सुन तस्करीमा प्रचण्डपुत्र प्रकाशले जब तस्करलाई नै ठगे

१५ कात्तिकमा प्रकाश, प्रचण्डका पूर्वसवारीचालक काभ्रेका उज्ज्वल तामाड, पाछेङ खम्बालगायत चारजनाले तस्करीको सुन लुटेका थिए । लुटिएको ३५ केजी सुनमा चारैजनाको बराबर हक हुने सहमति गरिएको थियो । तर, पाछेङलाई प्रकाशले पूर्वसहमतिको आधा रकम पनि दिन नमानेपछि मामला बिग्रिएको हो ।

एक चिनियाँ महिला व्यापारीले बौद्धका व्यापारी गोम्बु शेर्पालाई तस्करीको सुन पठाएकी थिइन् । त्यसलाई हुम्लाका लालबहादुर बुढा र काभ्रेकै एक व्यक्तिले क्यारिड गरिरहेका थिए । सोही सुन प्रकाशको समूहले मिलेमतोमा लुटेको थियो । लालबहादुर पूर्वमाओवादी कार्यकर्ता पनि हुन् । उनको र प्रचण्डका पूर्वसवारीचालक तामाङबीच राम्रै सम्बन्ध थियो । १० लाखमा लालबहादुरले नै प्रकाशको समूहलाई सुन लुटाएका थिए ।

काठमाडौं । एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का पुत्र प्रकाश दाहालको गैरकानुनी धन्धा पर्दाफास भएको छ । चोरमाथिको चण्डाल बन्दै सुन तस्करीका आफ्ना सहकर्मीलाई नै ठगी गरेपछि उनको गैरकानुनी धन्धा बाहिर आएको हो ।
१५ कात्तिकमा प्रकाश, प्रचण्डका पूर्वसवारीचालक काभ्रेका उज्ज्वल तामाड, पाछेङ खम्बालगायत चारजनाले तस्करीको सुन लुटेका थिए । लुटिएको ३५ केजी सुनमा चारैजनाको बराबर हक हुने सहमति गरिएको थियो । तर, पाछेङलाई प्रकाशले पूर्वसहमतिको आधा रकम पनि दिन नमानेपछि मामला बिग्रिएको हो ।
पाछेङले सुरुमा अन्य व्यापारका लागि आफूबाट लिएको १० करोड रुपैयाँ प्रकाशले ठगी गरेको प्रहरीमा उजुरी दिएका थिए । तर, अनुसन्धानबाट प्रकाशले तस्करी सुनको रकम ठगी गरेको खुलेपछि प्रहरीले पाछेङलाई नै पक्राउ ग¥यो ।
कात्तिकमा एक चिनियाँ महिला व्यापारीले बौद्धका व्यापारी गोम्बु शेर्पालाई तस्करीको सुन पठाएकी थिइन् । त्यसलाई हुम्लाका लालबहादुर बुढा र काभ्रेकै एक व्यक्तिले क्यारिड गरिरहेका थिए । सोही सुन प्रकाशको समूहले मिलेमतोमा लुटेको थियो । लालबहादुर पूर्वमाओवादी कार्यकर्ता पनि हुन् । उनको र प्रचण्डका पूर्वसवारीचालक तामाङबीच राम्रै सम्बन्ध थियो । १० लाखमा लालबहादुरले नै प्रकाशको समूहलाई सुन लुटाएका थिए ।
करिब ४० करोडबराबरको सुन लुटिएको थियो । त्यसमध्येको १० करोड प्रकाशले आफूलाई नदिएपछि धन्धाको पर्दाफास गरेको खम्बाले बताएका छन् । हाल प्रहरी थुनामा रहेका खम्बालाई प्रकाशले चार करोड मात्र दिन खोजेका थिए । उनीहरूले तस्करी गरेको सुन आधाभन्दा बढी काठमाडौंको न्युरोड र आधा पोखरा पठाएको पनि खम्बाले बताएका छन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.