इलाम सदरमुकामस्थित ग्रिनभ्याली एकेडेमीमा अध्ययनरत विद्यार्थीले हेलिकप्टर बनाएर परीक्षण उडान गरेका छन् ।
कक्षा ७ मा अध्ययनरत रेहान्स झा, आदित्य ताम्राकार र नवीन तामाङले मिलेर हेलिकप्टर बनाएका हुन् । हेलिकप्टरको विद्यार्थीले विद्यालय परिसरमा परीक्षण उडान गरेका थिए ।
“दुई हप्तादेखि निरन्तरको प्रयासपछि हेलिकप्टरको सफल परीक्षण गरियो,” हेलिकप्टरका मुख्य निर्माता रेहान्स झाले भन्नुभयो “यसलाई थप विकास गर्दै लैजाने सोचमा छौँ ।” सानैदेखि विभिन्न खालका विद्युतीय सामग्री निर्माणमा तीष्ण रहेका रेहान्सले यसअघि पनि पेरिस्कोप, क्विज कम्प्युटरलगायतका विद्युतीय सामग्री निर्माण गरिसकेका छन् । उनीहरूले निर्माण गरेका सामग्री सदरमुकाममा हुने शैक्षिक सामग्री प्रदर्शनीमा समेत राखिँदै आएको छ ।
हेलिकोप्टर बनाउनुभन्दा पहिला उनीहरूले रिमोट कन्ट्रोल बनाएका थिए । उनीहरुले बजारमा पाइने खेलौनाको रिमोट कन्ट्रोल, मोटर, घिर्नीको प्रयोग गरी सानो र छरितो खालको हेलिकप्टर बनाएका हुन् । सो विद्यालयका विज्ञान शिक्षक नवीन ढकालले भन्नुभयो – “विद्यार्थीले प्रशंसनीय कार्य गरेका छन् । यसलाई विद्यालयले समेत सहयोग गर्छ । करिब २० मिटर परसम्म उडाउन सकिने हेलिकप्टरलाई पानीमा चल्ने खालको डुङ्गा बनाउने उनीहरूको योजना छ ।
“रिमोट कन्ट्रोलमा लाग्ने छवटा ब्याट्री र सुपरग्लुमा विद्यालयले सहयोग ग-यो तर अरू खर्च आफैँले जुटायौँ,” आदित्यले भन्नुभयो । केही थप खर्च लागेमा विद्यालयले व्यहोर्ने बताएपछि विद्यार्थी थप हौसिएका हुन् । उनीहरूले बनाएको क्विज कम्प्युटरले तत्कालै सोधेको प्रश्नको उत्तर दिन सकिन्छ ।
विगतदेखिनै विद्युतीय सामग्रीबाट विभिन्न उपकरण निर्माण गर्दै आएका यी तीन जनाले हेलिकप्टरलाई ठूलो बनाएर बिक्री गर्ने बताएका छन् ।
विश्व चर्चित प्रविधी कम्पनी सामसङले आफ्नो चर्चित स्मार्टफोन ग्यालेक्सी नोट ४ को नयाँ मोडल सार्वजनिक गरेको छ । यो मोडलको सबै भन्दा अदभुत क्षमता डाउनलोडमा छ ।
यो फोनले ३०० एमबीपीएसको अधिकतम गीतमा डाउनलोड गर्न सक्ने कम्पनीको दावी छ ।
यो अहिलेको ग्यालेक्सी नोट-४ भन्दा चार गुणा बढी द्रुत गती हो । यसको अर्थ कुनै ७०० एमबीको भिडियो केवल १९ सेकेण्डमा डाउनलोड हुन सक्छ । अर्थात एक सेकेण्डमा कम्तिमा १० गीत डाउनलोड गर्न सकिन्छ ।
सामसङले यो फोन प्रविधिको सबै भन्दा अत्याधुनिक मोडलमा आधारित छ । यसले तीन प्रकारका फ्रिक्वेन्सी प्रयोग गर्छ । तर तीन फ्रिक्वेन्सीलाई एकै ठाउँमा ल्याएर प्रयोग गर्छ ।
यसका सबै फिचर ग्यालेक्सी नोट ४ कै जस्ता छन् ।
यो मुद्दा फेसबुकले हारेमा, व्यक्तिगत गोपनियता भंग गरेको अभियोगमा फेसबुकले १०,००० डलर सम्म आफ्ना प्रयोगकर्तालाई बुझाउनु पर्ने हुनसक्छ।
डिसेम्बर २०१३ मा लगाइएको यो मुद्धा अनुसार फेसबुकलाइ प्रयोगकर्ताको व्यक्तिगत मेसेजहरु विज्ञापनकोलागि पढेको र उक्तकार्य इलेक्ट्रनिक संचार गोपनीयता ऐन (Electronic Communications Privacy Act) को बिरुद्दमा भएको मुद्धा लागेको थियो।
जब मेसेजमा कुनै अर्को साइटको लिंक पठाइन्छ तब फेसबुकले उक्त लिकंको जानकारिलिने र प्रयोगकर्ताको ब्राउजिङ गतिबिधि राख्ने गर्छ।
काठमाडौं । आजको समयमा इङलिस भाषा राम्रोसँग बोल्न नजान्ने मानिसहरुले जागिर पाउन मुस्किल छ । केहिलेकाँही तपाईले अंगे्रजी भाषा नजानेकै कारण पार्टी वा अन्य प्रोग्रामहरु रद्द समेत गर्नुभएको होला । र कसैको इन्सल्ट फेस गर्नुपनि पर्छ । तर अब अंग्रेजी भाषालाई लिएर यस्तो डराउनु पर्ने र भाग्नुपर्ने कुनै कारण छैन । अब यस्ता केही उपाय छन् जसले तपाईलाई अंग्रेजी भाषा सिक्नमा मद्धत गर्छ ।
१.इङलिसमा सोच्न सुरु गर्नुहोस्
तपाई जे सोच्नुहुन्छ त्यो तपाईको शब्द बन्छ यसले गर्दा अंग्रेजी बोल्नका लागि सबैभन्दा पहिला अंग्रेजीमा सोच्न सुरु गर्नुहोस् । सबैभन्दा पहिले आत्माविश्वासी भएर बोल्नुहोस् चाहे तपाईले बोलेको कुरा गल्ती नै किन नहोस् । विस्तारै विस्तारै गरिएको प्राक्टिसले नयाँ शब्द सिक्नसक्नुहुन्छ र आत्माविश्वासी बन्न सक्नुहुन्छ । यसका लागि तपाईले केही सिक्न जरुरी हुन्छ, जहिलेपनि अर्ध शिक्षाले नोक्सान पु¥याउँछ ।
२.शुद्ध उच्चारण गर्नुहोस्
जो अंग्रेजी बोल्न कोशिस गरिरहन्छ उसले ध्यानपूर्वक सम्झिन जरुरी छ । जुन शब्द तपाईले बोल्न सकिरहनुभएको छैन भने गुगलबाट शुद्ध उच्चारण चेक गरेर बोल्न कोशिस गर्नुहोस् । गुगलमा अडियोमा समेत सुन्ने प्रबन्ध छ ।
३.साह्रो साह्रो पढ्नुहोस्
इङलिस सिक्ने राम्रो तरिका दैनिक रुटिन मिलाएर न्युजपेपर पढ्ने पनि हो । तपाईले दैनिक एक घन्टा साह्रो साह्रो पत्रिका पढ्नुभयो भने अंग्रेजी सिक्न सक्नुहुन्छ ।
४.दैनिक एउटा नयाँ शब्द सिक्नुहोस्
एक शब्द दैनिक सिक्नुहोस् र यसलाई अलग अलग तरिकाले उच्चारण गर्नुहोस् । यो शब्द जबसम्म बोलिरहनुहोस् तबसम्म कण्ठ हुँदैन । सम्भब छ भने त्यसलाई डाइरीमा टिपेर राख्नुहोस् ।
५.इङलिस क्लास भर्ना हुनुहोस्
इङलिस सिक्ने सबैभन्दा राम्रो उपाय कुनै यस्तै क्लास भर्ना हुनु पनि हो जहाँ तपाई आफ्नो शौख पुरा गर्नका लागि इङलिस सिक्न सक्नुहुन्छ । तपाईलाई कुकिङको शौख छ भने कुकिङको र इङलिस सिक्नको लागि इङलिस क्लास भर्ना हुनसक्नुहुन्छ ।
६.डिक्सनरी प्रयोग गर्नुहोस्
तपाईले कुनै कुरा गर्नुभयो वा नयाँ शब्द सुन्नुभयो भयो त्यसलाई तुरुन्तै डिक्सनरीमा खोज्नुहोस् । कुनै नयाँ शब्द सुन्नु भयो भने त्यसलाई अनलाइनमा वा डिक्सनरीमा खोजेर बोल्ने कोशिस गर्नुहोस् ।
७.इङलिस बोल्ने साथी बनाउनुहोस्
साथीको आवश्यकता केवल मस्ती, घुम्न र सिनेमा हेर्नका लागि मात्रै होइन । कहिलेकाँही यस्ता साथीहरु बनाउनुहोस् जसले तपाईलाई सहयोग गर्न सकुन् । अब तपाई यस्ता साथीहरु बनाउनुहोस् कि जसले राम्रो अंग्रेजी जानेका हुन् र तपाईलाई सहयोग पुगोस् । अंग्रेजी सिक्नका लागि पर्ने साथीको आवश्यकता उसले पुरा गर्न सक्छ ।
पछिल्लो समयमा फेसबुक प्रयोग नगर्ने त कोही पनि हूँदैन । संख्या बढ्दै जाँदा फेसबुकमा गरिएका तपाइँका साथीभाइका पोष्ट समेत नदेखिने समस्या बढेको छ ।
तर अव भने फेसबुकले कुनै पनि पोष्ट नछुट्ने गरी नयाँ सुविधा दिएको छ । यस अघि नै टाइमलाइनमा सबै भन्दा पछिल्लो most recent को विकल्प दिइसकेको फेसबुकले फ्रेण्ड्स लिष्टमा नै यस्को समाधान गर्न सकिने सुविधा फेसबुकले जनाएको छ ।
५०० भन्दा बढी पोष्ट हुने वित्तिकै पुरानो अपडेट छुट्ने समस्या समाधान गर्न फ्रेण्ड लिष्टमा म्यानेज गर्नु पर्छ । पेजमा मिलाएपछि तपाइँले हेर्न चाहेका साथी वा पेजका लिङ्कहरु छुट्ने छैनन् ।
यसका लागि के गर्ने
यूजरले फेसबुक फ्रेण्डलिष्टमा आफूले पोष्ट नछुटाउन चाहेका साथी वा पेजहरुको क्लोज ग्रुप बनाउनु पर्छ । जसले गर्दा त्यस्ता साथी वा पेजका अपडेट छुट्दैनन् । यस्ता ग्रुप धेरै वटा समेत बनाउन सकिन्छ ।
आफूसँग पनि आइफोन होस् भन्ने तपाईंको भित्रि इच्छा छ भने अब तपाईंको इच्छा सायद पूरा हुनेछ । खबरका अनुसार एप्पल कम्पनीले चाँडै नै एउटा यस्तो फोनको विकास गर्दैछ जो निकै सस्तो हुने बताइएको छ । यससँगै एप्पलले सामसुङको पाइला पछ्याएको विश्लेषकहरु बताउँछन् ।
टेक टाइम्सका अनुसार एप्पलले यो नयाँ र सस्तो आइफोनलाई तयार गर्नको लागि काम सुरु गरिसकेको छ । यो फोनलाई कम्पनीले एप्पल आइफोन सिक्स एस को नाममा पेश गरिने बताइएको छ । यो आइफोनमा ४.७ इन्चको डिस्प्ले स्क्रिन दिइने बताइएको छ जुन आइफोन सिक्स प्लसभन्दा निकै सानो हुनेछ । यसका साथसाथै अर्को नयाँ ४ इन्चको स्क्रिन भएको आइफोनसमेत बजारमा भित्र्याउने तयारी भइरहेको बताइएको छ ।
टिमोथी आर्कुरी, कोवेन एण्ड कम्पनीका विश्लेषकले लगानीकर्ताहरुलाई एक पत्र जारी गर्दै एप्पलले सन् २०१५ का लागि आइफोन सिक्स एस मिनि नाम भएको ४ इन्चको आइफोन बजारमा भित्र्याउन सक्ने अनुमान गरेका छन् । यद्यपी अहिलेसम्म आइफोन सिक्स एस र आइफोन सिक्स एस मिनिको मूल्यको बारेमा केहि पनि खुलासा भएको छै्रन तर यो निकै प्रतिस्पर्धात्मक र निकै सस्तो हुने अनुमान गरिएको छ ।
खबरलाई मान्ने हो भने यो सस्तो आइफोनले सामसङ, एचटीसी, सोनी, एलजी तथा मोटोरालाका टप मोडल र स्मार्टफोनलाई चुनौती दिने बुझिएको छ ।
संसारमा सबैभन्दा चर्चित स्मार्टफोनको उत्पादन गर्ने कम्पनी एप्पलले एउटा यस्तो आइफोनको विकास गर्दै छ जसले कुनै पनि वस्तुको थ्रीडि म्याप तयार गर्न सक्षम हुनेछ । कम्पनीले यो फोनमा यस्तो प्रविधि भित्र्याउँदैछ जुन निकै अचम्मको हुने बताइएको छ ।
एप्पलद्वारा जारी गरिएको युएस पेटेन्ट एप्लीकेसनद्वारा यो कुरा सार्वजनिक भएको हो । कम्पनीले ‘लेजर बिम’ को प्रविधिमा रजिष्टर गरेको छ । यो प्रविधि नयाँ आउने आइफोन, आइप्याड र आइवाचमा समावेश गरिने बताइएको छ ।
यो प्रविधिले आइफोन, आइप्याड र आइवाचद्वारा कुनै पनि वस्तुको थ्रीडि म्याप तयार गरेर देखाउने गर्दछ । यसका साथसाथै कुन कुरा कतिको दुरीमा रहेको छ भन्ने कुरा लेजर बिम प्रविधिद्वारा नापिने गरिन्छ ।
लेजर बिमको प्रविधि आइफोनमा चर्चित फिल्मी जासुस जेम्स बन्डको उपकरणले जस्तै काम गर्ने बताइएको छ । आइफोनबाट आउने लेजर बिमको प्रकाश जब कुनै वस्तुमाथि वा वस्तुभित्र पर्दछ तब यसको प्रकाशको मद्दतले नै उक्त वस्तुको आकार नाप्ने गर्दछ । यसका साथसाथै आइफोनमा एक विशेष एप दिइएको छ जसले यो नापलाई थ्रीडि म्याप तयार गरेर आइफोनको डिस्प्लेमा देखाउनेछ ।
कुनै पनि वस्तु लेजर प्रविधिको मद्दतले थ्रीडि म्याप बनेर आइफोनमा आउने प्रविधिले सबैलाई चकित बनाउन सक्षम हुने कम्पनीले दाबी गरेको छ । (एजेन्सी)
फेसबुक भनेकै तस्विर र अन्य विवरण हाल्ने सामाजिक सञ्जाल हो ।
मान्छे फेसबुकमा आफ्ना राम्रा राम्रा मात्र तस्विर राख्छन् । यदि तपाइँ पनि फेसबुकमा राम्रा राम्रा तस्विर राख्नका लागि शौखिन हुनुहुन्छ भने तपाइँका लागि खुसीको खवर छ ।
अव फेसबुकमा फोटो हाल्दा फोटोको कन्ट्रास्ट, ब्राइटनेस आदि एडजस्ट गर्नका लागि नयाँ सुविधा हुने भएको छ । यस अघि फोटोलाई एडिट गर्नका लागि बाहिर गरेर मात्र फेसबुकामा हाल्नु पर्थ्यो भने अव चाँहि त्यसो गर्नु पर्दैन ।
अव फेसबुकमा फोटोको कन्ट्रास्ट देखि ब्राइटनेस र लाइटिङ सबै अटोमेटिकल्ली मिलेर प्रकाशित हुने छ । अहिले एप्पलका डिभाइसहरुमा दिइसकिएको यो सुविधा अव एण्ड्रोइड प्रयोगकर्ताहरुका लागि पनि छिट्टै उपलब्ध हुन्छ ।
यसले एडिट अप्सन दिन्छ र त्यसमा फोटो अपलोड गर्नका लागि सेलेक्ट गर्दा अटोमेटिक आफै राम्रो पारदिन्छ
