एजेन्सी । भारतको अहमवादमा एक मुस्लिम युवकले हिन्दु केटि संग बिवाह गरि करोडौ रकम कुम्ल्याएका छन् ।
फेसवुकमा हिन्दु नाम राखि उक्त युवकले एक हिन्दु शिक्षिका संग मित्रता गासेका थिए । त्यस पश्चात उनीहरुको सम्वन्ध शारिरिक समेत भएको थियो । त्यसपछि बिवाह वन्धनमा बाधिएका ति युवकले हिसाव गोलमाल गरि करोडौ लुटेका हुन् ।
मध्य प्रदेशको जंवु क्षेत्र बाट बिबाहित उक्त पुरुषलाई प्रहरीले गिरफ्तार गरेको छ । इमरान शेख नाम भएका ति युवकले देवेन्द्र सिंह राठौर नाम राखि ती युबतिलाई इन्दौर कलेजबाट फसाएका थिए । पक्राउ परेका त ियुवा बिरुद्ध प्रहरीमा उजुरी परेका थियो ।
विनिसा नामक ति युबतिलाई फसाएपश्चात युबकले आफू एम बि बि एस् भएको भन्दै वहत्तर लाख तथा सुनको गहना लिएका थिए ।
आफू राजपूत खलकको भएको बताएका ति युजा पहिलेनै बिवाह वन्धनमा बाधिइ सकेका थिए ।
जाकार्ता (इन्डोनेसिया), पुस १५ - इन्डोनेसियाली जल सैनिकले एअर एसियाको बेपत्ता बिमानमा यात्रारतहरुमध्ये ४० जनाको शव भेटिएको बताएका छन् । इन्डोनेसियाबाट सिंगापुरको लागि उडेको फ्लाइट क्वीजेड८५०१ आइतबार विहान हराएको थियो ।
जाभा समुद्रको बुर्निओ टापुमा शवहरु भेटिएको बताइएको छ । टापुमा भेटिएको शव, विमानका टुक्रा र सामानहरु एअर एसियाकै विमानको भएकोमा आफूहरु ९५ प्रतिशत विश्वस्त रहेको उद्दारमा खटिएका अधिकारीले बताएका छन् ।
१६२ जनासहित उडेको एयरबस आइतबार विहान हराएको हो ।
उद्दारकर्ताहरुले जाभा समुद्रको १३ स्थानमा केन्दि्रत रहेर खोजी गरेका थिए ।
इन्डोनेसियाली टेलिभिजनमा प्रत्यक्ष प्रशारण गरिएको उद्दारकर्ताको पत्रकार सम्मेलनमा समुद्रको पानीमा तैरिरहेको अवशेषहरु देखाइएको थियो ।
टेलिभिजनमा देखाइएको दृश्य हेरेर विमानमा सवार रहेकाहरुको आफन्तहरु भावविह्वल भएका छन् ।
पत्रकार सम्मेलन लगत्तै इन्डोनेसियाली जन सैनिकले ४० जनाको शव भेटिएको बताएका थिए ।
एअर एसियाको प्रमुख कार्यकारी अधिकृत टोनी फर्नान्डेजले ट्वीटमा भनेका छन्,'बिमान सवार रहेका आफन्तहरुको दुखप्रति मेरो सहानुभूति छ । एयर एसियाको तर्फबाट म हार्दिक समवेदना व्यक्त गर्दछु ।'
१५ पुस, काठमाडौं । भारतीय कप्तान महेन्द्र सिंह धोनीले टेष्ट क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । अष्ट्रेलियाविरुद्धको मेलबर्न टेष्ट बराबरीमा सकिएपछि धोनीको सन्यास घोषणा भएको हो ।
अब अष्ट्रेलियाविरुद्ध जनवरी ९ मा हुने चौथो टेष्टको कप्तानी विराट कोहलीले गर्नेछन् । चार म्याचको टेष्ट सिरिज भारतले गुमाइसकेको छ ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईका सचिव संजय पटेलका अनुसार धोनीको राजीनामा स्वीकार गरिएको छ र भारतीय क्रिकेटमा गरेको योगदानका लागि धन्यवाद दिइएको छ ।
सबै फर्म्याटका खेलको तनाव लिनको साटो वन डे र टी-२० मा मात्र केन्द्रीत हुने धोनीले बताएका छन् ।
धोनी भारतीय क्रिकेटका सबैभन्दा सफल कप्तान मानिन्छन् । उनको कप्तानीमा भारतले टेष्ट बरियतामा शीर्ष स्थानमा पुग्यो ।
२००५ डिसेम्बर २ मा श्रीलंकाविरुद्धको टेष्टमा उनले डेब्यू गरेका थिए । उनले कुल ९० टेष्टमा ४ हजार ८७६ रन बनाएका छन् ।
काठमाडौं, पौष १५ । इन्डोनेसियाका खोजकर्ताहरुले आइतवारदेखि वेपत्ता एयर एसियाको विमानको भग्नावशेष पत्ता लगाएको दाबी गरेका छन् ।
इन्डोनेसियाको वोनियो टापु नजिकको जाभा समुद्रमाथि विभिन्न वस्तु तैरिरहेको देखिएको खोजकर्ताहरुले जनाएका छन् । र ती वस्तु वेपत्ता विमानमा भएको उनीहरुको भनाई छ ।
जमिन र समुद्रमा गरि विभाजित १३ क्षेत्रमा भैरहेको विमानको खोजीमा इन्डोनेसिया, सिंगापुर, मलेसिया, अमेरीका, अष्ट्रेलिया, फ्रान्स लगायतका मुलुकका उद्धारकर्मी खटिएका छन् ।
आज बिहानै जाभा नजिकको एउटा टापुमा धुँवा उडिरहेको दृष्य देखिएपछि खोजी कार्य त्यतै केन्द्रित गरिएको थियो ।
केन्द्रले संभावित जमिन तथा जलक्षेत्रलाई १३ भागमा विभाजन गरी खोजी कार्य तिब्र पारेको छ । १ सय ६२ व्यक्ति बोकेर इन्डोनेसियाबाट सिंगापुरतर्फ उड्दै गर्दा जाभा समुन्द्रमाथिबाट सम्पर्कविहीन भएको थियो ।
एजेन्सी । एयर एसियाको विमान क्युजेड ८५०१ नम्बरको विमान वेपत्ता भएको तीन दिन भइसकेपनि अहिलेसम्म यसको कुनै पत्ता लाग्न सकेको छैन । यसैबीचमा एउटा खबर सार्वजनिक भएको भएको छ जसले तपाइलाई पनि झस्काउन सक्छ ।
एक चिनिया व्यक्तिले यसअघि नै एयर एसियाको कुनै विमान बेपत्ता हुन सक्ने भविश्यवाणी गरेका थिए । एक ब्लगमा ति चिनिया व्यक्तिले एयर एसियाको विमान वेपत्ता हुन सक्ने वा दुःखद अन्त्य हुने चेतावनी दिएका थिए ।
यसको १५ दिन भित्रै एयर एसियाको जेडक्यु ८५०१ विमान वेपत्ता भएको छ । यो पोष्ट विमान बेपत्ता भएसँगै सामाजिनक सञ्जालमा चर्चाको विषय बनेको छ । त्यो भन्दा पनि आश्चर्यलाग्दो कुुरा भने मानिसले विमान वेपत्ता हुने भविश्यवाणी गर्न सकिन्छ भनेर मानिसहरु छक्क परेका छन् ।
ती चिनिया नागरिकले आफ्नो पोष्टमा लेखेका थिए, जुन मानिसले एमएच३७० गायब गरेका थिए तीनै व्यत्तिलले एयर एसियाको विमानमा हमला गर्ने उल्लेख गरेका थिए । ब्लगको पोष्टमा विमान वेपत्ता हुनुको पछि ‘द इन्टरनेशनल ब्ल्याक हेण्ड’ नामको संगठनको हात रहेको दावी गरिएको छ ।
उक्त पोष्टलाई अहिले अंगे्रजीमा अनुवाद समेत गरेर प्रचार गरिएको छ । पोष्टमा भनिएको छ ”Black Hand hijacked and shot down MH370 and MH17. This has pretty much killed the 6th largest airline — Malaysian airline,’
उनले अब मलेसिया पछि एयर एसिया उक्त संगठनको निशानामा रहेको भन्दै एयर एसियाको विमानमा यात्रा नगर्न सबै चिनियालाई सुझाव समेत दिएका छन् ।
-एजेन्सीको सहयोगमा
भारतको महाराष्ट्र राज्यमा विगत ७२ घण्टा अर्थात तीन दिनको अवधीमा १२ किसानले आत्म हत्या गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
महाराष्ट्रको विदर्भमा ७२ घण्टा भित्र १२ किसानले आत्म हत्या गरेको समाचारमा जनाइएको छ ।
खेति नष्ट भएको भन्दै किसानहरुले पीडामा आत्महत्या गरेको बताएको छ । कपास खेती गर्ने ती किसानहरुले एक पछि अर्को गर्दै आत्महत्या गरेका हुन् ।
किसान आन्दोलनका प्रमुख किशोर तिवारीले आत्म हत्याको पुष्टी गरेका छन् ।
महाराष्ट्र विधानसभा चुनावमा प्रधानमन्त्री नरेन्द्र मोदीले किसानको आत्महत्याका लागि कांग्रेसको गठबन्धनमाथि दोषारोपण गरेका थिए । तर मोदीकै प्रधानमन्त्रीत्वमा समेत आत्महत्याको क्रम भने रोकिएको छैन ।
१ महिनामा उक्त क्षेत्रमा ५२ जना किसानले आत्महत्या गरेको बताइएको छ । भारतमा किसानको आत्महत्या दर डरलाग्दो स्तरमा रहेको छ ।
एजेन्सी । इटालीको एक पानी जहाजमा आगो लागेर फसिरहेका २५० भन्दा बढी यात्रुहरुले धुवा, खोकी, चिसो र तिव्र समुद्री हावाको सामना गर्दै दोस्रो दिन बिताएका छन् ।
ग्रिसको कोर्फु द्विपनजिकै आइतबार एक जलिरहेको जहाजबाट हतास यात्रुहरुले मोबाइल फोनमार्फत आफ्नो उद्दारका लागि आग्रह गरेका छन् । आफूहरु मुसा जलेजस्तै जलेर मर्ने अवस्था रहेको भन्दै ति यात्रुले उद्दारको अपील गरेको बीबीसीले जनाएको छ ।
प्रतिघण्टा १०० किलोमिटर गतिको हावाका बाबजुद उद्धारकर्मीहरुले उद्दार कार्य जारी राखेका छन् । अहिलेसम्म फसेका यात्रुहरुमध्ये १५० भन्दा बढिको उद्दार गरिएको छ ।
जहाजमा सवार ग्रिसका एक व्यक्तिको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । इटालीका प्रधानमन्त्री मेटेयो रेंजीले भने, ‘यो एक लामो काल रात हो ।’
उक्त जहाजमा २६८ यात्रु ग्रिसका र चालक दलमा पनि २२ जना इटालीका नागरिक तथा ३४ ग्रिसको नागरिक रहेको जनाइएको छ । इटाली सरकारले यो इतिहासकै एक जटिल उद्दार कार्य भएको जनाएको छ ।
इण्डोनेसियाका अधिकारीहरुले आइतबार देखि हराइरहेको एयर एसियाको QZ8501 विमान समुन्द्रको पिँदमा रहेको हुन सक्ने बताएका छन् । १६२ जना सवार उक्त विमान समुन्द्रको पिँदमा हुन सक्ने सम्भावना रहेको बताएपनि त्यसको पुष्टी हुन बाँकि रहेको उनीहरुको भनाइ छ ।
विमान कहाँ गयो र के भयो भन्ने कुरा प्रष्ट नभएपनि विमान समुन्द्रमा दुर्घटना भएको अनुमान अधिकारीहरुको छ ।
विमान उडेको स्थान सुरावायाका अधिकारीहरुले जाभा समुन्द्रमा विमान खसेको अनुमान गरेका छन् । विमानको अवस्था थाहा नभएका कारण विमानमा रहेकाहरुका आफन्तहरु आक्रान्त भएका छन् ।
इण्डोनेसियाको सुरावायाबाट सिंगापुर जाँदै गरेको उक्त विमान उडेको केही छिनमा वेपत्ता भएको थियो । विमानका चालकले मौषम खराव रहेको जानकारी एक पटक दिएको भएपनि यसबाट आकस्मिक वा कुनै उद्दारका लागि आग्रह गरिएको थिएन ।
यसअघि उद्धार तथा खोजी कार्य केही समयका लागि स्थगित गरिएको थियो । उद्धार तथा खोजी कार्यमा इण्डोनेसियाले विभिन्न तीनवटा विमानस्थलहरुबाट सैनिक जहाजहरु परिचालन गरेको छ ।
हराईरहेको विमानको खोजी तीन हजार पाँच सय माइल क्षेत्रमा गरिने अधिकारीहरुले बताएका छन् । सैनिक जहाजहरुले ६ देखि १२ घण्टासम्म उक्त क्षेत्रमा खोजी गर्ने र त्यसबाहेक विमान हराएको क्षेत्रदेखि उत्तरी र पूर्वी क्षेत्रमा पनि खोजी गर्नेछन्।अधिकारीहरुका अनुसार अहिले भने जाभा समुद्रको बेलिटुंग द्वीप क्षेत्रमा खोजी कार्य केन्द्रित गरिएको छ ।
एजेन्सी । चालक दलका सदस्य सहित ४७८ यात्रु बोकेर ग्रिसको युनानबाट इटालीतर्फ गइरहेको एक पानी जहाजमा भिषण आगलागी भएको छ । जहाजमा सवार सबै यात्री जहाजको छतमा फसेका छन् ।
प्रशान्त महासागरको बीच भागमा तिब्र गतिमा आएको हावा हुरीका कारण यात्रुहरुको उद्दारमा समस्या भएको छ ।
इटाली र ग्रीकका उद्दारकर्मीहरु हेलीकोप्टर लिएर जहाज नजीक पुगेको भए पनि कुनै पनि यात्रुको उद्दार भने हुन सकेको छैन ।
आगलागी नियन्त्रणकालागि हर प्रयास गरिए पनि सम्भव देखिएको छैन । समुद्रमा आएको हावा हुरीका कारण आगो झनै बढीरहेको छ । हावा रोक्न अन्य ८ जहाजले उक्त जहाजलाई घेरा हालेपनि सम्भव हुन सकिरहेको छैन ।
युनानबाट ४४ माइल टाढा भएको उक्त घटना दर्दनाक बन्ने दिशातर्फ गइरहेको जनाइएको छ । ५५ जना चालक दलका सदस्यहरु र ४२३ यात्रु उद्दारको प्रतिक्षामा रहेका छन् ।
जहाजको ग्यारेजमा लागेको आगोले ग्यारेजमा रहेका २२० कार जलाईसकेको छ । इटालीले यात्रुलाई बचाउने अभियान थालीसकेको छ । तर, सम्भावना निकै कम देखिएको छ ।
काठमाडौं-इन्डोनेसियादेखि सिंगापुर जाँदै गरेको एयर एसियाको क्युजेड ८५०१ विमान सम्पर्क बिहिन भएको छ। घटनाबारे विस्तृत जानकारी आइनसकेको बिबिसीले जनाएको छ। इन्डोनेसियाका सञ्चारमाध्यमले दिएको जानकारीअनुसार विमानमा १ सय ६२ जना यात्रु सवार थिए।
विमान स्थानीय समयअनुसार बिहान ६:१५ बजेदेखि जाकर्ता एयर ट्राफिक कन्ट्रोलको सम्पर्कमा नरहेको बताइएको छ। ट्राफिक कन्ट्रिलिङमा रहेका कर्मचारीले दिएको जानकारीअनुसार विमान हराउनुभन्दा पहिले विमानले नयाँ रुटबारे सोधेको थियो।
नयाँ दिल्ली । मुम्बईको भिवन्डी सहरस्थित काठ गोदाममा शनिबार बिहान भएको आगलागीमा परेर कपिलबस्तुका ८ नेपालीको मृत्यु भएको छ ।
सख्त घाइते ३ जनाको उद्धारपछि उपचार भइरहेको छ । मृत्यु भएका ५ जना र खस्त घाइते भएका ३ जना एकै गाउँका हुन् । ज्यान गुमाउनेमा एकै घरका दाजुभाइ समेत छन् ।
खबरले गाउँ पुरै शोकमग्न छ । आर्थिक अवस्था कमजोर भएका उनीहरु रोजगारीका लागि त्यहाँ गएका थिए । उनीहरु ज्यालादारी हैसियतमा काम गर्दै आएका थिए । आजको कान्तिपुरमा समाचार छ ।
मुम्बई । इसाई धर्मावलम्बीहरुको पवित्र चाड क्रिसमसमा एक लज्जाजनक घटना भएको सार्वजनिक भएको छ । क्रिसमस मनाउने क्रममा बलिउड नायिका ऋचा चड्डामाथि दुई युवकले दुव्र्यवहारको प्रयास गरेका हुन् ।
क्रिसमस पार्टीमा सहभागी नायिका चड्डासँग युवकहरुले फोटो खिच्ने बाहना बनाई काँधमा हात राखेर संवेदनशील अंगमा लैजाने कोशिस गरेका थिए ।
उक्त घटनालाई साम्य पार्नका लागि प्रहरी नै पुग्नु परेको थियो । ऋचाले यस घटनाले आफूलाई दुःखी बनाएको बताएकी छन् ।
नायिका ऋचाले फुक्रे, ग्याङस् अफ वासेपुर, रामलीलालगायतका चलचित्रमा अभिनय गरेकी छन् ।
एजेन्सी, १२ पुस– विश्वका सबैभन्दा धनीका रुपमा रहेका बिल गेट्सको सम्पत्ति अहिले ८१ अर्ब ७० करोड डलर छ । उनले मेक्सीकोका कार्लाेस स्लिमलाई तेस्रो स्थानमा धकेलेर सबैभन्दा धनीका रुपमा स्थापित भएका हुन् ।
अक्सफामको ‘इन इक्युलिटी’ प्रतिवेदन तयार गर्दा गरिएको अध्ययनले ८० अर्ब डलर सम्पत्ति भएका धनी गेट्सले दिनमा १० लाख खर्च गरे पनि सबै सम्पत्ति सक्न दुई सय २० वर्ष लाग्ने देखाएको छ ।
गेट्स लगातार १५ वर्ष विश्वका धनीमा दरिए पनि बितेको दुई वर्षयता उनी दोस्रो स्थानमा रहँदै आएका थिए । फेरी सन् २०१४ मा सबैभन्दा धनी कार्लाेस स्लिमलाई उछिन्दै उनी एक नम्बरमा उक्लेका हुन् ।
कान्तिपुर दैनिकबाट
पोयङ्याङ – उत्तर कोरियाले अमेरिकाका राष्ट्रपति बाराक ओबामामाथि फेरि एकपटक क्षुद्र टिप्पणी गर्दै उनलाई बाँदरको संज्ञा दिएको छ । यसका साथै उत्तर कोरियाले अमेरिकाले ‘द इन्टरभ्यु फिल्मलाई लिएर उनको देशमा इन्टेरनेटमा रोकावट निम्त्याएको आरोप लगाएको छ ।
युएसए टुडेका अनुसार उत्तर कोरियाले सोनी पिक्चर्समा साइबर अट्याकमा आफ्नो भूमिका नरहेको बताउँदै फिल्ममा किम जोंग उनको हत्याको षड्यन्त्रलाई हाँसो बनाएको बिरोध जनाएको छ । सोनी पिक्चर्सले प्रथमतः फिल्मको रिलिजका लागि मनाही गरेको थियो तर अमेरिकी राष्ट्रपति बाराक ओबामाको आलोचनापछि यसलाई यो हप्ता रिलिज गरेको थियो । शनिबार उत्तर कोरियाको नेशनल डिफेन्स कमिशनमा उत्तर कोरियाले भन्यो , द इन्टरभ्यु को रिलिजको पछाडि ओबामाको हात छ ।
ओबामा सधैभरि संसारमा भौँतारिरहन्छन् र उनको काम भूमध्य जंगलको बाँदरजस्तो छ । उनले फिल्मलाई अवैध, बेइमान र भड्काउ बताएका छन् । उनले थप आरोप लगाउँदै भने, सोनी ह्याकिंग पछि अमेरिकाले उत्तर कोरियाको वेभसाइटमाथि लगातार हमला गर्यो जसका कारण इन्टरनेट सेवा बन्द रह्यो । यद्यपी यो विषयमा ह्वाइट हाउसबाट केहि पनि टिका टिप्पणी आएको छैन । दुबै देशका बिच सन् १९५०–५३ पछि तनावको स्थिति कायम छ । उत्तर कोरियाको मिसाइल र परमाणु कार्यक्रमको विषयमा अमेरिकाले आपत्ति जनाउने गर्दछ । (एजेन्सी)
कुख्यात बिकनी किलर चाल्र्स शोभराजको प्रेमकहानी ट्रयाजिडी उन्मुख भएको छ । नयाँ पत्रिका दैनिकमा समाचार छ ।
६ वर्षअघि उनीसँगको प्रेम र विवाहका कारण संसारभरि चर्चाकी पात्र बनेकी निहिता विश्वास अहिले गुमनाम छिन् ।
पछिल्ला ३ वर्षदेखि त उनले शोभराजलाइ भेटिेकी पनि छैनन । उनी पछिल्लो समय शोभराजसँगको प्रेम र बिहेप्रति पश्चाताप गर्न थालेकी छिन् ।
निहिताकी आमा शकुन्तला भने ब्याडलक भनौ अथवा परिस्थितिले बनायो, निहितासँगको अफेयरको चर्चा भन्छिन् । धेरैले निहितालाई एउटा ब्याइफ्रेन्ड बनाए हुन्छ भनेर सुझाव दिएका छन् ।
एजेन्सी । जेलमा बन्द रहेका कैदीसँग शारीरिक सम्बन्ध बनाउने र प्रेम पत्र आदानप्रदान गर्ने महिला जेल अधिकारीलाई कानुनी कारबाही गर्नुका साथै जेल पठाइएको छ ।
लण्डनकी सिन्डी बेकर नाकी महिला अधिकारीलाई कानुन तोडेर कैदीका साथ यौन सम्बन्ध राखेको र प्रेम पत्र आदान प्रदान गरेको आरोपमा कारबाही गरिएको हो । एक कैदीले महिला अधिकारी र अर्को कैदीबीच शारीरिक सम्बन्ध भएको बताएपछि घटना सार्वजनिक भएको हो ।
प्रहरी अनुसन्धानका क्रममा प्रेम पत्र समेत भेटिएको हो । मिरर न्युजका अनुसार उक्त उजुरी आएपछि २५ वर्षीय ती महिला अधिकारीको बेड रुममा खानतलासी गरेको थियो । खानतलासीका क्रममा प्रेम पत्र समेत भेटिएको हो ।
ती कैदी सन् २००९ देखि हत्या आरोपमा जेलमा रहेका छन् । उनीहरु दुवैले प्रेम पत्रमा रोमान्चक र यौनउत्तेजक शब्दहरु लेखेको सुनुवाईका क्रममा अदालतले जनाएको छ ।
आरोपी महिला अधिकारीले कैदीलाई जेलमा नै फोन र लागु पदार्थ उपलब्ध गराएको आरोप छ । सुनुवाईका क्रममा उनले उक्त आरोपको खण्डन गरेकी छन् । उनको पहिलो श्रीमान्तीर ७ वर्षीय बच्चा समेत रहेको छ ।
एजेन्सी । इबोला भाइरस व्यापक फैलिएपछि सियरालियोनको उत्तरी क्षेत्रमा ३ दिनसम्म बन्दको घाषणा गरिएको छ ।
इबोला भाइरसको संक्रमण व्यापक फैलिएपछि सियरालियोनको उत्तरी क्षेत्रका सबै पसल, बजार तथा यातायात सेवापनि पूर्ण रुपमा बन्द गर्न लागिएको हो ।
इबोला भाइरसको संक्रमण फैलिने संभावना उच्च भएकै कारण धेरै ठाउमा क्रिसमसका कार्यक्रममा समेत प्रतिबन्ध लगाइको छ ।
आवश्यक परेको खण्डमा यो समय अझै लम्बिने सक्न स्थानीय अधिकारीले बताएका छन् ।
इबोलाका कारण सियरालियोनमा अहिलेसम्म ९ हजार भन्दा बढी इबोला संक्रमित बिरामी फेला परेका छन् भने २४ सयभन्दा बढीको ज्यान गैसकेको छ ।
१० पुस, काठमाडौं । भारतीय क्रिकेट टीमका उपकप्तान विराट कोहलीले सचिन तेन्दुलकरलाई जितेका छन् ।
कोहलीले क्रिकेटको मैदानमा भने सचिनलाई जितेका होइनन् । उनले ट्वीटर फलोअरमा सचिनलाई जितेका हुन् । बिहीबार अपराहृनसम्ममा कोहली (@imVkohli) को फलोअर ४८ लाख ९३ हजार ७९५ पुगेको छ ।
सचिन (@sachin_rt) को भने ४८ लाख ७६ हजार ९५७ फलोअर छन् । भारतीय कप्तान महेन्द्र सिंह धोनी निकै पछि छन् । ट्वीटरमा उनको फलोअर ३३ लाख ३३ हजार २० पुगेको छ ।
विरेन्द्र सहवागको झण्डै ३२ लाख, युवराज सिंहको २७ लाख र सुरेश रैनाको २६ लाख बढी छन् ।
ट्वीटरमा सबैभन्दा बढी फलोअर हुने १० भारतीय खेलाडीमा बढी क्रिकेटर छन् । टेनिस खेलाडी सानिया मिर्जाको फलोअर २२ लाख कटेको छ ।
एजेन्सी । चर्चित मोडल इटालियन–फ्रेन्च गायिका गीतकार कार्ला ब्रुनीले २३ डिसेम्बरमा आफ्नो जन्मदिन मनाएकी छन् । कार्लाको जन्म सन् १९६७ डिसेम्बर २३ का दिन भएको हो ।
ब्रुनीले सन् २००८ मा फ्रान्सका राष्ट्रपति निकोलास सारकोजीसँग विवाह गरेकी थिइन् । उनीहरुबीच एक डिनर पार्टीमा भेट भएको थियो ।
१९ वर्षको उमेरदेखि मोडलिङ गर्न सुरु गरेकी उनले सन् १९९७ मा मोडलिङ छोडेर संगीत क्षेत्रमा लागेकी थिइन् ।
उनले सन् २००२ मा रिलिज गरेको पहिलो एल्बमले निकै चर्चा कमाएको थियो । उनले गरेका केही उत्तेजक फोटोसुटले भने बेला बेलामा हंगामा मच्चाउने गरेका छन् ।
एजेन्सी ।
अमेरिकामा अश्वेत समुदायका युवकलाई पुलिसले गोली हानेर मारेको भन्दै प्रदर्शन भैरहेको समयमा प्रहरीले अर्का युवकलाई पनि गोली चलाएर ज्यान लिएको छ ।
एन्टोनिया मार्टिन नामका १८ वर्षीय युवकलाई प्रहरीले मिसौरीको एक मोबाइल ग्यास स्टेसनमा गोली हानेको बताइएको छ ।
यस अघि माइकल ब्राउन नामका युवक मारिएको स्थान भन्दा केही पर भएको उक्त घटनास्थलमा अहिले मानिसहरुको भिड लागेको छ ।
माइकल ब्राउन पुलिसको गोलीबाट मारिएपछि अमेरिकामा ठूला ठूला प्रदर्शन भएका थिए ।
