नेपाल सन्देश डेस्क, काठमाडौं । नेपाल प्रहरीले विश्वका जुनसुकै कुनामा बस्ने नेपाली माथि हुने अपराधका विरुद्ध कारबाही गर्ने संयन्त्र निर्माण गरेको छ ।
थाइल्याण्डको बैंककमा बन्धक बनाइएको तीन नेपाली विद्यार्थीलाई अपहरणबाट मुक्त बनाउन सफल भएको प्रहरीले विश्वभर रहेका नेपालीलाई सुरक्षा दिने बताएको हो ।
नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग (सिआईबी)ले विश्वभर रहेका नेपालीहरुसँग जोडप्ीएका अपराधका घटनाहरुको अनुसन्धान र कारबाहीको संयन्त्र निर्माण गरेको छ ।
सिआईबीले अपराध सुचना संकलन केन्द्र (सिआसीयु) मार्फत यस्तो काम थालेको हो । उस्ले अपराधका घटनामा केही परेको भए सिधा सम्पर्क गर्नकालागि टोल फ्री नंबर १६६६००१४१५१६ नंबरमा सम्पर्क गर्न आग्रह गरेको छ ।
साथै फेसबुक पेज, वेभसाईट cid.nepalpolice.gov.np ,फ्याक्स नंबर ०९७७–०१४४१२६०२, इमेल cicu@nepalpolice.gov.np मा पनि सम्पर्क गर्न सकिने व्यवस्था गरेको छ ।
प्रहरीले दश लाख भन्दा बढी नेपाली रहेका मुलुकमा नेपाल प्रहरीको काउन्सलर राख्ने व्यवस्था हुन लागेको पनि जनाएको छ ।
काठमाडौं,पुस १७ – उद्योगमन्त्री महेश बस्नेत मन्त्री हुनअघि अनेक काण्डले चर्चामा थिए । युवा संघका अध्यक्ष समेत रहेका बस्नेत एकाएक मन्त्री बनेपछि थप चर्चाको विषय बने । हक्की नेताका रुपमा समेत चिनिने यिनै बस्नेतको मन्त्री भएपछि भने रातको निन्द्रा समेत खल्बलिने गरेको छ । उनले मन्त्री भएपछि राम्रोसँग सुत्नसमेत नसकेको दुखेसो गरेका छन् । आखिर यी मन्त्रीको निन्द्रा मध्यरातमा किन खल्बलिरहेको छ त ? यसरी मन्त्रीको निन्द्रा खल्बलिनुको कारण अरु केही नभएर मदिरा हो ।
कुरो के रहेछ भने उनलाई मदिरा खाएकाले मध्यराति समेत फोन गरेर डिस्टर्व गर्दा रहेछन् । त्यो पनि उनकै पूराना साथीहरुले ।‘एकथरी मानिसहरु छन्,जो आफ्नो पहुँच देखाउन एनी टाइम फोन गर्नुहुन्छ । राति कुनै ठाउँमा दारु खाएपछि साथीहरुलाई मन्त्रीसँग मेरो पहुँच छ भनेर देखाउन मध्यरातमा ह्यान्सफ्री गरेर फोन गर्नेपनि छन् । महिनामा केही त्यस्ता फोन पनि आउँछन्,जसले मेरो निन्द्रा नै खल्बलिन्छ’ बस्नेतले आफूले मन्त्री भएपछि झेल्दै आएको समस्याबारे आजको नयाँ पत्रिकासँग कुराकानी गर्दै भनेका छन् ।
काठमाडौँ : इस्वी संवतको वर्ष सन् २०१४ आजदेखि विदा हुँदैछ। नयाँ जोश,जाँगर अनि नयाँ उत्साह थपिने कामनाका साथ आज नयाँ वर्षलाई विश्वभर स्वागत गरिँदैछ। तर, नेपालीलाई भने नयाँ वर्ष सन् २०१५ को दोस्रो साताबाटै आम हड्ताल र बन्दका कार्यक्रमले सताउँदै छ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको एमाओवादीले हाँकेको ३० दलीय मोर्चा र नेत्रविक्रम चन्द ‘विप्लव’ अलग्गिएपछि अस्तित्वका लागि संघर्षरत मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा-माओवादीका बन्दहरुले जनवरी ९ तारिख (पुस २५ गते) देखि सताउन थाल्नेछन्। पुस २३ गते बल्ल राष्ट्रिय भेला डाकेको हुनाले विप्लव माओवादीको आन्दोलनका कार्यक्रम घोषणा हुन बाँकी नै छन्।
एमाओवादी र नेकपा-माओवादीले पुस २५ देखि २९ सम्म क्षेत्रीय रुपमा आम हड्ताल घोषणा गरेका छन्। एमाओवादीले हड्ताल गर्ने ठाउँहरुको क्षेत्रलाई प्रस्तावित राज्यको नामबाट प्रचार गरेको छ भने वैद्य माओवादीले विकास क्षेत्रको नाम दिएको छ।
काठमाडौं,पुस १५ – गत बुधबार महानगरीय प्रहरी अपराध महाशाखामा सनसनीपूर्ण सूचना आयो । अलितपुरको अल्का अस्पतालका मालिक कुमार थापा एक किशोरीलाई लिएर गाडीमा बेपत्ता भए । मोबाइल समेत अफ भएपछि किशोरीका आफन्तले यौन शोषणका लागि लिएर गएको आशंकामा उजुरी गरे र साँझ करिब पाँच बजेतिर थापाको मोबाइल खुला भएपछि महाशाखाकी डीएसपी मीरा चौधरीले तत्काल उनलाई हनुमानढोकामा आउन आदेश दिइन् । थापा किशोरीलाई घरमा छाडेर डराउँदै हनुमानढोका पुगे ।
सोधपुछ गर्नेक्रममा आश्चर्यजनक तथ्यहरु फेला परे । थापाले आफ्नो कारमा लिएर गएकी युवती प्रवीण नेपालकी छोरी हुन् । प्रवीण नेपाल थापाकै साथी हुन्,जसलाई थापाले हालत जेल हालेका छन् । बुबालाई छुटाइदिने भन्दै थापाले ती किशोरीलाई कारमा लिएर हिँडेका थिए । प्रवीणको जेल कहानी पनि निकै रोचक छ । थापाको अल्का अस्पतालभित्र अवैध धन्दाहरु हुन्छन् भन्ने उजुरी केही महिनाअघि नेपाल मेडिकल काउन्सिलमा पुग्यो । खासगरी अबैध गर्भपतन र कानुनुले बन्देज गरेको गर्भमै अल्ट्रासाउन्डमार्फत छोराछोरी छुट्याउने धन्दाबारे प्रमाणसहित उजुरी परेको थियो । आजको दृष्टि साप्ताहिकमा खबर छ ।
काठमाडौ, पुस १५ - विमानस्थल वरपर चरालाई मनपर्ने आहार पाइनुका साथै खुला ठाउँ उपलब्ध भएकाले चिल प्रजाति, चुइयाँ, धिप्सी, चाँचर र महाचिल आकषिर्त हुने गरेका छन् ।
'खुला ठाउँमा कीरा, फट्यांग्रा, छेपारा, गड्यौला सहजै पाइने भएकाले एयरपोर्टमा चरा आकषिर्त हुने हुन्,' चराका विषयमा विद्यावारिधि गरेका हेमसागर बरालले कान्तिपुरसित भने, 'वरिपरि सेकुवा पसलहरू प्रशस्तै भएकाले पनि आहार खाएर र्फकने क्रममा चरा हवाईजहाजमा ठोक्किने गरेका हुन् ।'
चराविद् बरालका अनुसार काठमाडौंमा खुला ठाउँ कम हुँदै गएर आहार कम हुन थालेपछि चरा प्रजाति आहारकै खोजीमा एयरपोर्टमा झुम्मिन्छन् । 'पहिला जहाज पनि कम उड्थे, समस्या कम हुन्थ्यो, उडान बढेसँगै चरा ठोक्किने समस्या बढेको छ,' उनले भने, 'हिउँद याम भएकाले चिल र महाचिल प्रजातिका चराको बथान एयरपोर्टमा देख्न सकिन्छ ।'
उनका अनुसार घाम लागेसँगै जमिनमा चराका आहार कीरा, फट्यांग्रा, गड्यौलालगायत सल्बलाउँछ । त्यही बेला आहार टिपेर उडेका चरा जहाजसँग आकाशमा ठोक्किन पुग्छन् ।
विमानस्थल क्षेत्रको तीनकुने गैरीगाउँदेखि तिलगंगासम्मै सेकुवा पसलहरू छन् । 'सेकुवाको गन्ध मनपर्ने र हड्डीलगायत आहार सहजै पाइने भएकाले चरा बढी आकषिर्त हुने गरेको हाम्रो अध्ययनको निष्कर्ष छ,' राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता डा. महेश्वर ढकालले कान्तिपुरसँग भने, 'विमानस्थलभित्रै जथाभावी फ्याँकिने खानेकुराले पनि चरा, बाँदरलगायत वन्यजन्तु आकषिर्त भएका हुन् ।'
अर्का चराविद् विमल थापा मगर सहरको भित्रीभागमा मान्छेको कोलाहल बढेसँगै आश्रयस्थलको खोजीमा चराहरू पशुपतिको जंगल हुँदै विमानस्थल छेउछाउ जानु पनि विमानसँग ठोक्किनुको अर्को कारण हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विमानहरूले फ्याँक्ने खानेकुराको सही व्यवस्थापन गर्न तथा विमानस्थल बाहिरका सेकुवा पसलको फोहोर व्यवस्थापन गर्न पटक-पटक बनेका विभिन्न अध्ययन समितिले विमानस्थल व्यवस्थापक र सरकारलाई सुझाव दिएको छ । तर, त्यसको कार्यान्वयन भएको छैन । 'पटक-पटक सुझाव दियौं,' बरालले भने, 'त्यो कहिल्यै कार्यान्वयन भएन ।'
विमानस्थलमा चरा, बाँदरलगायतले समस्या निम्त्याएपछि मात्रै ध्यान दिने र समस्या सल्टिएपछि चुप लाग्ने परिपाटी बदल्नुपर्ने बरालको सुझाव छ ।
एभियन राडार नहुँदा पटक-पटक जहाजमा चरा ठोक्किन्छ
अतुल मिश्र
काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपास चरा र जहाज ठोक्किने जोखिम दोहोरिरहनुको मुख्य कारण हो- 'एभियन राडार' जडान नहुनु । एभियन राडार भएमा एसिटसीले पाइलटलाई दस किलोमिटरसम्म चरा भए/नभएको स्थितिबारे जानकारी गराउन सक्थ्यो । यसले चालकलाई खतराको आकलन गर्न सघाउँथ्यो ।
चरा र जहाज ठक्कर हुनबाट जोगाउन हालसम्म सकारात्मक पहल भएको छैन । विज्ञहरूका अनुसार ठूलो प्रभाव नपार्ने खालका चरा र जहाजबीचको ठक्कर बर्सेनि ७/८ वटा हुने गरेको छ । सन् १९९० यता चरा-जहाज ठक्करको ८५ वटा घटनाले पनि बर्सेनि ३/४ वटा घटना रेकर्डमै आएको देखिन्छ ।
एभियन राडारले आफ्नो क्षमताअनुसार विमानस्थलको निश्चित क्षेत्रभित्रको चराको गतिविधिबारे एयर ट्राफिक कन्ट्रोलरलाई जानकारी दिन्छ । 'एभियन राडारको माध्यमले विमान र चराबीचको ठक्कर हुने घटनालाई धेरै हदसम्म नियन्त्रण गर्न सकिन्छ,' एयरपोर्ट अपरेसन डाइरेक्टर देवचन्द्र लाल कर्णले भने । एयरपोर्टको सतहदेखि करिब पाँच सय फिटमाथिसम्म चरा ठोक्किने घटना बढी भएका छन् ।
'अवतरणमा पाँच, तीन, दुई, एक सय फिट गरेर बिस्तारै विमान तल र्झछ तर उडान भर्दा फुत्त पाँच सय फिट माथि जाने गरेकाले चरासँगको ठक्करको अवस्थामा फरक भएको हो,' कर्णले भने । उनका अनुसार अधिकांश ठक्कर कालो चिलसँग
भएका छन् ।
नेस, काठमाडौँ ।आगामी सन् २०१५ जनवरी देखि प्रारम्भ हुन लागेको क्यानडा सरकारको Express Entry प्रणालीमा जुनसुकै व्यवशायमा कार्य गरेको र कुनैपनि विषयमा अध्ययन भएका व्यक्तिहरुले आवेदन गर्न पाउने भएका छन् ।
हाल प्रचलित Federal Skilled Worker प्रणालीमा २०१४ डिसेम्बरसम्ममा जम्मा ५० वटा व्यवशायका २५,००० वटा मात्र आवेदन लिइनेमा उक्त सीमा सन २०१५ देखि रहने छैन ।
कुनैपनि बिषयमा अध्ययन गरेका र कुनैपनि व्यवशायमा काम गरेका व्यक्तिहरुले Express Entry मार्फत स्थायी भिसा आवेदन गर्न क्यानडा सरकारले जानकारी दिएको छ ।
क्यानडाको अध्यागमन विभागबाट प्राप्त जानकारीअनुसार Express Entry प्रणालीमा निम्न तरिकाले अगाडी बढ्न सकिने छ ।
१. सबैभन्दा पहिले इच्छुक व्यक्तिहरुले क्यानडा सरकारको Express Entry Pool इन्टरनेट मार्फत आफ्नो व्यक्तिगत बिबरण पेश गरी क्यानडामा बसोवास गर्न इच्छा जाहेर गर्नुपर्दछ ।
२. तत्पश्चात उक्त व्यक्तिको बिबरणअनुसार उमेर, शैक्षिक योग्यता, कामको अनुभव, अंग्रजी भाषाको ज्ञान, आदी लगाएतको अध्ययन गरी क्यानडाको लागि दक्ष जनशक्ति मानिएमा Express Entry Pool आवेदकको बिबरण प्रकाशित गरिनेछ३. त्यसरी Express Entry Pool राख्नका लागि योग्य मानिएका आवेदकहरुको बिवरणलाई क्यानडाका कम्पनीहरुले आफ्नो आवश्यकता बमोजिम छनौट गरी क्यानडामा कामको अफर Job Offer प्रदान गर्नेछ ।
आवेदकले आफै ती कम्पनीहरुमा क्यानडाको Job Bank मार्फत Job Offer का लागि आवेदन गर्नुपर्नेहुन्छ । त्यसका लागि आवेदकले Job Bank http M//www/jobbank/gc मा खाता खोली आफ्नो बिबरण प्रकाशित गर्नुपर्ने र कम्पनीहरुसग सम्पर्कमा रहनुपर्ने हुन्छ ।
क्यानडामा एक्सप्रेस इन्ट्रीकोलागि कुन कुन जब अफर छन् त ?
४. यसरी कामको अफर Job Offer प्राप्त व्यक्तिहरुलाई क्यानडाको अध्यागमन बिभागले क्यानडाको स्थायी भिसा आवेदन गर्नका लागि आमन्त्रण गर्नेछ । उक्त आमन्त्रण प्राप्त भएको दुई महिनाभित्रमा आवेदन गरीसक्नुपर्ने हुन्छ ।
५. कामको अफर नपाएका व्यक्तिहरु यदी धेरै मागभएको व्यवशायमा काम गरेका र सोही प्रकारका सीप भएको पाइएमा क्यानडा सरकारले सिँधा स्थायी भिसाको लागि आवेदन समेत गर्न सक्नेछ । यस बारेमा भने वृस्तीत विवरण पछि आउने छ ।
६. क्यानडाको स्थायी भिसा आवेदन गरेपश्चात ६ महिना भित्रमा भिसा पाउन सकिनेछ ।
क्यानडा सरकारले Express Entry मार्फत निम्न उल्लेखित क्याटेगोरीमा आवेदन लिने जनाइएको छः
Federal Skilled Worker
Federal Skilled Trade
Canada Experience Class
Provincial Nominee Program
Express Entry मार्फत स्थायी भिसाको लागि आवेदन प्राप्त भए पश्चात माथि उल्लेखित कुनै पनि क्याटेगोरीमा आवेदन गर्न सकिने जनाइएको छ ।
त्यसैगरी माथि उल्लेखित क्याटेगोरीहरुमा यही डिसेम्बर २०१४ सम्ममात्र आवेदन लिइने र तत्पश्चात सबै आवेदन हरु Express Entry मार्फत लिइने छ ।
क्यानडाले बर्षेनी दुई लाख पचास हजारभन्दा बढी व्यक्तिहरुलाई बिभिन्न तवरले स्थायी भिसा दिने गर्दछ ।
क्यानडामा हाल करिब २०,००० नेपालीहरु स्थायीरुपले बसोवास गरिरहेको अनुमान गरिएको छ ।
कैलाली, पुस १४– राप्रपा नेपालका अध्यक्ष कमल थापाले देश हिन्दुराष्ट्रमय भएको दाबी गरेका छन् । उनले देश हिन्दुराष्ट्रमय भइसकेको अवस्थामा त्यसका लागि सबै हिन्दू धर्मावलम्बीको दबाब आवश्यक रहेको औंल्याए ।
मेचीकाली पशुपतिनाथ सङ्कल्प रथ यात्राअन्तर्गत आज कैलालीको लम्कीमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले ९४ प्रतिशत ओमकारको बाहुल्यता रहेको नेपाललाई संविधानसभाले सनातन हिन्दूराष्ट्र घोषणा गर्नुपर्नेमा समेत जोड दिए । रथ यात्रा आजै मा कैलालीको अत्तरिया पुग्ने र चौराहामा कोणसभा आयोजना गरिने राप्रापा नेपालले जनाएको छ ।
काठमाडौं आउँदै गरेको जेट एअरवेजको विमानमा आगलागी
काठमाडौं, पौष १४ । भारतको मुम्बईबाट काठमाडौं आउँदै गरेको जेट एअरवेजको विमानमा अवतरणका क्रममा आगो लागेको छ । अवतरणका क्रममा चरा ठोक्किएपछि विमानको पछिल्लो भागमा आगो लागेको हो ।
विमानमा चालक दलका सदस्यसहित एक सय २५ जना यात्रु रहेका थिए । मुम्बईबाट काठमाडौं आउँदै गरेको ९ डब्ल्यु २६८ विमानमा अवतरण गर्ने क्रममा चरा ठोक्किएको हो
एयरपोर्टका अधिकारीका अनुसार घटना त्यति ठूलो नभएको बताए । ‘प्लेन ल्याण्ड हुने बित्तिकै अग्नि नियन्त्रकहरु प्लेनमा पुगको तर घटना त्यति ठूलो रहेनछ,’ उनले भने । सबै यात्रु सकुशल रहेका छन् ।
काठमाडौं, पौष १४ । भारतको मुम्बईबाट काठमाडौं आउँदै गरेको जेट एअरवेजको विमानमा अवतरणका क्रममा आगो लागेको छ । अवतरणका क्रममा चरा ठोक्किएपछि विमानको पछिल्लो भागमा आगो लागेको हो ।
विमानमा चालक दलका सदस्यसहित एक सय २५ जना यात्रु रहेका थिए । मुम्बईबाट काठमाडौं आउँदै गरेको ९ डब्ल्यु २६८ विमानमा अवतरण गर्ने क्रममा चरा ठोक्किएको हो
एयरपोर्टका अधिकारीका अनुसार घटना त्यति ठूलो नभएको बताए । ‘प्लेन ल्याण्ड हुने बित्तिकै अग्नि नियन्त्रकहरु प्लेनमा पुगको तर घटना त्यति ठूलो रहेनछ,’ उनले भने । सबै यात्रु सकुशल रहेका छन् ।
हरेक दिन अखबारमा भयानक र कहालीलाग्दा समाचार आउँछन्। कतै बाबुले छोरीको शरीरमाथि धावा बोलेको हुन्छ, कतै काकाले भतिजीको शिकार गरेको हुन्छ। दुई वर्षकी बालिकादेखि ६५ वर्षकी वृद्धासम्म बलात्कारको घानमा परेका छन्। कता जाँदै छ नेपाली समाज? महिलालाई हेर्ने पुरुषको दृष्टिकोण के हो? किन झन्–झन् असुरक्षित हुँदै छन् नारी? महिलाविरुद्ध हुने हिंसाको सबैभन्दा घिनलाग्दो रूप हो बलात्कार। र, महामारी जसरी बढिरहेको छ यो। शुक्रवारको यस अंकमा संगीता श्रेष्ठले बलात्कारको डरलाग्दो चित्र प्रस्तुत गरेकी छिन्।
–आठ वर्षीया रीता (नाम परिवर्तन) आफ्नै बुवाबाट जबर्जस्ती करणीको शिकार भएकी थिइन्। आमाले छोडेर गएपछि आठ महिनासम्म उनी हरेक रात बुवाबाट बलात्कृत भइन्। अन्तरदृष्टि नेपाल नामक गैरसरकारी संस्थामा रीताले भने अनुसार 'बुवाले मलाई दिनमा चार पटकसम्म माया गर्थ्यो।' ४५ वर्षीय बुवाले उनलाई 'हरेक बुवाले आफ्नो छोरीलाई यसरी नै माया गर्छ' भनी सिकाएका थिए। कक्षामा टोलाएर बस्ने, पढाइमा ध्यान नदिने, साथीहरूसँग घुलमिल हुन नखोज्ने, एक्लै बस्न रुचाउने, भर्यााङका खुड्किला उक्लन नसक्ने देखेपछि स्कुलका शिक्षकले अन्तरदृष्टि संस्थालाई जानकारी गराएका थिए। संस्थाले रीतालाई आफ्नो संरक्षणमा लियो। अहिले उनी १२ वर्षकी भइन् र अहिले पनि अन्तरदृष्टिकै संरक्षणमा छिन्। उनका बुवा जेलमा छन्।
–झापा, खुदुनाबारीमा १० रुपैयाँको लोभ देखाएर आफ्नो घरमा टिभी हेर्न आएकी ११ वर्षीया बालिकालाई भिनाजु पर्नेले बलात्कार गरे। 'कसैलाई भने मारिदिने धम्की' दिएकाले डरत्रासले कसैलाई केही भन्न नसकी यी बालिका गर्भवती भएकी थिइन्। सात महिनामा उनले बच्चा जन्माइन्। बच्चा २० दिनभन्दा बढी बाँच्न सकेन।
–कैलालीको एक सामुदायिक वनमा गाई चराउन गएकी १० वर्षीया बालिकालाई त्यहीँका २७ वर्षीय धनबहादुर बोगटीले बलात्कारपछि निर्घात कुटपिट गरे। टाउकोमा ढुंगा हानेर बेहोस भएकी बालिका मृत भनी छोडे। विक्षिप्त अवस्थामा ती बालिका जंगलमा भेटिइन्।
आफ्नैको नियत बिग्रेपछि
हरेक दिन नेपालका विभिन्न ठाउँमा बलात्कारका घटना सार्वजनिक हुने गरेका छन्। महिलाविरुद्ध हुने अपराधको सबैभन्दा डरलाग्दो र घिनलाग्दो रूप हो, बलात्कार। आज देशमा बलात्कार 'आम बात' भइसकेको छ। यहाँ छोरी, बहिनी, बुहारी, आमा कहीँकतै कोही सुरक्षित छैनन्। दाइभाइ, बुवा, काका, मामा वा अन्य कोही पनि शिकारी हुन सक्छन्। यस्तो लाग्छ– पुरुषका लागि महिला उपभोग्य वस्तुबाहेक केही पनि होइन। रगतको नाताको पवित्रता पनि अपमानित भइरहेको छ। जन्मदाता बाबुले नै छोरीको शरीरको भोग गरिरहेका छन्। बाग्लुङमा यस्तै नरपिशाच बाबुको शिकार भइन् सत्र वर्षीया एक किशोर। आमाले अर्को बिहे गरेपछि उनको पालनपोषणका जिम्मा लिएका ५० वर्षीय बुवा उनका लागि हरेक दिन दैत्य बने। उनी बोल्न सक्दिनथिन्। गाउँलेहरूले चाल पाएपछि प्रहरीमा उजुरी गरे र बुवा पक्राउ परे। अहिले ती किशोरी काका–काकीको संरक्षणमा छिन्। गाउँलेका अनुसार पीडक बाबुले आफ्नो छोरीको गर्भपतनसमेत गराएका थिए।
हेटौँडाकी एक युवती आफ्नै दाइ (ठूलबुवाको छोरा) बाट बलात्कृत भइन्। सुर्खेतका एक जना हजुरबाले पाँच वर्षीया नातिनीलाई जबर्जस्ती करणी गरेको अभियोगमा १३ वर्षको सजाय भोगिरहेका छन्।
घरभित्रै महिला असुरक्षित छन्। उनीहरूको अस्मितामाथि कहाँ, कसले कतिखेर धावा बोल्ने हो, ठेगान छैन।
घाती छिमेकी
चिरपरिचित र छिमेकीबाट पनि छोरीबुहारी त्यति नै असुरक्षित छन्। एक जमाना थियो, कसैकी छोरी गाउँकै छोरी हुन्थी। तर, आज छोरी आफ्नै बाबुबाट सुरक्षित छैन भने छिमेकी वा अपरिचितबाट कसरी सुरक्षित रहन सक्छे?
पोखराकी १४ वर्षीया एक किशोरी राति सुतिरहेको बेला आफ्नै छिमेकका ४० वर्षीय पुरुषबाट बलात्कृत भइन्। घरमा कोही नभएको मौका छोपेर अछाममा एक ६५ वर्षीया वृद्धालाई ५० वर्षीय डम्बरबहादुर शाहले जबर्जस्ती करणी गरेको घटना हालै सार्वजनिक भएको थियो।
महिला पुनःस्थापना केन्द्र (ओरेक नेपाल) का अनुसार सबैभन्दा बढी ५७ प्रतिशत बलात्कार छिमेकीबाट हुने गरेको छ। छरछिमेकमा रहेका पीडक पुरुषले बालिका, किशोरी वा महिलाबारे सम्पूर्ण जानकारी राख्छन्। 'कति बेला एक्लै हुन्छे' भनी दाउ हेरिरहेका हुन्छन्। मौका पाउनेबित्तिकै उनीहरूले आफ्नो योजनालाई मूर्त रूप दिन्छन्। जनकपुरकी एक किशोरी राति ९ बजे दिसा बस्न गएकी थिइन्, घरदेखि अलि पर। ती १५ वर्षीया किशोरीको बलात्कारपछि हत्या भयो। भोलिपल्ट उनको शव पोखरीमा भेटियो।
अपांगमाथि धावा
सपांगमात्रै होइन, मानसिक र शारीरिक रूपले अपांग महिला पनि बलात्कारीहरूको शिकार बन्ने गरेका छन्। जन्मजात बोल्न र सुन्न नसक्ने रुपन्देही पश्चिम अमुवाकी २८ वर्षीया एक महिला आफ्नै घरमा बलात्कृत भइन्। बलात्कार गर्ने अरू कोही नभएर उनको आफ्नै भतिजा थियो। महिलाको शारीरिक अक्षमताको फाइदा उठाउँदै १८ वर्षीय भतिजाले आफ्ना दुई जना साथीसँग मिलेर उनको सामूहिक बलात्कार गर्यो । यस्तै सुस्त मनस्थिति भएकी १९ वर्षीय अर्की युवती स्याङ्जामा बलात्कृत भइन्। ४० वर्षीय देवेन्द्र थापामागरले घरमा एक्लै भएको मौका छोपी उनको बलात्कार गरे। यसअघि पनि त्यसै गाउँका धर्मराज थापाबाट बलात्कृत भएकी ती युवतीको गर्भपतन गराइएको थियो। देवेन्द्रका बाबु वसन्त थापाले पनि ती युवतीको बलात्कार गरेको आरोप युवतीकी आमाले लगाएकी थिइन्। यसरी गाउँलेहरूबाट सुस्त मनस्थिति भएकी युवती पटक–पटक बलात्कृत हुनुले समाज बर्बर बन्दै गएको प्रस्ट हुन्छ।
हालै तेह्रथुम, म्याङ्लुङको डेल्टा ल्यांग्वेज इन्स्टिच्युटमा ट्युसन पढ्न आएकी एक अपांग छात्रालाई त्यहाँका प्राध्यापकले यौन दुर्व्यवहार गरेका थिए।
सामूहिक बलात्कार
सामूहिक बलात्कारका घटना बढ्दै गएका छन्। एक अध्ययनका अनुसार साथीभाइको समूहमा 'सेक्सुअल एग्रेसन' देखाउनका निम्ति पनि सामूहिक बलात्कार हुने गरेका छन्। नेपालमा पनि सामूहिक बलात्कारका घटना दिनानुदिन बढ्दै गएका छन्। जेठ २०६७ देखि असार २०७० सालसम्म दाङमा मात्र १५ वटा सामूहिक बलात्कारका घटना सार्वजनिक भएका छन्।
पहिला अपहरण र त्यसपछि सामूहिक बलात्कार। आजभोलि धेरै छापिने, पढिने र सुनिने समाचार यही नै हो। सामूहिक बलात्कारकै समाचार बनिन्, नवलपरासीकी एक युवती। कामले बाहिर निस्किएको बेला बाटोबाटै उनको अपहरण गरियो। रुपन्देही, केरवानीका एक युवाले उनलाई जबर्जस्ती नियन्त्रणमा लिई सामूहिक बलात्कार गरेका थिए। हालै दाङ, तुलसीपुरमा १५ वर्षीया किशोरीमाथि जंगलमा बलात्कार भएको घटना सार्वजनिक भएको दुई दिनपछि नै १७ वर्षीया अर्की किशोरीकोे सामूहिक बलात्कार भयो। २०६६ सालमा आफ्नै प्रहरी सहकर्मीबाट सामूहिक बलात्कृत भएकी सुन्तली धामीको घटना पनि सेलाएको छैन।
कमजोरको शिकार
मनोविज्ञहरूका अनुसार पीडकले आफ्नो शक्तिको अहंकारमा आफूभन्दा कमजोरलाई शारीरिक र मानसिक रूपले क्षति पुर्यांउन बलात्कार गर्छ। त्यसैले दलित, उत्पीडित, अशिक्षित, एकल महिला, अपांग र बालिकाहरू बढी बलात्कारको चपेटामा पर्ने गरेका छन्।
हालै बेलबारी, मोरङकी २३ वर्षीया एक दलित युवतीमाथि बलात्कारको प्रयास भएको थियो। बेलुका कामबाट फर्कंदा सोही गाउँका जीवन भेटवालले बलात्कार गर्न खोजेका थिए। सो घटनाको प्रहरीमा उजुरी गर्दा 'दलितले आफूलाई झूटो आरोप लगाएको र सामाजिक बेइज्जती गर्न खोजेको' भन्दै पीडक पक्षले युवतीमाथि कुटपिट गर्नुका साथै उनलाई कालोमोसो र जुत्ताको माला लगाएका थिए। यस्तै काँकडभिट्टा मेचीनगर, घैलाडुब्बामा १३ वर्षीया दलित किशोरी बलात्कृत भइन्। घरनजिकै बाख्रा चराउन गएकी यी किशोरीलाई त्यहाँका ३० वर्षीय दिलिप विष्टले नजिकै चियाबगानमा लगी रुमालले मुख थुनेर बलात्कार गरे।
निशानामा बालिका
बलात्कारको शिकार हुनेमा सबैभन्दा बढी १२ देखि १५ वर्ष उमेरका बालिका रहेका छन्। 'यो अपरिपक्व उमेर हो,' बलात्कृत बालिकाहरूलाई उद्धार गर्ने संस्था अन्तरदृष्टि नेपालकी निर्देशक विनिता अधिकारी भन्छिन्, 'आफ्नो कुरा कसैलाई भन्न लजाउँछन्। यस उमेरका बालिकालाई डराई, धम्क्याई आफ्नो वशमा राख्न सजिलो हुने भएकाले पीडकले यसै उमेरका बालिकालाई बढी शिकार बनाउने गर्छन्।'
यौन शिक्षाको अभावले पनि पुरुषलाई बलात्कारका लागि प्रेरित गर्ने बताउँछन्, त्रिवि शिक्षण अस्पतालका सहप्राध्यापक डा. सरोज वझा। 'कतिपय व्यक्ति कलिला किशोरीसँग सेक्स गर्दा अत्यधिक यौन सन्तुष्टि पाइन्छ भन्ने मनोविज्ञानबाट प्रेरित हुन्छन्,' डा. वझा भन्छन्। ओरेक नेपालको तथ्यांकले पनि यही देखाउँछ। बलात्कार हुनेमा १६ वर्षमुनिका बालिकाको संख्या ४२ प्रतिशत रहेको छ।
महिला नै दोषी रे!
बलात्कारले महिलाको जीवन नै नष्ट गरिदिन्छ। घरबाट केही समयका लागि पोखरा माइत आएकी एक महिला आफ्नै छिमेकीबाट बलात्कृत भइन्। बलात्कारको घटनाबारे थाहा पाएपछि उनलाई श्रीमान्ले त्यागिदिए। बेइज्जतीको डरले उनी माइतमा पनि बस्न सकिनन्। भौतारिँदै उनी भारतको रेडलाइट एरियासम्म पुगिन्।
घटना भएपछि पीडितलाई सहारा र भरोसाको आवश्यकता हुन्छ। त्यो अवस्थामा 'सहयोग गर्नुपर्छ' भन्ने भावनाबाट हाम्रो समाज चुकेको देखिन्छ। घरपरिवारदेखि समाजसम्मका सबैले 'तैँले गर्दा नै यसो भा'को' भन्दै महिलालाई नै प्रताडित गर्न थाल्छन्। १२ वर्षीया एक किशोरी तीन वर्षदेखि अन्तरदृष्टिकै संरक्षणमा छिन्। फर्किएर घर जान चाहन्छिन् तर जान सक्दिनन्। 'घर जाँदा सबैले 'तेरै कारणले यस्तो भएको हो', 'ऊ आइहाली' जस्ता नानाथरि कुरा गर्छन्। त्यसैले उ घर जान मन गर्दिन। उसका बुवाले पनि फोन गरेर छोरीलाई त्यहीँ राखिदिनुस् भन्छन्,' अन्तरदृष्टिकी काउन्सिलर रजनी भारती भन्छिन्। कुनै पनि गैरसरकारी संस्थाको सेल्टरमा बलात्कृत छोरीलाई राखेर आमाबुवा ढुक्क बस्छन्। 'आँखा अगाडि पाप हेर्नु परेन भनी ठान्छन्,' रजनी भन्छिन्, 'आफ्नो अगाडि हुँदा समाजले विभिन्न बहानामा बारम्बार छोरीलाई होच्चाइरहने हुँदा पनि आमाबुवा छोरीलाई आफूबाट टाढा राख्न बाध्य भएका छन्।'
बलात्कारका असर
असामाजिक, कठोर, जिद्दी, अव्यावहारिक, अशिक्षित, लागुऔषध दुर्व्यसनी, विवेकको सही प्रयोग गर्न नसक्ने वा कडा मानसिक रोग भएका व्यक्तिले बलात्कार गर्ने बताउँछन्, डा. सरोज वझा।
जबर्जस्ती करणीबाट पीडित बालिका, किशोरी वा महिलामा कहिल्यै नमेटिने मानसिक चोट लाग्छ। बलात्कृत भएपछि उनीहरू प्रत्येक पल मरेर बाँच्न बाध्य हुन्छन्। 'बलात्कार हुनु कुनै पनि महिलाका लागि ठूलो दुर्घटना हो। रेपपछि निकै तनावबाट महिलाले गुजि्रन पर्छ,' डा. वझा भन्छन्। उनका अनुसार महिलाले अल्पकालीन र दीर्घकालीन गरी दुई किसिमका शारीरिक र मानसिक समस्या भोग्नुपर्छ। अल्पकालीनमा योनीमा इन्फेक्सन, छटपटी, अनिद्राजस्ता लक्षण देखापर्छन् भने दीर्घकालीन समस्यामा डिप्रेसन, एन्जाइटी, पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर आदि पर्छन्। बलात्कारबाट पीडितमध्ये धेरै कमले आफ्नो जीवनमा पूर्ण रूपले यस घटनालाई बिर्सन सक्ने डा. वझा बताउँछन्। 'घटनापछि पीडितको एकाग्रतामा कमी आउँछ, पढाइमा ध्यान जाँदैन, कुनै पनि काममा उसको परफर्मेन्स राम्रो हुँदैन,' उनी भन्छन्, 'पीडित हीन भावनाले ग्रस्त हुन्छ, आत्मविश्वासमा कमी आउँछ र ऊ जीवनप्रति निराश बन्दै जान्छ। कतिपयले आत्महत्याको प्रयास गर्छन् र कतिपयले आत्महत्या गर्छन्।' समयमै काउन्सिलिङ र औषधि गरेमा पीडितमा देखिइएका समस्या ९५ प्रतिशतसम्म कम हुने डा. वझा बताउँछन्।
सहमतिमा टुंगिने मुद्दा
नेपालमा बलात्कारसम्बन्धी कानुनी व्यवस्थाबारे बेला–बेलामा चर्को बहस हुने गरेको छ। 'नेपालमा जबर्जस्ती करणीबारे कानुन त राम्रो छ,' विनिता अधिकारी भन्छिन्, 'तर, कार्यान्वयन निकै फितलो छ।' बलात्कारविरुद्धका अधिकांश मुद्दा लामो अदालती प्रक्रियाका कारण सहमतिमा गएर टंुगिने गरेका छन्। केही हात्तीका नोटमा महिला अस्मिताको मोलमोलाइ हुने गर्छ। मुद्दा दायर भए पनि सुुनुवाइ ढिलो हुन्छ। 'पीडितले सुरुमै पीडा भोगिसकेको हुन्छ,' विनिता भन्छिन्, 'अदालती प्रक्रियाले उसलाई थप पीडा दिने काम गर्छ। अदालतमा गएका १० प्रतिशत जति मुद्दा मात्र सफल हुन्छन्। बाँकी त अदालत बाहिरै मोलमोलाइमा टुंगिन्छन्।'
पीडितलाई मुद्दा जिताउन लागि स्वास्थ्य परीक्षण सबैभन्दा ठूलो प्रमाण हो। घटना भएको केही घण्टामै स्वास्थ्य परीक्षण गराइएन भने पछि यकिन प्रतिवेदन नआउन पनि सक्छ। घटना भएलगत्तै प्रहरीमा उजुरी गर्ने वा स्वास्थ्य परीक्षणका लागि जाने पीडित कमै हुन्छन्। सामाजिक लोकलाजका कारण घटना बाहिर ल्याउन पनि उनीहरू डराउँछन्।
प्रहरीमा उजुरी गर्नका लागि ३५ दिनको भाका राखिएको छ। यो भाका नमिल्दो भएको बताउँछिन् विनिता। '३५ बाट ३६ दिन हुँदा उजुरी गर्न मिल्दैन। ३५ दिनको भाकाले गर्दा पनि धेरै केस दायर हुँदैनन् र ३५ दिनमा दायर गरे पनि यसै अलपत्र पर्छन्,' उनी भन्छिन्।
कति छ सजाय?
मुलुकी ऐनको जबर्जस्ती करणीसम्बन्धी महलले बलात्कारीलाई यस्तो सजाय तोकेको छः
• दश वर्षमुनिकी बालिका भए १० देखि १५ वर्षसम्म कैद।
• दशदेखि चौध वर्षकी बालिका भए आठदेखि १२ देखि १२ वर्षसम्म कैद।
• चौधदेखि सोह्र वर्षकी किशोरी भए छदेखि १० वर्षसम्म कैद।
• सोह्रदेखि बीस वर्षकी युवती भए पाँच वर्षदेखि आठ वर्षसम्म कैद।
• बीस वर्षभन्दा माथिकी महिला भए पाँचदेखि सात वर्षसम्म कैद।
• श्रीमान्ले श्रीमतीलाई जबर्जस्ती करणी गरेमा तीन महिनादेखि छ महिनासम्म कैद सजाय हुन्छ।
• सामूहिक रूपमा जबर्जस्ती करणी गर्ने, गर्भवती, अशक्त वा अपांग महिलालाई जबर्जस्ती करणी गर्नेलाई थप पाँच वर्ष कैदको प्रावधान छ।
आफन्तकै डर
पूर्वमा बढिरहेका बलात्कारका घटनामा मुख्यतः आफन्तहरू संलग्न भएको पाइएको छ। आफ्नै बाबु, सानोबुवा र नजिकका नातेदारबाटै महिला बलात्कृत भएका छन्।
गत असार ४ गते इलामको गजुरमुखीका ४५ वर्षीय होमबहादुर श्रेष्ठलाई आफ्नै छोरीलाई करणी गरेको आरोपमा प्रहरीले पक्राउ गर्योक। त्यसैगरी श्रीमतीको इच्छाविपरीत पटक–पटक करणी गरेको उजुरी परेपछि गत चैत १३ गते सप्तरी, देउरीका ३० वर्षीय विश्वनाथ साहलाई प्रहरीले पक्राउ गर्यो१। इलामकै चुलाचुली–९ का सचिन रसाइलीले गत जेठमा १३ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गर्योा। सचिन बालिकाको सानोबुवा नाता पर्ने व्यक्ति हुन्। यसरी आफन्तबाटै बलात्कार भएका घटना पूर्वका हरेक जिल्लामा पाइन्छन्।
गत जेठमा सुनसरीको इटहरीमा कहालीलाग्दो घटना सार्वजनिक भयो। इटहरी–२, शान्तिनगर बरगाछीका ५१ वर्षीय सौगात साहले आफ्नै छोरीलाई वर्षौंदेखि बलात्कार गरी गर्भवती बनाई बच्चा समेत भएको उनकै तीन छोरीले सार्वजनिक गरेका थिए। यस्ता घटनाले नेपाली समाज कता जाँदै छ भन्ने विषयमा बहस गर्नुपर्ने अवस्था आइसकेको जनाउँछन्। आफ्नै जेठी छोरीलाई उनले सात वर्षअघिदेखि बलात्कार गरिरहेका थिए। उनीहरूबाट जन्मिएको बच्चा हाल छ वर्षको भएको छ। सौगातले अरू छोरीलाई पनि बलात्कार गर्न खोजेपछि साइँली छोरी प्रीति, काइँली लक्ष्मी र अन्तरी पार्वतीले इलाका प्रहरी कार्यालय इटहरीमा बाबुविरुद्ध किटानी जाहेरी दिएका थिए।
यति लामो समयसम्म घटना सार्वजनिक नभएको देख्दा प्रहरी पनि चकित भएका थिए। छोरीहरूले उजुरी र बयान दिएपछि सौगातलाई पक्राउ गरी प्रहरीले कारबाही चलाएको छ। महिला अधिकारवादी संघसंस्थाहरू घटना बाहिर आएपछि दोषीलाई कडा कारबाहीको माग गर्दै सक्रिय भए।
कानुनले गरेको परिभाषा अनुसार कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा सोह्र वर्षभन्दा कम उमेरकी बालिकालाई निजको मञ्जुरी लिई वा नलिई करणी गरेमा निजले जबर्जस्ती करणीको अपराध गरेको मानिन्छ। यस्तो अपराध गर्नेविरुद्ध ३५ दिनभित्र प्रहरी कार्यालयमा उजुरी दिनुपर्छ।
जबर्जस्ती करणी गर्न खोज्नेबाट फुत्किन खोज्दा वा भाग्न नसक्ने अवस्थामा करणी भइसकेपछि वा करणी प्रयास गर्दागर्दै करणी भएको स्थानमा वा त्यहीँबाट लखेट्दै गई एक घण्टाभित्र हतियार, लाठो, ढुङ्गा चलाई ज्यान मारेको ठहरेमा महिलालाई कारबाही हुँदैन।
मौनता तोड्दै
'९ बजे बेडमा गए पनि राति ११/१२ बजेसम्म निद्रै लाग्दैन। छटपटी हुन्छ। यसै पल्टिरहन्छु बेडमा,' गीताले भनिन्। उनकै छेउमा बसेकी सीता चाहिँ एकोहोरिएर टाढा–टाढा हेर्दै थिइन्। बोल्न चाहिराखेकी थिइनन् उनले। त्यसै समूहकी नीता भने बोलेको बोल्यै थिइन् र रीता भने कसैसँग आँखा जुधाएर कुरै गरिरहेकी थिइनन्। कुरा गर्दा यताउता हेरिरहेकी थिइन््।
प्रत्यक्ष रूपमा कसैले पनि आफ्नो समस्या भनेका थिएनन्। तर, अप्रत्यक्ष रूपमा कुनै न कुनै व्यवहारबाट उनीहरूको पीडा झल्किरहेको थियो। समूहमा भएका नौ जना बालिका अन्तरदृष्टि नेपाल संस्थाको हेटौँडा शाखामा संरक्षित छन्। आफन्त, परिचित, छिमेकी, दाजुभाइ र आफ्नै बाबुबाट बलात्कृत भएर यी बालिका संस्थाको संरक्षणमा पुगेका हुन्। उनीहरूले देखाइरहेका व्यवहार बलात्कारको घटनाका परिणाम हुन्। 'कोही बोल्दै बोल्दैनन् भने कोही बोलेको बोल्यै गर्छन्। विभिन्न तरिकाले यिनीहरूले घटनाका लक्षण देखाइराख्छन्। तर, आफूले के गरिरहेको छु र किन गरिरहेको छु भन्ने यिनीहरूलाई थाहा हँुदैन,' अन्तरदृष्टिकी हेटौँडा सेल्टरकी इन्चार्ज कल्पना शर्माले भनिन्। घटना आलो हुँदा यी बालिकालाई सम्हाल्न निकै गाह्रो हुने पनि उनले बताइन्। 'अहिले त सबै ज्ञानी भएका छन्,' उनले भनिन्, 'सुरुसुरुमा त पीडितलाई सम्हाल्न धेरै गाह्रो हुन्छ। केही सोध्दा टाउको मात्र हल्लाउँछन्। मुखबाट एउटै वाक्य निकाल्दैनन्। कोही बेहोस हुन्छन्। हस्पिटलै लग्नुपर्ने अवस्था आउँछ। कोही रिसाउँछन्, हाम्फाल्न खोज्छन्, कोही हातका औँला पड्काएर बस्छन्।'
पीडितहरूले बेला–बेला घटना सम्झेर पीडा र हीनता महसुस गर्ने र त्यस्ता व्यवहार देखाउने कल्पनाको अनुभव छ। 'पीडित बालिकालाई एकदमै भयानक घटना भयो जस्तो लाग्छ। उनीहरू आफ्नो जीवनप्रति नै विरक्तिन्छन् र आफूलाई सराप्दै बस्छन्,' कल्पनाले थपिन्, 'तर, संस्थामा बसेपछि उनीहरूलाई काउन्सिलिङ गरेर, पढाएर, सीप सिकाएर हामीले 'यो घटना त केही पनि होइन, जीवनमा मैले अगाडि बढ्नुपर्छ' भन्न सक्ने बनाउन खोज्छौँ।'
संस्थामा संरक्षित बालिकाहरू काउन्सिलिङपछि जीवनप्रति आशावादी भएको कल्पनाले बताइन्। 'म त ठूलो भएर नर्स बन्छु,' सीताले भनिन्। जुरुक्क उठेर गीताले थपिन्, 'म त टिचर बन्छु।' यस्तै कसैको चाहना फुटबल खेलाडी बन्नेछ त कोही समाजसेवी बन्न चाहन्छन्।
अन्तरदृष्टिको अर्को शाखा पोखरामा रहेको छ। त्यहाँ पनि यस्तै नौ जना बालिका र किशोरी बस्छन्। दुवै ठाउँमा चार वर्षदेखि १८ वर्षसम्मका लगभग अठार जना बालिका र किशोरीलाई यस संस्थाले संरक्षण प्रदान गरिरहेको छ। संस्थामा म्याग्दी, कास्की, मकवानपुर, हेटौँडा, तनहुँ, स्याङ्जा, गोर्खा आदि ठाउँका पीडित बालिका र किशोरीले आश्रय पाइरहेका छन्। सन् २००३ मा 'ब्रेक द साइलेन्स' भन्ने नाराका साथ दर्ता भएको यस संस्थाले सन् २००७ देखि अहिलेसम्म एक सय १६ वटा केस हेरिसकेको छ। यसबाहेक ७६ जनालाई उनकै घरमा गएर काउन्सिलिङ गरेको छ। पत्रपत्रिका, प्रहरी, स्थानीय बासिन्दा र स्कुलका शिक्षकमार्फत घटना र पीडितबारे थाहा पाउने बताइन्, संस्थाकी प्रोजेक्ट म्यानेजर योगिता चापागाईले। 'जे–जसरी घटनाबारे थाहा पाए पनि हामी पीडितको अवस्था हेरेर कसैलाई एकदुई वर्ष त कसैलाई चारपाँच वर्षसम्म पनि संस्थामा राख्छौँ र उनीहरूलाई पढाउनेदेखि लिएर कम्प्युटर टे्रनिङ वा सीपमूलक तालिम दिन्छौँ,' योगिताले भनिन्, 'मुख्य रूपमा हामीले यहाँ काउन्सिलिङ गर्छौं, जसले पीडितलाई घटनाको पीडाबाट बाहिर निकाल्न मद्दत गर्छ। हाम्रोमा आउन अप्ठ्यारो मान्ने, हिचकिचाउने पीडितलाई उसकै घरमा गएर पनि हामीले काउन्सिलिङ गर्छौं।' पीडितलाई काउन्सिलिङ मात्र होइन, पीडकलाई सजायका लागि पनि संस्थाले पहल गर्छ। आफूहरूले गरेका प्रयासमध्ये धेरै केस सफल भएको बताइन्, अन्तरदृष्टिकी निर्देशक विनिता अधिकारीले। 'धेरैले सजाय पाएका छन्। हामीले पीडकलाई यसै कहाँ छोड्छौँ र?' उनले भनिन्। संस्थाकी काउन्सिलर रजनी भारतीले बलात्कार घटना भएमा लुकाउन नहुने बताइन्। 'हाम्रो समाजमा बेइज्जतीको डरले धेरै अभिभावकले छोरीमाथि भएको अन्यायलाई लुकाएर बस्छन्। घटनाको उल्टै दोष छोरीलाई नै दिन्छन्,' उनले भनिन्, 'यसो गर्नु हुँदैन। बच्चाहरूले अभिभावकसँग केही भन्न खोजिरहेका छन् भने बच्चाको कुरा सुन्नुपर्छ। घटना भएमा पीडितलाई तुरन्त काउन्सिलिङका लागि ल्याउनुपर्छ र पीडकविरुद्ध उजुरी हाल्नुपर्छ।'
काठमाडौं- सरकारले तीन महिनाभित्र काठमाडौं–निजगढ 'फास्ट ट्र्याक' निर्माणका लागि ठेकेदार छनोट गर्ने तयारी गरेको छ। राष्ट्रिय गौरवको यो आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयारीको जिम्मा ठेकेदारलाई दिने गरी तयारी थालेको छ।
फास्ट ट्र्याक बनाउन इच्छुक ओरियन्ट र आइएल एन्ड एफएस भारतीय कम्पनीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रस्ताव पेस गरेको मन्त्रालयका सहसचिव रविन्द्रनाथ श्रेष्ठले जानकारी दिए। उनले भने, 'तीन महिनाभित्र छनोट प्रक्रिया सकिन्छ। त्यसलगत्तै कम्पनीसँग निर्माण सम्झौता हुन्छ।'
एक खर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजना त्योभन्दा बढी लागत लाग्ने देखिए मन्त्रिपरिषदबाट यसको अन्तिम निर्णय हुने पनि श्रेष्ठले बताए। लगानी बोर्डको क्षेत्राधिकारभित्र परेको आयोजना बोर्डले बनाउन नसक्ने भएपछि मन्त्रालयमै फिर्ता गरिएको मन्त्रालयका अधिकारी बताउँछन्।
बोर्डले भने अहिलेसम्म मन्त्रालयबाट आयोजना हस्तान्तरण नभएको गुनासो गर्दै आएको छ। तर फास्ट ट्र्याकको हकमा सरकारको निर्णयअनुसार निर्माण गरिने उल्लेख भएकाले मन्त्रालयबाटै अगाडि बढाइएको श्रेष्ठको भनाइ छ। काठमाडौंलाई तराईसँग जोड्ने छोटो मार्गको योजना बनाइए पनि लगानीकर्ता वा लगानीको जोहो नहुँदा आयोजना अझै बन्छ, बन्दैन एकिन नरहेको मन्त्रालयकै अधिकारीले आशंका व्यक्त गरे।
लागत, प्रतिफल र उक्त सडकमा गुड्न सवारी संख्यासमेत एकिन नहुँदा फास्ट ट्र्याक निर्माणमा निजी कम्पनीले चासो देखाएका छैनन्। सरकारले आवश्यक रकम खर्च गरेर अध्ययन गर्न सकेको छैन। लागत, जोखिम र प्रतिफलको एकिन नहुँदा कुनै पनि निजी कम्पनी अगाडि आउन नसकेको मन्त्रालयका अधिकारीको धारणा छ।
काठमाडौं–हेटौंडा सुरुङमार्ग बनाउन नेपाल पूर्वाधार विकास कम्पनीलाई अनुमतिपत्र दिएकाले फास्ट ट्र्याकमा सरकारको चासो नगएको पनि मन्त्रालयका अधिकारीको तर्क छ। तर सहसचिव श्रेष्ठले तीन महिनाभित्र निर्माण कम्पनी छनोट गरी ठेक्का प्रक्रियामा जाने जानकारी दिए।
उनका अनुसार सुरुङमार्ग र फास्ट ट्र्याकको रुट २१ किलोमिटरसम्म एउटै भएकाले उक्त दुरीका लागि निजी क्षेत्रलाई नै बनाउन दिने गरी छलफल भइरहेको छ। यसो गर्दा सरकारको लागत कम हुन्छ र रुटमा विवाद पनि हुँदैन, यसका लागि पूर्वाधार कम्पनीसँग मन्त्रालयले छलफल गरिरहेको छ।
आयोजनाका लागि दाताबाट उपलब्ध हुने ऋण वार्षिक किस्ताबन्दीमा तिर्ने गरी बनाउनेबारे छलफल भएको थियो। तर यो मोडेलमा जाँदा ब्याज महँगो हुने भन्दै मन्त्रालय यसबाट पछि हटेको छ। यसअघि सार्वजनिक निजी साझेदारी (पिपिपी) मोडलमा बनाउने तयारी गरेको थियो।
एसियाली विकास बैंक (एडिबी) ले गरेको प्रारम्भिक अध्ययनमा अहिले ६ हजार सवारी गुड्ने भए आयोजना सम्भाव्य हुने उल्लेख छ। तर हाल ३ हजार हाराहारी मात्रै गुड्ने देखिएकाले उक्त मोडलमा जान नसकिने मन्त्रालयको निष्कर्ष छ। सरकार आफैं वा निजी क्षेत्रमार्फत बनाउने भन्ने छलफलमै सीमित रहेकाले आयोजना नबन्ने संकेत पनि बढेको मन्त्रालयका केही अधिकारीको टिप्पणी छ।
पिपिपी मोडलमा बनाउन रिलायन्स इन्डिया लिमिटेड, लरेस्ट एन्ड टर्बो लिमिटेड र आइएल एन्ड एफएस भारतीय कम्पनीले प्रस्ताव हालेका थिए। तर पिपिपी मोडल सम्भाव्य नदेखिएपछि उनीहरु पछि हटेका थिए। अहिले ओरियन्ट र आइएल एन्ड एफएसले पुनः नयाँ अवधारणाअनुसार बनाउन सकिने भन्दै इच्छा देखाएका हुन्।
फास्ट ट्र्याकमा सरकारले पूरै वा आंशिक लगानी गर्ने भन्नेमा अझै टुंगो लागेको छैन। एडिबीको अध्ययनले ८५ अर्ब रुपैयाँ लागत अनुमान गरे पनि विस्तृत अध्ययन नभएकाले एकिन लागतबारे सरकार नै प्रस्ट छैन। ७६ किलोमिटर सडकको ट्र्याक नेपाली सेना खोलिसकेको छ।
खोकनादेखि सुरु हुने सडकका लागि जग्गा अधिग्रहणमा स्थानीयले असहमति जनाउँदै आएका छन्। तर सो क्षेत्रलगायत ६८ किलोमिटर क्षेत्रको आवश्यक जग्गा अधिग्रहण भइसकेको मन्त्रालयका अधिकारीको भनाइ छ। सडकको ट्र्याक नेपाली सेनाले खोलिसकेको छ।
मन्त्रालयका अनुसार खोकनादेखि निजगढ खण्डमा १० वटा पुल निर्माण गर्नुपर्ने र यसका लागि मात्रै करिब १५ अर्ब रुपैयाँ खर्च हुने अनुमान छ। फास्ट ट्र्याक चार लेनमा बनाउने लक्ष्य रहे पनि सुरुमा २ लेन बनाउने र बिस्तारै बढाउँदै लैजाने सरकारको योजना छ।
सुरक्षा निकायमा कार्यरत हुनुहुन्छ र फेसबुक–ट्विटरजस्ता सामाजिक सञ्जालमा सक्रिय हुनुहुन्छ भने सजग हुनुहोला ।
सामाजिक सञ्जालमा आफ्नो विचार राख्दा तपाईंको करिअरमा ठूलो धक्का लाग्न सक्छ ।
फेसबुक प्रयोगमै सतर्कता नअपनाउँदा सशस्त्र प्रहरी बलका एक डिएसपी निलम्बनमा परेका छन् ।
आइजिपीको कामको आलोचना गरेर फेसबुकमा कमेन्ट लेखेको आरोपमा सशस्त्रका डिएसपी नानीराम हुमागाईंलाई मुख्यालयले निलम्बन गरी कारबाही प्रक्रिया अघि बढाएको हो ।
फेसबुकमा लेखेकै आधारमा निलम्बन गर्नु अन्याय भएको भन्दै हुमागाईंले रिट हालेपछि अदालतले निलम्बन नगर्न आदेश दिएको छ ।
सशस्त्र प्रहरी मुख्यालयले डिआइजीको नेतृत्वमा समिति बनाएर छानविन थालेको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
डिआइजी दिवाकर केसीको संयोजकत्वमा छानबिन समिति बनेकोमा केसी तालिमका लागि चीन गएपछि नयाँ संयोजक बनाएर छानबिन गर्न थालिएको छ ।
काठमाडौं, पौष ९ । नेपालको राणाकालीन शासन इतिहासका जंगबहादुर राणा उनको शासनकालभर चर्चामा रहिरहे । हिजोआज पनि जंगबहादुरको चर्चा नेपाली गाउँसमाजमा उत्तिकै हुने गर्छ । बुढापाकाहरुले पनि कुनै जवान युवालाई हौसला दिनुपरे ‘जंगबहादुर जस्तो बन’ भन्ने गर्छन ।
‘जंगबहादुर ज्यूँदै बाघ समात्थे रे’, धरहराको टुप्पोबाट हाम फाल्थे रे, वाढी आएको बागमतीमा हाम फाल्थे रे’ भन्ने चर्चा अझै पनि गाउँघरमा सुन्ने गरिन्छ ।
जंगबहादुर राणाका छोरा पद्यम जंगबहादुरले आफ्ना पिताको डायरीको आधारमा लेखेको पुस्तक ‘लाइफ अफ महाराज सर जंगबहादुर’मा अनेकौं चर्चिकलाहरु उल्लेख गरेका छन् ।
जंगबहादुर घोडचढीका सौखिन थिए । सैनिक परिवारमा जन्मेकाले होला सानैदेखि उनलाई पठनपाठनतीर भन्दा बन्दुक, युद्ध, घोडचढी, खेलकुद आदिमै ध्यान दिने गर्थे ।
त्यसैले उनी जहाँ जाता पनि घोडामै सवार हुन्थे । जहाँ पुग्थे शिकारकै तानाबाना मिलाउथें । अनि गोला बारुद र बन्दुकको जानपहिचानका लागि लागिरहन्थे । उनले बम्बईबाट ३० वटा अरब जातका घोडा मगाएका थिए । ती घोडाहरु १८४९ फेब्रुअरी १६ को साँझ काठमाडौं ल्याइपुर्याएका थिए ।
ती मध्ये एउटा रणोद्धिप सिहं र एउटा जगत शमसेरलाई दिएका थिए । वेलायत यात्रामा जाँदा उनी घोडचढी हेर्न पिकाडिलीमा पुगेका थिए उनलाई एउटा घोडा निक्कै मनपरयो । उनलाई घोडा मन परिहाल्यो अनि तीनसय गिनिजमा घोडा किनिहाले ।
‘इप्सन रेसेस’ मा सहभागी भई घोडा रेस हेरिरहेका बेला एकजना अंग्रेजी भलाद्यमीले जंगलाई सोधे ‘महासय’ तपांइ भन्नसक्नुहुन्छ कुन घोडाले रेस जित्ला ?’ उनले भनिदिए, ‘भाल्टिजेन्ट’ । नभन्दै भाल्टिजेन्टले रेस जित्यो ।
यतिमात्र होइन उनी १८५३ मे २६ को गर्मीको दिन बद्रीनाथ दर्शन गरेर फर्कने क्रममा उनले सिमाना देखि काठमाडौंसम्म १ सय ९ माइलको यात्रा लगातार घोडामा गरेका थिए । यस क्रममा उनले १२ वटा घोडा बदलेका थिए ।
जंगबहादुरको राजनीतिक चर्तिकला पनि उत्तिकै चाखलाग्दा छन् । राणा शासनकै बेला जब राजा, रानी र राजकुमारले तीनथरी शासन चलाउन थाले तब दरवार षडयन्त्रको मुकाम बन्न पुग्यो । यसै क्रममा भीमसेन थापाको दुःखत अन्त्य भयो र माथरवरसिंह थापा प्रधानमन्त्री बनाइए । उनको मन्त्रीपरिषद सदस्यमा जंगबहादुर पनि थिए ।
त्यसैक्रममा दरबारको जग्गा कमाउने किसानहरुले तुसारोको कारण बाली नष्ट भएकाले त्यस बर्षको तिरो/मालपोत मिनाहाका निम्ति मन्त्रिपरिषदमा निवेदन दिएका थिए । तर प्रधानमन्त्रीले त्यस्तो गर्न नसकिने बताए पछि जंगले त्यसको विरोध गरेका थिए ।
अनि मामा–भाञ्जा अर्थात माथवर र जंगबहादुरबीच चर्को भनाभन चल्यो । मामाले भने–‘तिमी खाली विवाद गर्छौ । यस्तो गरिमामय सभाको खिलापमा बोल्ने साहस तिमीलाई कसरी आयो ?’ प्रत्यूत्तरमा जंगले भने–‘यो निर्णय एकदमै केटाकेटी भयो । मलाई केटाकेटी नठान्नुहोस ।’ अनि यसमा राजा र राजकुमारले पनि जंगको पक्ष लिएपछि माथवरको मुख बन्द भयो ।
अनि भान्जालाई मन्त्रिपरिषद सदस्यबाट हटाउने षडयन्त्र रच्न थाले । दरबारको हर्ताकर्ता बनेकी कान्छी महारानी लक्ष्मीदेवीबाट लालमोहर लगाएर जंगलाई राजकुमार सुरेन्द्रको स्टाफका रुपमा सरुवा गरिदिए ।
मामा–भान्जीबीच तिक्तता बढ्न थाल्यो । त्यसैबेला जंगका एकजना भतिज देवीबहादुरलाई कान्छी महारानीको चरित्र हत्याको अफवाह फैलाएको भनी दोषारोपण गरी सजायको तानाबान बुनियो । र कान्छी महारानीको इसारामा प्रधानमन्त्रीले मन्त्रिपरिषदबाट देवीबहादुरलाई फांसी दिने निर्णय गरी राजासमक्ष पठाए ।
तत्काल राजाले त्यसमा लालमोहर लगाएपछि देवीबहादुरलाई फाँसीमा ‘भाचाकोश’ लगियो । तर यो सबै घट्नालाई देखिरहेका जंगले भतिजलाई फांसीबाट जोगाउन सकेनन् । तैपनि उनले मामा मामा माथवरसँग अन्तिम अनुनयविनय गर्ने निधो गरी उनी समक्ष पुगे ।
जंगले त्यसबेला भने–मामाबाट मेरो निर्दोष भतिजको जीवन बचाउनका लागी आश गर्नुबाहेक मसँग के नै विकल्प छ ? मेरो भतिज तपाईको नी भतिज नै हो । त्यसकारण उनको जीवन बचाइदिनुहोस । यो विन्ती नै जंगबहादुरको नरम विन्ती थियो भनेर नेपाली इतिहासमा चर्चा गरिन्छ ।
एजेन्सी । विगत २५ वर्षयता विश्वभरिका मानिसको औसत आयु ६ वर्षले बढेको छ । नेपालीको उमेरचाहिँ १२ वर्षले वृद्धि भएको छ । नाइजेरिया, इथियोपिया, पूर्वी टिमोर, माल्दिभ्स, रुवान्डा, इरानका नागरिक पनि यही दरमा दीर्घजीवी भएका छन् । मेडिकल जर्नल लान्सेटमा प्रकाशित यो अध्ययन ग्लोबल बर्डेन अफ डिजिज २०१३ को आंकलनमा आधारित छ ।
विकसित देशमा क्यान्सर र अल्पविकसित वा अति कम विकसित देशमा औलो, क्षयरोग, झाडापखालाका कारण हुने गरेका मृत्यूमा कमी आएकाले औसत आयुमा यो वृद्धि पाइएको हो । अध्ययन अनुसार, सब सहारा अफ्रिकी देशका नागरिकको औसत आयुमा भने कमी आएको छ । ती देशका मानिस सालाखाला पाँच वर्ष कम बाँच्न थालेका छन् । यसको कारण हो, एचआईभी/एड्सले गर्दा हुने मृत्यूमा बढोत्तरी हुनु ।
यस्तै, अध्ययनमा पाँच वर्षमुनिका बालबालिकाको मृत्यूदरसमेत घट्दै आएको छ । तर सास सम्बन्धी रोग, झाडापखाला, औंलोले बर्सेनि अझै करिब २० लाख बालबालिकाको मृत्यू हुने गरेको छ । उक्त अध्ययनमा कलेजोको क्यान्सर, आत्महत्या, नसालु पदार्थको प्रयोग सम्बन्धी रोगमा वृद्धि भएको छ । कान्तिपुर दैनिकमा खबर छ ।
बुटबल:ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव निरीक्षक(सई) किरणबहादुर रानामगरमाथि चोरी गरेको आरोप लागेको छ। सई रानामगरमाथि उनकै सहकर्मी असई छायाँ पोखरेलले बुटवल -५ स्थित एक घरमा चोरी गरेको आरोप लगाएकी हुन्।
इलाका प्रहरी कार्यालय बुटबलका डिएसपी दिलिप घिमिरेले घटना सार्वजनिक भएपछि दुवै जना प्रहरी अधिकृतमाथि छानविन थालेको बताएका छन्।
पुस, काठमाडौं ।
भारतको बरौनीमा रहेको ग्यास प्लान्टमा समस्या आएपछि खाना पकाउने एलपी ग्यासको अभाव भएको छ ।
आयल निगमले माघ महिना लागेपछि मात्रै ग्यासको आपूर्ति सहज हुने जनाएको छ ।
गर्मी महिनाको तुलनामा जाडोमा ग्यासको खपत धेरै हुने भएकाले पनि अहिले बजारमा अभाव देखिएको विक्रेताहरुले बताएका छन ।
काठमाडौं : पत्नीको हत्यामा संलग्न भर्इ जेल सजाय भोगिरहेका सशस्त्र प्रहरीका डिआईजी रञ्जन कोइराला सरकारी सेवाबाट बर्खास्त भएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले डिआईजी कोइरालालाई आगामी दिनमा सरकारी सेवामा अयोग्य हुने गरी बर्खास्त गर्ने निर्णय गरेको हो ।
डिआईजी कोइरालाले पत्नी गीता ढकालको २०६८ माघमा हत्या गरी उनको शव मकवानपुरको पालुङमा फ्याकेका थिए । गीतको शव २०६८ माघ ९ गते मकवानपुरको पालुङमा टुक्राटुक्रा पारेको अवस्थामा भेटिएको थियो ।
१० वर्षदेखि पत्नी गीतासँग छुट्टिएर बस्दै आएका ढकालले प्रेमिकासँग मिलेर पत्नीको हत्या गरेको अभियोग लागेको थियो । २०६८ पुस २८ मा पत्नीको हत्या गरेपछि सशस्त्र प्रहरीको सम्पर्क बाहिर रहेका डिआईजी कोइरालालार्इ प्रहरीले काठमाडौंको थानकोटबाट २०६८ माघमा पक्राउ गरेको थियो ।
डिआईजी कोइरालालाई पत्नी हत्या अभियोगमा काठमाडौं जिल्ला अदालतले २०६८ फागुन १४ गते थुनामा राख्न आदेश दिएको थियो । विशेष अदालतले गत वैशाख ७ गते पत्नीहत्या गरेको पुष्टि गर्दै कोइरालालाई सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो। कोइराला अहिले डिल्लीबजार कारागारमा जेल जीवन बिताइरहेका छन्।
सशस्त्र प्रहरीले डिआईजी कोइरालालाई सेवाबाट बर्खास्त गर्न मंसिर तेस्रो साता गृहमन्त्रालयमा पत्र पठाएको थियो । हत्या अभियोग लागेपछि निलम्बनमा रहेका कोइरालालाई सशस्त्रको पत्रपछि सरकारले बर्खास्त गर्ने निर्णय गरेको हो ।
काठमाडौं : बालाजु मनमैजुकी रमिता श्रेष्ठको कोठामा अपरिचित महिला आइन्। 'दिदी, कोठा खाली छ? छ भने बसौं भनेर' भन्दै ती महिलाले सोधेपछि श्रेष्ठले 'खाली छैन' भन्ने जबाफ दिइन्।
श्रेष्ठ आफ्नै काममा लागिन्। तर ती महिला फेरि श्रेष्ठको कोठामा थाहै नपाई छिरेर सामान चोर्न थालिन्। ती महिलालाई आफ्नै कोठामा देखेपछि श्रेष्ठले 'कोठा छैन भनेको सुनिनौ? चोर्न पो आएको हो कि क्या हो' भन्दै गुहार मागिन्।
श्रेष्ठले चोरचोर भन्दै कराएपछि स्थानीय बासिन्दा आएर ती महिलालाई कुटपिट गर्न थाले। प्रहरी बोलाएर जिम्मा लगाएपछि महिलाको परिचय खुल्यो। ती महिला बारा भरतजंग सिंगौला घर भएर ललितपुर खुमलटार बस्दै आएकी सरीता केसी रहिछन्।
गत मंसिर २५ गते भएको यो घटनामा महानगरीय प्रहरी वृत्त बालाजुले थप केरकार गर्दा केसीलाई यसअघि २०७० चैत २१ गते पनि चोरी अभियोगमा स्वयम्भू प्रहरीले पक्राउ गरी काठमाडौं जिल्ला अदालतमा मुद्दा चलाएको पाइयो। अदालतले गत वैशाख ३ गते १२ हजार धरौटीमा केसीलाई छाडेको थियो।
गत मंसिर १६ गते बालाजु कुमारीथानमा राधा सुनारको कोठाबाट समेत केसीले दुई लाख ३० हजारबराबरको धनमाल चोरी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। सुनारको घरमा पनि केसी डेरा खोज्ने बहानामा प्रवेश गरेको जानकारी बालाजु वृत्तका प्रमुख डीएसपी अर्जुन रानाभाटले दिए।
चोरीकै घटनामा बालाजु प्रहरीले चितवन खैरेनी घर भएर मनमैजु बस्ने निर्मला शर्मालाई पनि पक्राउ गरेको छ। गत मंसिर २३ गते मनमैजुस्थित लिमा तामाङको कोठाबाट ५२ हजार नौ सय रुपैयाँबराबरका सुनचाँदीका गहना चोरेको आरोपमा शर्मालाई पक्राउ गरिएको डीएसपी रानाभाटले बताए।
उनले भने, 'सुरुमा दिदीको साइनो लगाउने र पछि गहना नै चोरेर हिँडेको पाइयो।' शर्माले तामाङको कोठाबाट चोरी गरेका गहना नुवाकोट विदुरस्थित ओमकुमारी ज्वेलर्समा धितो राखेर पैसा लिएकी थिइन्।
केही गहना भने माइतमा लगेर राखेको प्रहरी अनुसन्धानबाट खुलेको छ। 'केसी र शर्मा लामो समयदेखि चोरीमा लाग्दै आएको अनुसन्धानबाट खुलेको छ। हामीले अन्य चोरीका घटनामा उनीहरूको संलग्नताबारे पुष्टि गर्न खोजेका छौं', रानाभाटले भने।
इलाम । विवाहलाइ पवित्र नाता मानिन्छ। यो नाता धैरेका लागि फलिफाप सिद्ध भए पनि केहीलाई अबिर्सने घाउ बन्दैछ। बिवाहेत्तर सम्बन्धले दाम्पत्य टुक्रिने र धरापमा पर्ने क्रम बढेको छ।
नायवसुब्बा स्तरका एक कर्मचारी र आठ वर्षीया छोरीकी आमाबीच कायम भएको मौसमी माया छताछुल्ल हुदाँ इलाममा विबाहेत्तर सम्बन्धले फेरी चर्चा पाउँदैछ।
दुइ छोराका बाबु ती कर्मचारी र अर्केकी श्रीमतीबीच लुकीछिपी चलेको माया समाजले भेउ पाउँदा उनीहरु प्रहरीसमक्ष धाउनुपरेको छ ।
श्रीमान वैदेशिक रोजगारीमा गएपछि छोरीसँग बस्ने महिलाप्रति गाविस सचिव रहेका ती कर्मचारीको आशक्ति देखेर प्रहरी कार्यालयका कर्मचारी नै अनौठो मान्दैछन् । उनले अकौकी श्रीमतीलाई पठाएका अश्लिल म्यासेज पढ्नै लाज लाग्ने भएको प्रहरीले बताएका छन् ।
अर्कैसँग सलिल्कएको थाहा पाएर श्रीमानले गती नछाड भन्दा पनि सचिवको जालमा फसेर उनलाई छा्डेर हिडिन् । साथै विवाहित सचिवको पनि घरमा श्रीमतीले सौता ल्याएको पत्तो पाइन् । नागरिक दैनिकमा समाचार छ।
