देश हिन्दुराष्ट्रमय भयोः कमल थापा

कैलाली, पुस १४– राप्रपा नेपालका अध्यक्ष  कमल थापाले देश हिन्दुराष्ट्रमय भएको दाबी गरेका छन् । उनले देश हिन्दुराष्ट्रमय भइसकेको अवस्थामा त्यसका लागि सबै हिन्दू धर्मावलम्बीको दबाब आवश्यक रहेको औंल्याए । 

मेचीकाली पशुपतिनाथ सङ्कल्प रथ यात्राअन्तर्गत आज कैलालीको लम्कीमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले ९४ प्रतिशत ओमकारको बाहुल्यता रहेको नेपाललाई संविधानसभाले सनातन हिन्दूराष्ट्र घोषणा गर्नुपर्नेमा समेत जोड दिए । रथ यात्रा आजै मा कैलालीको अत्तरिया पुग्ने र चौराहामा कोणसभा आयोजना गरिने राप्रापा नेपालले जनाएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.