेछन् तर लेनदेनबाट भने बँचेकै राम्रो हुन्छ । सेप्टेम्बर महिनामा नयाँ वित्तीय योजना नबनाउँदा राम्रो हुन्छ । स्वास्थ्यको दृष्टिले यो वर्ष राम्रो रहने छ । तर वर्षान्तमा केही स्वास्थ्य समस्या आउन सक्छ सतर्क रहनु राम्रो हुन्छ । जनवरी र सेप्टेम्बरमा भने केही प्रतिकुल अवस्था आउन सक्छ ।
धनु राशिः
यो वर्ष धनु राशिका लागि अनुकुल समय छ । हरेक क्षेत्रमा सकारात्मक उर्जा मिल्ने छ । वर्षको शुरुवातमा केही निराशा हात लागेपनि मध्यम र उत्तरार्धमा सबै कुरा सकारात्मक हुनेछ । जनवरीमा केही प्रतिकुल रहेपनि फेब्रुअरी देखि सबै कुरा राम्रो हुनेछ । नोभेम्बर महिनामा बुधले सकारात्मक समाचार दिनेछ ।
करिअरको दृष्टिले यो वर्ष नयाँ स्थानमा पुग्ने योग छ । तपाइँलाई कार्यस्थलमा प्रशंसा मिल्ने छ । तपाइँमा सकारात्मक उर्जा प्रधान रहने छ । जनवरी महिनमा भने धेरै कुरामा असफलता हात लाग्ने छ । मे र सेप्टेम्बर वर्षकै सबै भन्दा उत्तम समय हुनेछ । यो वर्ष सम्पति जोड्ने योग समेत रहेको छ । यो वर्ष स्वास्थ्यका दृष्टिले राम्रो वर्ष सावित हुनेछ । जनवरी र सेप्टेम्बरमा स्वास्थ्यमा सतर्क रहनु पर्ला ।
मकर राशिः
मकर राशिका लागि यो वर्ष सकारात्मक छ । एप्रिल देखि सेप्टेम्बर सम्म सकारात्मक समय छ । खासगरी सही र गलत छुट्टिने वर्ष बन्ने छ वर्ष २०१५ । वर्ष भरी नै बुधको प्रभाव ब्यक्तिगत र ब्यवसायिक जीवनमा पर्नेछ । जनवरी, मे र सेप्टेम्बर महिना वर्षका सबै भन्दा खराव समय सावित हुने योग छ ।
यी तीन महिनामा नयाँ काम शुरु नगरेकै बेस हुन्छ । यो वर्ष बुधबार मकर राशिका लागि शुभ दिन सावित हुनेछ । करिअरको दृष्टिले पनि यो वर्ष सकारात्मक नै रहने छ । सेप्टेम्बर महिनामा भने धक्का लाग्न सक्छ । आर्थिक दृष्टिले यो वर्ष मिश्रित रहने छ । सेप्टेम्बर महिनामा कुनै पनि आर्थिक गतिविधीको शुरुवात हानिकारक हुन सक्छ । यो वर्ष स्वास्थ्य राम्रो रहने छ । जनवरी, मे र सेप्टेम्बर महिना वर्षका सबै भन्दा खराव समय सावित हुने योग छ ।
कुम्भ राशिः
सन् २०१५ कुम्भ राशिका लागि शुभ र राम्रो छ । वर्षको शुरुमै अपेक्षा नगरेको सकारात्मक समाचार सुन्न पाइने योग छ । कार्यस्थलमा पदोन्नति र नयाँ प्रस्ताव पाउने योग पनि छ । फेब्रुअरी महिनामा बुधको उल्टो चलले जीवनका सबै क्षेत्रमा प्रभाव पर्ने छ । करिअरको दृष्टिले यो वर्ष सकारात्मक हुनेछ । मे र सेप्टेम्बरमा भने समय प्रतिकुल हुनेछ । तर जनवरीमा भने समय निक्कै सकारात्मक हुनेछ । यो वर्ष शनिबार र आइतबार शुभ हुनेछ । एप्रिल महिनामा भने समय प्रतिकुल हुनेछ । प्रतिद्वन्दीहरुले भने दुःख दिनेछन् । यो वर्ष आर्थिक हिसावले राम्रो हुनेछ । स्वास्थ्य भने प्रतिकुल हुन सक्छ । स्वास्थ्यका कारण समस्याबाट बँच्न सतर्क रहनु राम्रो हुन्छ । जनवरी, मे र सेप्टेम्बर महिनामा समय प्रतिकुल चल्ने छ ।
मिन राशिः
सन् २०१५ को शुरुवात मिन राशिका लागि सकारात्मक रहने छ । वर्षको शुरुमै सकारात्मक परिवर्तन महसुस हुनेछ । मार्च महिना सबै भन्दा सकारात्मक रहने छ । तर जनवरी भने नकारात्मक हुनेछ । मार्च महिना जागिर र रोमान्टिक विषयमा सकारात्मक रहने छ । यो वर्ष मिन राशिका लागि विहीबार शुभ दिन हुनेछ । ब्यवसायिक हिसावले यो वर्ष सकारात्मक छ । फेब्रुअरीको शुरुवातमा काम गर्दा सकारात्मक परिणाम पाउन सकिन्छ । मे महिनामा भने नकारात्मक समय शुरु हुनेछ । आर्थिक हिसावले यो वर्ष सकारात्मक छ । तर बुधका कारण कतिपय समयमा समस्या हुन सक्छ । यो राशिका लागि स्वास्थ्यको दृष्टिले भने वर्ष त्यति सुखद हुनेछैन । जनवरी र मे महिनामा स्वास्थ्य समस्या हुन सक्छ ।
एजेन्सी । बातचितले कुनै पनि समस्या हल हुनसक्छ । सम्बन्धमा आएको दरारमा समेत खुलेर गरिने कुराकानीले सुधार आएको उदाहरण प्रसस्तै भेटिन्छ । एक अध्ययनका अनुसार मनोरञ्जनात्मक र सेक्सका विषयमा हुने कुराकानीले सम्बन्ध विच्छेद हुने सम्भावना एकदमै न्यून हुनेछ । यदि तपाईं आफ्नो जीवनसाथीसँग सेक्सका विभिन्न पक्षका बारेमा खुलेर कुराकानी गर्नुहुन्छ भने सम्बन्धमा अझै सुमधुरता आउने अध्ययनको निष्कर्ष छ ।
यो त बातचितले समस्या समाधान गर्ने कुरा भयो, तपाईं यदि आरामले निदाउन चाहनु हुन्छ भने कस्तो गफ गर्ने त ? ‘वूमन्स डे’ अनलाईनले सुत्नु अघि लाईफ पार्टनरसँग कस्तो कुराकानी गर्ने भन्ने विषयमा एउटा लिष्ट तयार पारेको छ । सो अनलाईनका अनुसार तपाई आरामदायी निद चाहनुहुन्छ भने सुत्नुअघि सेक्सका विषयमा कुराकानी गर्नुहोस् । आफ्नो जीवनसाथीसँग सेक्सबाट कत्तिको इन्जोई गर्छाै, सेक्सका समयमा प्रयोग गरिने कण्डम लगायतका गर्भनिरोधक साधनको प्रयोगले कस्तो प्रभाव पर्छ, कस्तो पोजिसनमा सेक्स गर्न मन पराउँछौ, कुन टाईममा सेक्स गर्दा बढी इन्जोई गर्छाै लगायत सेक्सका विषयमा कुराकानी गरे आरामले निदाउन सकिन्छ । साथै यस्तो समयमा गरिने सेक्स प्लानिङ र यस विषयको कुराकानीले सम्बन्धलाई सधैं सुमधुर बनाईराख्ने सो अनलाईनको निष्कर्ष छ ।
वर्ष बित्छ तर हामीलाई कयौं विचित्र घट्नाहरुको याद छोडेर । तपाई हामीले भूत प्रेतमा विश्वास गर्दे नगरेपनि अघिल्लो वर्ष यस्ता घट्ना घटे जस्ले वर्ष भरि वैजानिकहरूलाई भुत प्रेतको अस्तित्वका बारेमा सोच्न बाध्य बनाइदियो ।
यो वर्ष कयौं भूतप्रेत भएको दाबी सहितका तस्विरहरू सार्वजनिक भए । यी तस्विरको वास्तविकताका बारेमा यकिन गर्न त मुश्किल छ तर यिनले चर्चा भने निकै बटुले ।
यहाँ सन् २०१३ मा देखिएका चर्चित भूतका तस्विरहरू प्रस्तुत गरिएको छ ।
१. अमेरिकाको टेक्सासमा एक महिलाको मोबाइलबाट खिचिएको यो तस्विरमा नियालेर हेर्नुस त एउटा मानिसको छायाँ देखिएको छ । मार्केला डेविसले १५ अप्रिलमा साँझ ४ बजे खिेको तस्विरमा उनका भतिजको दायाँ पट्टी एउटा मानिसको छायाँ देखिएको छ । यो तस्विर टेक्सास स्थित क्लिवलैंड हाइस्कुलको बाहिर खिचिएको हो। महिलाले उक्त छायाँलाई भुत भनेकी छिन् ।
२. प्रेतात्माको तस्विर एउटा बेच्न राखिएको घरमा पनि देखियो । यो चार कोठाको घरमा फ्लोरिडाको मिल्टन स्थित ६०४० बाडगेर रोडमा छ । फ्लोरिडाका एक व्यक्तिले जन घरको खोजी गरिरहेका बेला उनले यो तस्विर भेटेका थिए । उनले यो विचित्र फोटो रेडिटमा शेयर गरेका थिए। तस्विरमा ढोकामा एक महिलको छायाँ देखिन्छ ।
३. ओन्टारियोको लेक हुरेनको नजिकै रहेको पुरानो घरमा पनि देखियो प्रेतात्मा । सन २०१३ को सेम्टेम्वरमा यो तस्विर भुतको भन्दै सार्वजनिक गरिएको थियो ।
४. इलिनोयसी महिला एंजेला मुरले यो तस्विर फेसबकुमा पोस्ट गरेकी हुन् । तस्विरमा मुराको पछाडी एउटा विचित्र छायाँ देखिएको छ। मुरले ऐनामा हेर्दा उनो पछाडी अर्के मानिसको छायाँ देखिएको थियो । उनका अनुसार यो छायाँ उनका भतिजाको जो चार वर्ष अघि एक कार दुर्घटनामा मारिएका थिए ।
५. मिशिगनकी एक महिला स्याण्डीले एैनामा आफ्नो पछाडी फर्केर तस्विर खिच्दा अचम्मका जिव देखियो जो त्यहाँ छँदै थिएनन्। स्याण्डी ढाडमा बनाएको नयाँ ट्याटुको तस्विर खिच्न चाहन्थिन् । यो घट्ना सन २०१३ अक्टोवरको थियो। ती अचम्मका जीवलाई पछि भुत भएको बताइयो ।
६.न्यु हेम्पशारयकी डेनिएल टैनरले अगस्ट सन २०१३ मा आफ्नो साथीको फेसबुकमा राखिएको तस्विरमा भुतको छायाँ देखिन्। उनको साथीको तस्विरमा ढोकाबाट एउटा महिलाको छायाँले उनको साथीलाई हेर्दे गरेको देखिएको छ। टनरको साथीले पनि आफू बसेको घरमा प्रेतात्माको प्रभाव रहेको बताएकी छिन् ।
७. ओहियोकी महिला लु एन्ना सिक्योरो आफ्नो घरमा प्रेतात्माको वास भएको बताउँछिन् । उनिसंग घरमा प्रेतात्मा भएको प्रमाण समेत छ। यसका बारेमा च्यानल ५ ले समचार समेत बनाएको थियो। सिक्योरोका अनुसारन उनका छोराले सन २००७ मा घरको तस्विर खिच्दा प्रेतको छायाँ देखिएको थियो । फोटोमा एउटा बच्चाको छायाँ देखिएको थियो ।
८. जंगलमा देखियो देबदुत जस्तो विचित्र छायाँ, एक वेबसाइटले यो तस्विर सार्वजनिक गरेपछि धेरै मानिसको ध्यान यसले तानेको थियो । तस्विर सन २०११ अप्रिल ७ मै लिइएको थियो । जर्जियका एक व्यक्तिले यो तस्विर सार्वजनिक गरेका थिए ।
काठमाडौं । मंगल ग्रहको सतहमा एक शव राख्ने भाँडो अर्थात ‘ताबूत’ जस्तै बस्तु देखिएको दावी गरिएको छ । द इनक्भिजिटर’ को एक रिपोर्टमा उल्लेख गरिए अनुसार अहिले भिडियो शेयरिङ साइट यू ट्यूबमा पोष्ट गरिएको एक भिडियोमा देखिए अनुसार पहिलो पटक हेर्दा उक्त एलियनको ताबूतको अन्दाज गर्न मुस्किल पर्दछ तर त्यसलाइ ध्यानपूर्वक हेर्ने हो भने उक्त बस्तु स्पष्ट संग देख्न सकिन्छ ।
यो समाचार प्रकाशन प्रसारण भएपछि अहिले निकै खलबली मच्चिएको मिडीयाएनपी डटकममा समाचार छ । उक्त बस्तु साच्चै दावी गरिएको बस्तु हो वा होइन भनेर बहस शुरू भएको छ । अनुसन्धानकर्ता स्कट वेरिङले ‘यूएफओ साइटिङ डेली’ लाइ उद्धृत गर्दै बताए अनुसार, ‘यो पत्थर जस्तै देखिने वस्तु बिल्कुलै एक प्रकारको ताबूत जस्तै देखिन्छ । यो लगभग एक फिट लामो र आधा फिट ऊंचाइको रहेको छ।’ वेरिङका अनुसार, हुन सक्दछ कि यो पत्थरको एक टुक्रा होस, तर यदि नासाको क्यूरियोसिटी रोवरले यदि यसको निरिक्षण गर्ने हो भने यो एक चमत्कारनै हुनेछ । अहिले बैज्ञानिकहरू यो बस्तु साँच्चैनै एलिएनको तावुत हो वा अन्य केही बस्तु भन्दै यसको अध्ययनमा जुटेको बताइएको छ ।
ज्योतिष तान्त्रिक विहङमराज तिमिल्सेनाले स्व. कृष्ण प्रसाद भट्टराई, शेर वहादुर देउवा, रामचन्द्र पौड्यालको भविश्यवाणी गरेर विगतमा चर्चामा कमाईसकेका छन् । १७ बर्ष नेपाली सेनाको पण्डित समेत भैसकेका उनले माघ ८ गते संविधान आउने या नआउने दोधार भएकाको र एमाले अध्यक्ष के.पी वलीको प्रधानमन्त्रि हुने हल्ला चलिरहेको बेलामा यो कुरा बाहिर ल्याएका हुन् ।
ज्योतिष तिमिल्सेनाले भने नेताहरु एकै ठाउान बसेर दशमहाविद्या जगाउनुका साथै नेताहरुको योग मिल्यो भने तोकिएकै मितिमा संविधान आउने छ । तर त्यसकोलागी नेताहरु तयार हुनु प-यो म जतिखेर पनि त्यो कार्य गराउनको लागि तयारै छु ।
नेपालमा जे जस्तो व्यवस्था आएपनि गुरु वृहस्पति बलवान रहेकाले हिंसा तथा काटमार नहुने ज्योतिषको तर्क रहेको छ ।
त्यस्तै फरक प्रसंगमा उनले रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमाला राष्ट्रको आवश्यकता भएका मान्छे भएको उल्लेख गर्दै जन्म लगन कुण्डलीमा वृहसपति र सुर्य बलियो देखिएकाले समय ढिलो चाडो हुन सक्छ राष्ट्रको उच्च ओहदामा पुग्ने योग जुर्दै आएकोले मन्त्रीको झण्डावाला गाडीमा हिड्ने समेत ठोकुवा गरे ।
आफुले भविश्यवाणी गरेको कुरा तलमाथि नहुने भएकाले कसैलाई केही लागेमा ९८४१३१४१२० मा सम्पर्क गर्न सकिने बताए ।
हस्त रेखा विज्ञानका अनुसार मानिसको हातको रेखाले उसको बारेमा हरेक कुरा भन्छ । हस्त रेखालाई सबैभन्दा प्राचिन विज्ञान समेत मानिएको छ । हातको मणिबन्ध रेखा हेरेर ब्यक्तिको गोप्य गोप्य जानकारी समेत लिन सकिने हस्तरेखा विज्ञहरुको भनाइ छ ।
के हो त मणिबन्ध रेखा ?
हाम्रो हातमा जहाँबाट हत्केलो प्रारम्भ हुन्छ त्यहाँ हुने केही रेखालाई मणिबन्ध भनिन्छ । हत्केलोको यो भागमा हुने रेखा ब्यक्तिको उमेर र भाग्यसँग सम्बन्धित हुन्छन् ।
कुन मणिबन्द रेखाको अर्थ के ?
यदि कुनै ब्यक्तिको मणिबन्ध रेखा हुने भाग भरिएको छ र यसमा हाडको उठेको भाग देखिँदैन भने यो शुभ लक्षण मानिन्छ । यसले मानिसलाई भाग्यशाली बनाउँछ ।
१ मणिबन्ध रेखाः
यदि कुनै ब्यक्तिको मणिबन्धमा एक मात्र रेखा छ भने त्यस्तो ब्यक्ति श्रेष्ठ गुण भएको हुने मानिन्छ । मणिबन्धको रेखा खण्डित भएको छैन र सिधा छ भने यसले जीवनमा प्रगति गर्ने बुझाउँछ । यस्ता ब्यक्ति धनी पनि हुन्छन् ।
उमेर
मणिबन्ध रेखामा १ मात्र रेखा भएमा त्यस्तो ब्यक्तिको उमेर केवल ३० वर्ष सम्म मात्र हुन्छ अझ त्यसमा अशुभ रेखा समेत भएमा उमेर कम समेत हुन सक्ने हस्त रेखा विज्ञहरु बताउँछन् । मणिबन्धको एक मात्र रेखा अल्पायुको संकेत हो ।
यदि कुनै ब्यक्तिको हात्केलामा मणिबन्ध रेखा झरेको र खुल्ला जस्तो देखियो भने यो अशुभ मानिन्छ । मणिबन्ध सुन्दर नहुनेहरुको हत्केलो हल्लाउँदा आवाज समेत आउँछ । यो दुर्भाग्यको संकेत हो ।
भाग्य
गरुड पुराणका अनुसार यदि मणिबन्धमा हाड दखिँदैन भने नारि र हत्केलो बलियो मात्र हुँदैन यो शौभाग्यको प्रतिक हो । मणिवन्ध रेखाहरु विपरित भएमा मानिसलाई जीवनमा दुःख हुने र दुर्घटना समेत सामना गर्नु पर्न सक्ने हुन्छ ।
हरेक मानिसको हातमा मणिबन्ध रेखा हुन्छन् । कसैको एक हुन्छ भने कसैको तीन सम्म पनि हुन्छन् ।
मणिबन्धमा ३ रेखाः
भाग्य
यदि मणिबन्धमा ३ रेखा छन् भने र रेखा टुटेको छैन भने यो असाध्यै भाग्यशाली संकेत हो । यस्तो मणिबन्ध हुने ब्यक्तिले राजसी सुख प्राप्त गर्छन् । यद्यपी मणिबन्धमा ३ रेखा हुनु मात्र शुभ संकेत भने होइन रेखाबीचमा टुटेको छ भने यो अशुभ हो । यस्ता रेखा हुने ब्यक्तिले जीवनभर संघर्ष गर्नु पर्ने हुन्छ ।
उमेर
मणिबन्धमा ३ रेखा छन् र सग्ला छ भने त्यस्ता ब्यक्तिको उमेर ७० देखि ८५ वर्ष सम्म हुन्छ । तर अशूभ लक्षणले भने उमेर कम पनि पार्न सक्छ ।
मणिबन्धमा २ रेखाः
भाग्य
मणिबन्धमा २ रेखा सग्ला भएमा यो शुभ मानिन्छ । यस्ता ब्यक्ति मन्त्री र प्रधानमन्त्री पनि बन्न सक्छन् । यिनीहरुलाई सँधै सुविधा प्राप्त हुन्छ ।
तर यस्ता रेखा २ भएपनि विचमा टुटेको भए भने यो अशुभ हो यस्तो हुने ब्यक्तिले जीवनमा कठिन परिश्रम गर्नु पर्छ ।
उमेरः
यस्ता रेखा हुने ब्यक्तिको उमेर ४५ देखि ५५ वर्ष सम्म हुन्छ तर अशुभ भएमा कम पनि हुन सक्छ ।
केटा र केटीहरुबीच एक अर्कालाई बुझ्न निक्कै कठिन भैरहेको गुनासो चलिरहन्छ । खासगरी केटीहरुलाई बुझ्न केटाहरु सँधै नै असफल हुन्छन् ।
यदि तपाइँलाई पनि यस्तै समस्या भैरहेको छ भने यहाँ कुनै पनि केटीलाई केटाको मन नपर्ने १० बानीको चर्चा गरेका छौं ।
१ घुरेर हेर्ने
केटीहरुलाई घुरेर हेर्ने केटा मन पर्दैन । उनीहरुलाई मायालु नजर मन पर्छ । केटाहरुले घुरेर हेरे भने असहज लाग्छ ।
२ कन्याउने
कन्याउँदै केटीको नजिक जाने केटालाई केटीहरुलाई मन पराउँदैनन् । चिलाएकै छ भने पनि केटीको नजिक जाने समयमा नकन्याउनुस् ।
३ चरित्रका कुरा
केटीहरु बोल्ड हुँदै गएका छन् । आधुनिक केटीहरुलाई खाली चरित्रका कुरा गर्ने र केटीहरु केही खुल्ने वित्तिकै अनेक प्रश्न उठाउने केटाहरुसँग रिस नै उठछ् । बोल्डनेस र चरित्र फरक कुरा हुन् भन्ने मान्यता हुन्छ आधुनिक केटीको ।
४ ब्रेकअपमा खेल्ने
कुनै पनि केटीको सम्बन्ध भर्खरै टुटेको छ र केटाहरुले प्रेम प्रस्ताव राख्दै आउँछन् भने त्यस्ता केटा कहिल्यै पनि मन पराउँदैनन् । कुनै पनि केटीको ब्रेकअप भयो भन्दैमा तपाइँ दाउ हाल्न नजानुस् ।
५ दुर्गन्ध
कुनै पनि केटो नजिक पर्दा उसको शरीरबाट तीव्र गन्ध आउँछ भने त्यस्तो अवस्था केटीहरुलाई पटकक्कै मन पर्दैन । पसिना त हो नि भनेर केटीको नजिक जाने भूल कहिल्यै पनि नगर्नुस् ।
६ संवेदनशील अंगमा नजर
केटीहरुले केटाहरुले आफूलाई कहाँ हेरिरहेका छन् भन्ने कुरा खुव ख्याल गर्छन् । आफूले सृंगार गरेका कुरामा ध्यान दिने र आफ्नो ओंठ, बक्षस्थल, आइब्रो र पाखुरामा मात्र हेर्ने गरेको पटक्कै मन पराउँदैनन् ।
७ खुला ठाउँमा पिसाव
केटीहरुले लाजै नमानी खुला ठाउँमा पिसाव गर्ने केटाको बानी पटक्कै मन पराउँदैनन् । अधिकाँश केटामा हुने यो बानी मन पर्दैन केटीलाई । केटीको साथमा भएको समयमा खुल्ला ठाउँमा पिसाव फेर्ने भुल नगर्नुस् ।
८ अश्लिलता
खुल्लमखुल्ला अश्लिलता प्रदर्शन गर्ने केटाहरु पनि मन पर्दैन केटीहरुलाई । केटीहरुलाई अश्लिल साइट वा चलचित्र हेर्न जवर्जस्ती गर्ने बानी छ भने आजै देखि छोडिदिनुस् ।
९ डकार
केटीहरुलाई आफ्नै अगाडी डकार्ने केटाहरुको बानी मन पर्दैन । बरु लसुन वा पुदिना खाएर जानुस् तर केटीहरुको अगाडी डकार कहिल्यै पनि नगर्नुस् ।
१० अस्थिर
केही न केही चलाउने र शर्टको टाँक भए पनि खोलिरहने केटा केटीलाई मन पर्दैन । अस्थिर स्वभावका कारण केटीहरु टाढा हुन्छन् । अझ पाखुरा देखाउने केटा त केटीलाई मन नै पर्दैन । केटाहरुले केटीको आगाडी अंग प्रदर्शन नगरेकै राम्रो ।
के तपाइँले जुन सुकै कामलाई भोलि गरौंला भोलि गरौंला भनेर साँच्नु हुन्छ ? र काम पुरा हुन धेरै समय लाग्छ वा काम नै हुँदैन ? यदि छ भने एक पटक तपाइँले पढ्नै पर्छ ।
मन डुल्ने र कुनै पनि कामलाई भोलि गरौंला भनेर राख्ने र भोलि पनि भोलि गरौंला भन्ने मानवीय प्रवृत्तिमाथि एक नयाँ तथ्य बाहिर आएको छ ।
अमेरिकी बैज्ञानिक माइक इस्टर म्यान र जो दिगुटिसले दिमागलाई कुनै पनि कामलाई सके सम्म पन्छाउने मानवीय ब्यवहारलाई सुधार गर्ने एक कार्यक्रम तयार गरेका छन् ।
७ वर्ष सम्म गरिएको एक अध्यनपछि उनीहरुले मानिसको दिमागले सके सम्म कुनै कुरा किन टार्छ भन्ने कुराको तथ्य फेला पारेर र त्यसलाई सुधार्ने कार्यक्रम तयार पारेका हुन् ।
यसमा मानिसलाई एक प्रकारको विजुलीको झट्का दिइन्छ । र आराम गर्न लगाइन्छ ।
यो प्रयोग अहिले सम्म थाकेका र पाका अमेरिकी सैनिकमाथि सफल भैसकेको छ । मानिसहरुलाई एकाग्रता नहुने समस्याले यस्तो हुने र एकाग्रता पैदा गर्न सकेमा काम साँच्ने बानी पनि हटाउन सकिने ती बैज्ञानिकको दावी छ ।
अधिकाँश मानिसमा एक काम गरिरहेको समयमा विचमै छोडेर अर्को काममा लाग्ने र कुनै पनि काम पुरा नगर्ने समस्या हुन्छ । संसारमा ८० प्रतिशत विद्यार्थी र २५ प्रतिशत बयस्क समेत यस्तो समस्याबाट ग्रस्त रहेको उनीहरुको अध्यनले देखाएको छ । स्मार्ट फोन र सामाजिक सञ्जालका कारण यस्तो समस्या बढ्दै गएको अध्यनको निष्कर्ष छ ।
पछिल्लो समयमा मानिसहरु धेरै दिमाग लगाउनु नपर्ने क्रियाकलापमा धेरै समय विताउने हुँदा यस्तो समस्या बढेको बताइन्छ ।
दिमागलाई एकाग्र गर्ने कुनै पनि विधी मेडिटेसन वा अन्य तरिकाले यस्तो समस्याबाट मुक्ति पाउन सकिने बताइएको छ ।
ज्योतिषका अनुसार जुन बार जन्मियो त्यो बारको ग्रहको प्रभाव जीवनका सबै पाटामा पर्छ । मान्छेको स्वभाव र भाग्य समेत जन्मबारले निर्धारण गर्ने ज्योतिष शास्त्रीको दावी छ । कस्तो हुन्छ कुन बार जन्मिनको मान्छेको स्वभाव र भाग्य थाहा पाउनुस् ।
आइतबारः
पुरुष
आइतबार जन्मिने मानिस भाग्यशाली हुन्छन् । उनीहरुको आयु पनि लामो हुन्छ । यस्ता ब्यक्ति कम बोल्ने र कला र शिक्षामा अगाडी हुन्छन् । यो बार जन्मिने ब्यक्तिमा धार्मिक आस्था पनि हुन्छ र घर परिवारका सदस्यलाई खुसी राख्न अधिक प्रयास गर्छन् । तर यिनीहरुलाई २० देखि २२ वर्ष सम्म दुःख हुन्छ ।
स्त्री
आइतबार जन्मिने स्त्री दान-पुण्य गर्ने र बलशाली एवं चतुर हुन्छन् ।
सोमबारः
पुरुष
सोमबार जन्मिने ब्यक्तिको बोली मिठो हुन्छ । यस्ता ब्यक्तिको जीवनमा सुख दुख बराबर जस्तै हुन्छ किन भने उनीहरुलाई दुःख सुख उस्तै उस्तै लाग्छ । सोमबार जन्मिने ब्यकेति विद्वान, कला कुशल र बहादुर पनि हुन्छन् । सोमबार जन्मिने ब्यक्तिलाई श्वास प्रश्वासको रोग हुन सक्छ यस्ता ब्यक्तिलाई ९, १२, २७ वर्षमा कष्ट हुन्छ ।
स्त्री
सोमबार जन्म भएका महिला सुन्दर हुन्छन् । यस्ता महिलामा मिठो बोली र शान्ति प्रिय र पुत्रवति हुन्छन् ।
मंगलबारः
पुरुष
मंगलबार जन्म हुने ब्यक्ति सामान्यतया धनी हुन्छन् । यस्ता ब्यक्तिको स्वभाव उग्र हुन्छ । यसै कारण उनीहरुसँग मानिसहरु वेखुसी हुन्छन् । यिनीहरुलाई छाला सम्बन्धी रोग हुन सक्छ । दुख र सुख आउने जाने भैरहन्छ ।
स्त्री
ज्योतिषका अनुसार मंगलवार जन्म भएका स्त्री कठोर हृदयका हुन्छन् यस्ता स्त्रीमा दया माया कम हुन्छ । यस्ता स्त्री दुब्ला पातला र झगडालु समेत हुन्छन् ।
बुधबारः
पुरुष
बुधबार जन्मिने ब्यक्ति धर्मकर्ममा मन भएका हुन्छन् । यिनीहरुको बोलीमा मिठास हुन्छन् । यिनीहरुको ८ र २२ वर्षको उमेरमा कष्ट पाउने योग हुन्छ ।
week days birth meaning 2
स्त्री
बुधाबार जन्मिने स्त्री कुनै विशेष क्षेत्रमा रुचि राख्ने र विशेषज्ञता हासिल गर्ने हुन्छतन् । सरस्वतीको विशेष कृपा हुने हुँदा यिनीहरु सुन्दर र शुसील पनि हुन्छन् ।
विहीबारः
पुरुष विहीबार जन्मिने पुरुष विद्वान र पराक्रमी हुन्छन् । यिनीहरुले जीवनमा धेरै उतार चढाव र समस्या झेल्नु पर्ने हुन्छ । तर पनि साहसी हुन्छन् । यिनीहरुसँग संगत हुनेहरु खुसी हुन्छन् । विहीबार जन्मिनेहरुलाई ७, १२, १३, १६ र ३० वर्षमा संकट पर्छ ।
स्त्री
जुन स्त्रीको विहीबार जन्म हुन्छ त्यस्ता महिला उच्च शिक्षा हासिल गर्ने र सर्वगुणी हुन्छन् ।
शुक्रबारः
पुरुष
शुक्रबार जन्मिने ब्यक्ति हँसिलो स्वभावका हुन्छन् । बुद्दीमान र मृदुभाषी यिनीहरुको स्वभाव हो । यिनीहरु सहनशिल पनि हुन्छन् । यिनीहरु शौखिन हुन्छन् र २० र २४ वर्षको उमेरमा कष्ट हुन्छ ।
स्त्री
कुनै पनि स्त्री शुक्रबार जन्मेकी छे भने उसको श्वभाव चंचल हुन्छ । यस्ता स्त्री मस्ती मजाक गर्छन् । परिवार र समाजमा विशेष इज्जत हुन्छ । केही काला रंगका भएपनि सुन्दर हुन्छन् ।
शनिबारः
पुरुष
जुन ब्यक्तिको जन्म शनिबार हुन्छ उनीहरु कृषि ब्यावार वा प्रविधीको क्षेत्रमा रुची राख्छन् । यिनीहरुका लागि बाल्यकाल कष्टपूर्ण हुन सक्छ । भाइ बहिनी वा दाइ दिदीबठ्ठ सन्तुष्टी मिल्दैन । यिनीहरुलाई २० र २५ वा ४५ वर्षमा कष्ट हुन्छ ।
स्त्री
शनिबार जन्मिने स्त्री दुबली पातली हुन्छन् तर अग्ला । सामान्यतया यस्ता स्त्री कालो वर्णका हुन्छन । यस्ता महिला अरुका कुरा काट्ने पनि हुन् सक्छन् ।
आज २०७१ साल पुस ११ गते शुक्रवारको दिनमा कुन राशिका ब्यक्तिलाई प्रेम योग कस्तो छ भनेर यहाँ प्रस्तुत गरिएको छः
मेष राशि
आज मानसिक तनाव हुन सक्छ । मुड खराव हुने हुँदा नयाँ काम वा नयाँ सम्बन्धमा हात नहालेको राम्रो । प्रेम वा सम्बन्धका विषयमा अचम्मित तुल्याउने कुरा हुन सक्ने छ । आफ्नो मनको आवाज सुन्नुस् ।
वृष राशि
हुन त प्रेम यस्तो कुरा रमाइलो हुनेछ तर सोंच्दै नसोंचेको कुरा हुँदा भने अनौठो लाग्ने छ । यो राशिका ब्यक्तिलाई अचानक प्रेम प्रस्ताव आउन सक्छ । यस्ता प्रेप प्रस्तावलाई स्वीकार गर्ने कि नगर्ने भन्ने द्विदा हुनसक्छ ।
मिथुन राशि
आज यो राशिका ब्यक्तिका लागि प्रेम प्रसंग अनुकुल छैन । आज मानसिक तनाव हुन सक्छ । मुड खराव हुने हुँदा नयाँ काम वा नयाँ सम्बन्धमा हात नहालेको राम्रो ।
कर्कट राशि
सके सम्म मनलाई काबुमा राख्नुस् । मन चन्चल हुँदा गरिएका कदमले समस्यामा पार्न सक्छ । बोलेर मात्र समाधान नहुने हुँदा सके सम्म कुरा लुकाएर राख्नुस ।
सिंह राशि
तपाइँले अरुको कुरामा लागेर कुनै कदम चाल्नु भो भने परिणाम गम्भिर पनि आउन सक्छ । यदि विवाहको कुरा चलेको छ भने प्रेमको कुरा खुलस्त भन्दिनुस् । आज भन्नु भएन भने तपाइँको प्रेम खतरामा पर्न सक्छ ।
कन्या राशि
प्रेमि वा प्रेमिका नै भएपनि सहन नसक्ने बानीले हानी पुग्न सक्छ । तपाइँ कसैको दवावमा बस्न सक्नु हुन्न । आज अलिकति बानी परिवर्तन गर्नुस ।
तुला राशि
आज तपाइको मन अलि तनावमा रहने छ । तपाइँको जीवनमा कुनै आफू भन्दा मान्यजन महिलाको हस्तक्षेप हुन सक्छ । यस्तो कुराले तपाइलाई निराश बनाउन सक्छ । परिवारका लागि प्रेम छोड्नु पर्ने धर्म संकट आइलाग्छ ।
वृश्चिक राशि
आजको दिन यो राशिका ब्यक्तिलाई प्रेम सम्बन्धका लागि राम्रो छ । आजको दिनले जीवन नै रंगिन बनाउन सक्छ । रोमान्टिक बन्नुस् मनको कुरा भन्नुस् ।
धनु राशि
आज तपाइँ घरमै ब्यस्त रहने योग छ । पाहुनाको सत्कार वा अन्य कसैलाई समय दिनु पर्ने हुन सक्छ । प्रेम वा रोमान्टिक सम्बन्ध आजका लागि अनुकुल छैन ।
मकर राशि
तपाइँले जति नै कोशिस गर्दा पनि प्रेमि वा प्रेमीकाको मुड सुधार्न सक्नु हुन्न । तपाइँलाई आज प्रेमिकाको उदाश अनुहार हेर्नु पर्ने छ ।
कुम्भ राशि
अविश्वासको वातावरण बन्ने योग छ । जति गर्दा पनि प्रेमिल शब्दको अभाव हुने देखिन्छ । तपाइँलाई आफ्नो प्रेम झुठो भएको महसुस हुन पनि सक्छ ।
मीन राशि
आज प्रेमिल बन्न खोज्दा समस्यामा पर्ने योग छ । तपाइँले आज प्रेम ब्यक्त गर्न सक्नु हुनेछैन । आज रोमान्टिक हुनबाट टाढै बसेको राम्रो ।
