काठमाडौं,पुस १६ – नेपाल प्रहरीमा एसएसपी रमेश खरेल सबैभन्दा लोकप्रिय र इमान्दार अधिकृतका रुपमा चिनिन्छन् । तर उनले पनि पत्नी रञ्जु खरेललाई सुरकी बनाएर कमिसन खाएका छन् । खरेल पर्सा प्रमुखको रुपमा कार्यरत हुँदा पत्नीलाई सुराकी बनाएर भन्सार कार्यालयबाट कमिसन लिएका हुन् । भन्सार छलेर आएका विभिन्न सामान बरामद गर्दा उनले पत्नी रञ्जुको नाम सुरकी प्रतिवेदनमा राखेर कमिसन बुझेका कागजपत्रहरु फेला परेका छन् । भन्सार छलीका सामानहरु बरामद गर्दा आफन्तलाई सुराकी बनाएर कमिसन खाने चलन नेपाल प्रहरीमा पूरानै हो ।
त्यस्ता सामानहरु बरामद गर्दा प्रहरीले छुट्टै भत्ता पाउने भएकाले सुराकी नै नहुँदा पनि काल्पनिक सुराकी खडा गरेर पैसा लिने गरिन्छ । खासगरी तराईका जिल्लामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले दैनिक लाखौंको भन्सार छलीको सामान बरामद गर्छ । कतिपय सुराकीका आधारमा र कतिपय चेकजाँचका क्रममा बरामद हुन्छ । यसैबीच खरेलले आफूले भ्रष्टाचार र घुस नखाएको दाबी गर्दै नियमानुसार कमिसन लिएको दाबी गरेका खछन् । उनले वीरगन्जमा छँदा आफूले नियमानुसार नै कमिसन खाएको बताए । उनले श्रीमतीको नाम राखेर लिएको पनि स्वीकारे । ‘झुटो बोल्दिनँ,श्रीमतीको नाम राखेकै हो,तर के मेरी श्रीमती यो देशको नागरिक होइनन् ? के उनले सुराकी दिने अधिकार राख्दिनन् ?’ खरेलले भने । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
काठमाडौं,पुस १५ – सानो काम गर्दा पनि ठूलो समाचार बन्ने प्रहरी अधिकृत हुन, एसएसपी रमेश खरेल । र, बेलाबेला विवादमा पनि परिरहन्छन् । एआईजी बढुवामा आर्थिक चलखेल भएको भन्दै सार्वजनिक रुपमा भाषण गरेर विवादमा तानिएका उनी त्यसयता छायाँमै छन् ।सेलिब्रेटी प्रहरी अधिकृत खरेलले बोलेको घटनाबारे छानबिन समिति गठन गरी कारबाहीको तयारी भए पनि पछि उनी कारबाही रोक्न सफल भए । सोही प्रकरणमा काठमाडौं प्रहरी परिसरबाट हटाइएका उनी पछिल्लो समय भरतपुर तालिम केन्द्रमा कार्यरत छन् ।
उनै एसएसपी खरेलको एउटा फाइलका कारण गृहमन्त्रालयमा गत साता केही तनाव भयो ।
खरेललाई एक संस्थाले अमेरिकामा निम्तो दिएको छ । विश्वका सफल युवाहरुको सम्मेलनमा सहभागी हुन खरेललाई जनवरीको तेस्रो साता बोलाइएको छ । उक्त कार्यक्रममा जाने अनुमतिका लागि खरेलले निवेदन दिएका थिए । उनलाई अनुमति दिने कि नदिने भन्नेमा गृहका अधिकारीहरुबीच विवाद भएको थियो । गृहसचिव सूर्य सिलवालसमेत सो विषयमा निर्णय गर्न डराए । खरेललाई स्वीकृति दिँदा गृहमन्त्री वामदेव गौतम रिसाउन सक्ने चिन्ता उनलाई रहेको थियो । किनभने, बेलाबेला मन्त्री गौतम र एसएसपी खरेलबीच सार्वजनिक रुपमा जुहारी चल्दै आएको छ ।
खरेलले आफूलाई भेट्नसमेत नआएको भनेर गौतमले गुनासो गर्दा त्यसको पत्युत्तरमा भेट्न आवश्यक नभएको भन्दै अन्तर्वाता दिएका थिए । दुई साताअघि अपराध दिवस मनाउने कार्यक्रममा पनि गौतमले मिडियामा बोल्दा प्रहरी अधिकारीहरुसँग जुहारी चल्ने गरेको भन्दै उनले आफू बोल्न छाडेको बताएका थिए । आजको दृष्टि साप्ताहिकमा खबर छ ।
काठमाडाैं, १५ पुस ।
नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्य सिकिस्त विरामी भएका छन्। सोमवार एक्कासी दमले च्यापेपछि उनलाई राजधानीको नर्भिक अस्पतालमा भर्ना गरिएको पार्टी प्रवक्ता पम्फा भुषालले जानकारी दिइन्।
बैद्यलाई अक्सिजन लगाएर राखिएको छ। चिकित्सकहरूले उनलाई अझै केही दिन अस्पतालमै राख्नुपर्ने बताएका छन्। नेपाल समाचारपत्रमा खबर छ।
नेपाल सन्देश डेस्क, काठमाडौं । संबिधानका विवादित बिषयमा सहमति जुटाउन दुई दिने समयसीमा पाएको सर्वाधिकार सम्पन्न कार्यदलको म्याद आज सकिदैछ । उस्ले आजै विवादीत विषयहरुलाई सहमतिमा पुर्याउनुपर्ने बाध्यता छ ।
प्रमुख तीन र मधेस केन्द्रीत दलका प्रतिनिधि सहभागी कार्यदलले आजको बैठकमा संबिधानका विवादित अन्तरबस्तुमा कुन दल कति लचिलो भएर सहमति खोज्ने भन्ने बिषयमा छलफल हुने जनाईएको छ ।
कार्यदलको हिजो बसेको बैठकले सबैभन्दा बढि विवाद देखिएको राज्यको पुनर्संरचना, शासकीय स्वरुप, न्याय र निर्बाचन प्रणालीलाई दलहरुबीच असहमतिको बिषयमा समेटेको छ ।
कार्यदलले सहमति भए छोटोबाटो बाटै संबिधान जारी गर्ने बिषयमा पनि छलफल शुरु गरेको छ । नेपाली कांग्रेस, नेकपा एमाले, एकिकृत माओवादी र मधेसकेन्द्रीत दलबाट एक एक जना प्रतिनिधि रहने गरी बिहीबार चार सदस्यीय कार्यदल गठन गरिएको थियो ।
कार्यदलले हिजै संबिधान सभाका अध्यक्ष सुवास नेम्वाङसंग पनि परामर्श गरेको थियो । सभाध्यक्ष नेम्वाङले अझै पनि नियम निलम्बन गरेर माघ ८ मा संबिधान जारी गर्न सकिने बताउँदै आएका छन् । संविधान निर्माणमा मात्रै केन्द्रीत हुने र सरकारका बिषयमा कुनै छलफल नहुने कार्यदल सदस्यहरुले दाबी गरेका छन् ।
कार्यदलले संबिधानका विवादित बिषयमा सहमतिका बिकल्प खोजेर शिर्ष तहमा सुझाउने छन् ।
काठमाडौं,पुस १२ – लामो समय छायाँमा परेका कांग्रेस नेता खुमबहादुर खड्का अहिले फेरी चर्चामा छन् ।भ्रष्टाचार अभियोगमा झन्डै डेढ वर्ष जेल बसेर फर्केपछि उनी कांग्रेसको मूलधारभन्दा अलि फरक हिन्दू राज्यको अभियन्ताका रुपमा सक्रिय छन् ।
पटक –पटक मन्त्री बनेका र देशको शक्तिशाली गृहमन्त्री बनेका खड्कामाथि २०५४ सालमा एमाले विभाजनको आरोप पनि छ ।जसलाई उनी हाकाहाकी स्विकार गर्छन । ‘हो, एमाले मैले फुटाएको हुँ । नफुटाएको भए कांग्रेस अहिलेसम्म सकिइसक्थ्यो ।’ खड्काका अनुसार एमालेका तत्कालिन विद्रोही नेता वामदेव गौतम र कांग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाबीच सरकार र चुनावमा मिलेर जाने सहमति भएको थियो ।
नयाँ पत्रिका दैनिकमा समाचार छ । ‘तर,वामदेवजीहरुमाथि ठूलो धोका भयो,’ खड्का थकथक मान्छन् । त्यसमाथि एमाले फुटाएको भन्दै तत्कालीन एमाले अध्यक्ष मनमोहन अधिकारीले दिएको श्राप आफूलाई लागेको उनी पनि उनी ठान्छन् । ‘साच्चै मलाई पापै लाग्यो । नत्र मेरो रोल अहिले यस्तो हुने थिएन होला । म यसरी कोठामा थन्किएर बस्ने हुन्थेँ र ?’खुमबहादुर विगतप्रति पश्चाताप गर्दै भन्छन् ।
काठमाडौं, पुस ११ – नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले आयोजना गरेको आमसभामा नेताहरुले आफूहरु फेरि सशस्त्र युद्धमा फर्कन तयार रहेको बताएका छन् । काठमाडौंको खुल्लामञ्चमा जारी सभालाई सम्बोधन गर्दै नेता धमेन्द्र बाँस्तोलाले १५ हजार सपुतको रगतलाई अपमान गरे आफू प्रतिबद्ध रहेको बताएका छन् ।
नेपाली कांग्रेसको नेतृत्वमा संसदवादीहरु यति बेला विगतका सम्झौताहरुलाई उल्लंघन गरेर जनतालाई प्रतिगामी शासन थोपार्न खोज्दै छन्, उनले भने । यसो भएमा हतियार उठाउनुको विकल्प नभएको उनले जिकिर गरे ।
नेकपा–माओवादीबाट विभाजन भएको बारेमा बोल्दै उनले भने, आन्दोलन कमजोर बनेको देखेपछि पार्टी फुटाउन बाध्य भयौं । त्यस्तै, नेकपा माओवादीका विद्यार्थी नेता शरद रसाइलीले पनि जनविरोधी कदमहरु चालिए आफूहरु फेरि जनमुक्ति सेनामा भत्र्ती हुन तयार रहेको बताएका छन् । अब युवाहरुले देश र क्रान्तिको नेतृत्व गर्ने भन्दै उनले अब कपाल फुलेकाले होइन, युवाहरुले क्रान्ति गर्ने दाबी समेत गरे ।
काठमाडौ, पुस ११ - एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले नेपालले विश्व कम्युनिष्ट आन्दोलनलाई नेतृत्व गर्न सक्ने अवसर पाएको बताएका छन् । उनले नेपालका सबै कम्युनिष्टहरु एकजुट भए वैचारिक रुपमा विश्व कम्युनिष्ट आन्दोलनलाई नेतृत्व गर्न सकिने बताए ।
सबैभन्दा पहिले यहाँका कम्युनिष्टहरु एकजुट हुनुपर्छ, चिनियाँ नेता माओत्सेतुङको १२१ औं जन्म दिवसको अवसरमा पार्टी कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा उनले भने–‘नेपाली कम्युनिष्टका लागि नेतृत्वको अवसर आएको छ । संसारमा कम्युनिष्टको सबैभन्दा बढी प्रभाव रहेको देश नेपाल भएको भन्दै उनले नेतृत्व गरेर विश्वक्रान्तिलाई टेवा पुर्याउन सकिने बताए । उनले आमजनतापनि कम्युनिष्ट पार्टीबाटै बढी आशावादी रहेको दावी गरे ।
उनले जनयुद्धका सहयात्रीहरु विभिन्न समूहमा विभाजित हुनु दुःखको कुरा रहेको भन्दै भने–सबैभन्दा पहिले त माओवादी नै एकजुट हुनुपर्यो । उनले माओ दिवसको अवसरमा सबैलाई एकतावद्ध हुन आग्रह पनि गरे । कम्युनिष्टहरु एकजुट नहुने ०४६ साल अघिकै रोग बल्झिएको उनको भनाई थियो । पहिले माओवादी, अनि सबै इमानदार कम्युनिष्ट एकतावद्ध होऔं, उनले भने ।
बारा, पुस ११– राप्रपा नेपालका अध्यक्ष कमल थापाले कुनै पनि हालतमा देशमा हिन्दुराष्ट्र पुर्नस्थापना गराएरै छाड्ने दाबी गरेका छन् । देशमा हिन्दु राष्ट्र पुर्नस्थापना र माघ ८ भित्रै संविधान जारी गर्नका लागि राप्रपा नेपालले अस्तिदेखि थालेको मेची महाकाली संकल्प रथयात्रा अन्तर्गत शुक्रबार बाराको निजगढमा आयोजित जनसभालाई सम्बोधन गर्दै थापाले अब बन्ने संविधान हिन्दुराष्ट्र सहितको हुनुपर्ने र त्यो गराएरै छाड्ने पनि दाबी गरे ।
संसारको एक मात्र हिन्दुराष्ट्र देश नेपालको पहिचानलाई नामेट पार्ने हर्कतहरु भइरहेको भन्दै थापाले आफूहरुले त्यस्ता हर्कत गर्नेहरुलाई खोजी गरेर जनताको सामु नांगेझार पार्ने समेत बताए । कार्यक्रममा पार्टी प्रवक्ता विष्णु भट्टराईले पछिल्ले समय विदेशी हस्तक्षेत्र बढ्दै गएको प्रति चिन्ता व्यक्त गर्दै राष्ट्रिय पहिचानको लागि आफ्नो पार्टी विद्राह गर्न पनि तयार भएको बताए ।
उनले ९४ प्रतिशत भन्दा बढी हिन्दु धर्मावलम्बी भएको देशलाई हिन्दुराष्ट्र नै घोषित गरिनुपर्ने भन्दै आफूहरुले धर्मको नाममा राजनीति नगरेको समेत दाबी गरे । तेस्रो दिन आज सर्लाहीको हरिबानबाट हिँडेको रथयात्रा निजगढमा पुगेको छ । आजै रथ रथयात्रा पथलैया अमलेख हुँदै मकावनपुरको हेटौंडा पुग्ने राप्रपा नेपालका सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
काठमाण्डु, १० पुस– सरकारले सार्वजनिक स्थलमा धूपमान गर्नेमाथि कानुनी कारबाही गर्ने भन्दै एकपटक अभियान नै चलाएको थियो ।
यद्यपि उक्त अभियान सार्थक हुन सकेन । सुरुका दिनहरुमा केही प्रभावकारी देखिएको सरकारी प्रयास अहिले प्रभावहीन भएको छ ।
यद्यपि उक्त अभियान सार्थक हुन सकेन । सुरुका दिनहरुमा केही प्रभावकारी देखिएको सरकारी प्रयास अहिले प्रभावहीन भएको छ ।
सरकारले प्रतीक्षालय, अस्पताल, रेष्टुरेन्ट, होटल, सिनेमाहल लगायत मानिसको बढी भिडभाड हुने स्थानमा चुरोट र सुर्तीजन्य पदार्थ सेवनमा रोक लगाएको छ ।
सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्न बनेको ऐन २०६६ मा सार्वजनिक स्थलमा धुपमान गर्नेमाथि एक सय रुपैयाँ र चुरोटको ठुटो पाल्नेलाई ५ सय रुपैयाँ जरिवाना हुने व्यवस्था छ ।
तर सार्वजनिक कार्यक्रममा सुर्तीजन्य पदार्थ सेवन गर्नेलाई कारबाही गर्नुपर्ने सरकारमा एक मन्त्रीले नै आफू प्रमुख अतिथि रहेको एक कार्यक्रममा सुर्ती माडेर खाएपछि उक्त विषय सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
उनले सुर्ती खाएनन् मात्र धुलो उड्ने गरी माडेर पड्काउनुका साथै सुर्ती खाएरु थुकेसमेत । कृषिमन्त्री हरि पराजुलीले सुनसरीको धरानमा बुधबार भएका एक कार्यक्रममा प्रमुख अतिथिको कुर्सीमै बसेर त्यस्तो हर्कत गरेका हुन् ।
सर्वसाधारणले सार्वजनिक स्थालमा सुर्ती चुरोट खाए नियन्त्रणमा लिएर कारबाही गर्ने निकायमा रहेका मन्त्रीले नै कानूनवपरीत काम गरेकामा उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले उनीमाथि कारबाही गर्न सुरक्षा निकायलाई निर्देशन देलान् त ?
कमरेड मदन भण्डारीको हत्याको खुलासा हुन थालेको छ । २०५० साल जेठ ३ गते दासढुंगामा जिप दुर्घटना गराएर भण्डारी र जीवराज आश्रितको हत्या भएको थियो । जिप दुर्घटना गराउन संलग्न चालक अमर लामाको माओवादी जनयुद्धकालमा माओवादीद्वारा कीर्तिपुरमा गोली हानी हत्या गरिएपछि यो घटना झन् रहस्यमय र चासोको विषय बनेको छ । कमरेड मदन भण्डारीको हत्या भारतीय गुप्तचर संस्था ‘रअ’ र सीआईएको संयुक्त अप्रेसन युनिटले गरेको कुरा अन्तर्राष्ट्रिय अपराध रिसर्च सेन्टर (आईसीआरसी) मार्फत् ‘मिसन फायर’ काठमाडौं नक्सालस्थित आन्तरिक गुप्तचर एजेन्सीका मिनिष्टर स्टेशन प्रमुख समिर मुखियाले ‘मिसन फायर’ को रिपोर्टमा उल्लेख भएको हवाला दिँदै बताएका छन् ।
मदन भण्डारीको हत्या दक्षिण एसियामा सशक्त कम्युनिष्ट नेता मात्र नभई चीन टुक्र्याउन खोज्ने अमेरिकी शक्तिको बाधक र राष्ट्रवादी नेता भएकाले गरिएको खुलासा भएको छ । पछिल्लो समय राष्ट्रियताका सवालमा स्व. राजा वीरेन्द्र र मदन भण्डारी एक भएकाले भारतलाई टाउको दुःखाइ बन्दै गएको थियो । जनताको बहुदलीय जनवादका संस्थापक नेता भडारीका कारण भारत र अमेरिकाले सोचे जस्तो नेपालमा हस्तक्षेप बढाउन सकेका थिएनन् । भण्डारी र राजा वीरेन्द्रलाई बाटोबाट हटाउन सके नेपालमा आप्mनो स्वार्थपूर्तिको बाटो खुल्ला हुने सोचमा मदन भण्डारी र राजा वीरेन्द्रको आठ वर्षको फरकमा हत्या गरिएको छ ।
भण्डारीको हत्या २०५० जेठ ३ मा भएको छ भने राजा वीरेन्द्रको २०५८ जेठ १९ मा गरिएको छ । राजा वीरेन्द्रको हत्यामा छोरा दीपेन्द्रलाई प्रयोग गरिएको छ भने मदन भण्डारीको हत्यामा चालक अमर लामाको प्रयोग गरिएको छ । अन्तर्राष्ट्रिय अपराध रिसर्च सेन्टरको उल्लेखित प्रतिवेदनअनुसार अमर लामालाई माओवादी जनयुद्ध सुरु हुनु दुई वर्षपहिले नेकपा माओवादीको संयुक्त जनमोर्चा नेपालमा योजनाबद्ध ढंगले प्रवेश गराई हत्यामा प्रयोग गरिएको थियो । लामालाई माओवादीले मदन भण्डारीको सबैभन्दा निकट र आन्तरिक भेद थाहा पाउन सक्ने व्यक्तिको रूपमा प्रचण्डमार्फत् प्रयोग गरेको उल्लेख गरिएको छ । मदन भण्डारीलाई किनारा नलगाई माओवादी स्थापित हुन नसक्ने विश्लेषणका आधारमा ‘सीआईए’ र ‘रअ’ ले प्रचण्डमार्फत् यो प्रयोग गरिएको रिपोर्टमा उल्लेख छ ।
अमर लामालाई माओवादी नेतृत्वले दिएको प्रलोभन मुताबिक माओवादी जनयुद्धकालमा कुनै जिम्मेवारी नदिएपछि अमर लामा मदन भण्डारीको हत्याको रहस्य खोलिदिने भन्दै माओवादी संस्थापन पक्षलाई ‘ब्लाकमेलिङ’ गर्न थालेपछि उनको हत्या गरिएको हो भनी रिपोर्टमा उल्लेख गरिएको छ । स्मरणीय कुरा के छ भने नेपालको माओवादी जनयुद्ध भारतीय गुप्तचर संस्था ‘रअ’ को योजनामा भएको कुरा अबका दिनमा घाम जत्तिकै छर्लङ्ग छ । प्रचण्ड युरोपियन युनियनमार्फत् सीआईएका लागि र बाबुराम भट्टराई ‘रअ’ का लागि कार्यरत छन् भन्ने कुरा उनीहरूको विदेशी गुप्तचर संस्थाहरूसँगको संस्थागत सम्बन्धले पनि स्पष्ट पार्दछ । मननयोग्य कुरा के छ भने अमर लामाको मुद्धा मानवअधिकार संगठनका नाममा ऋषिकेश शाहले हेरेका थिए । ऋषिकेश शाह स्वयं सीआईएका लागि काम गर्दै आएका व्यक्तित्व हुन् ।
माओवादी जनयुद्धताका माओवादीसँग सम्पर्कको माध्यम मानव अधिकारवादी संस्थाहरू नै बढी उपयोगमा थिए । आज पनि मानव अधिकारवादी संस्थाका नाममा थुप्रै संगठनहरू सीआईएका लागि नेपालमा कार्यरत छन् । ऋषिकेश शाहको प्रचण्ड र बाबुराम भट्टराईसँग निकट सम्बन्ध थियो । कमरेड मदन भण्डारीले २०४८ सालताका राजा पनि एउटा शक्ति हुन् भन्ने खुलासा गर्दै राष्ट्रियताका सवालमा राजा वीरेन्द्रसँग निकट हुन थालेपछि उनीमाथि विदेशी गुप्तचर संस्थाहरूको वक्रदृष्टि परेको थियो । भण्डारीको हत्यापछि राजा वीरेन्द्र निकै शोकाकुल र स्तब्ध भएका थिए । राजा वीरेन्द्र्रले भण्डारीको कथित जिप दुर्घटना सम्बन्धमा संवेदना प्रकट गर्नुका साथै मनमोहन अधिकारीसँग भण्डारीको मृत्युप्रति जिज्ञासा राख्दै ‘यो घटना रहस्यपूर्ण छ भन्दै आप्mनै परिवारको सदस्य गुमाएको अनुभूति भइरहेको’ बताउनुले पनि राजा वीरेन्द्र र मदन भण्डारीबीचको आन्तरिक सम्बन्ध मजबुत बन्दै गएको र राजा वीरेन्द्र मदन भण्डारीसँग मिलेर मुलुकमा कुनै ठूलै परिवर्तनको तयारीमा थिए भन्ने तथ्यहरू पनि सार्वजनिक भएको छ ।
राजा वीरेन्द्र र भण्डारीको निकटतालाई भारत र अमेरिकाले रुचाएको थिएन । राजा वीरेन्द्रको हत्या भारतीय गुप्तचर संस्था ‘रअ’ र ‘सीआईए’ को ‘ज्वाइन्ट अप्रेशन’ मा २०५८ साल जेठ १९ गते भएको कुरा धेरै तथ्यांकहरूबाट प्रमाणित भइसकेको छ । चिनियाँ गुप्तचर एजेन्सी ‘गुयानाउ’ र नेपाल विशेषज्ञ प्रोफेसर व्हाङ्गले राजा वीरेन्द्रको हत्या राजनीतिक षड्यन्त्र भएको खुलासा गरेका छन् । राजा वीरेन्द्रको हत्या राजिव गान्धी हत्या प्रकरणमा राज परिवारलाई जोडेर जैन आयोगको रिपोर्टका आधारमा बदलाको भावले रअ ले सीआईए सँगको मिलेमतोमा गरेको थियो । यसका अलावा राजा वीरेन्द्रले लिएको राष्ट्रियताको अडान, चीनसँग लिएको सैन्य सामग्री, नागरिकता, शान्ति क्षेत्र नेपालको प्रस्ताव, जलस्रोतलगायत महत्वपूर्ण विषयलाई ध्यान राख्दै चीनलाई दक्षिण एसियामा शक्तिशाली बन्न नदिन चीन टुक्र्याउने रणनीतिअनुरूप भारतीय र अमेरिकी स्वार्थ मिलेको हुनाले यो हत्या गराइएको थियो ।
यसमा सबैभन्दा अगाडि मदन भण्डारी अवरोध बन्न सक्छन् भन्ने विश्लेषणका आधारमा एमाले कमजोर बनाउन भण्डारीको हत्या ०५० सालमा गराइयो भने ठीक त्यसको दुई वर्षपछि अर्थात् २०५२ सालबाट माओवादी जनयुद्धको विजारोपण गरियो । माओवादी जनयुद्ध उत्कर्षमा पुगेपछि राजा वीरेन्द्र र माओवादीभित्रको राष्ट्रवादी शक्ति एक ठाउँमा उभिनै लाग्दा राजा वीरेन्द्रको वंशविनाश गराइयो । पछिल्लो चरणमा आएर माओवादी स्पष्ट रूपमा विभाजित गराइयो ।मदन भण्डारी हत्याको रहस्य
१० पुस, काठमाडौं ।
आफूलाई मोर्डन ज्योतिष बताउने चितवनका युवा जादुगर-ज्योतिष एलेक्स सुबेदीले नेपालमा राजतन्त्र फर्किने भविष्यवाणि गरेका छन् । उनले नेपालमा माघ ८ मा संविधान नबन्ने, जेठ असार महिनामा रक्तपात हुने र राजतन्त्र फर्किने भविष्यवाणि गरेका हुन् ।
उनका अनुसार माघ ८ गते चन्द्रमा मकर राशिमा रहने हुँदा चन्द्रमा कमजोर रहने छ र चन्द्रमा कमजोर भएकाले संबिधान बन्ने योग खराब छ । संविधानमा विज्ञहरूको सहभागिता र सल्लाह नभएको हुँदा जारी हुने सम्भावना समेत नभएको उनको दावी छ ।
जादुगर-ज्योतिष एलेक्स सुबेदी
त्यसैगरी उनी भन्छन् 'मंगल, चन्द्र र शुक्र ग्रह सँगै बसेको दिन पर्छ। सूर्य र बुध पनि मकर (शत्रु राशि) मा पर्ने भएकाले संविधान जारी हुने मिति सर्छ। संविधान बने पनि लागू हुँदैन। जबरजस्ती लागू गरिहालेमा संविधान लेखिरहेका र नेतृत्व गर्ने नेता हठ वा जिद्दी खालको भएमात्र जारी हुने देखिन्छ या छिमेकी देशले दबाब दिएमात्र सम्भव हुने देखिन्छ।'
उनका अनुसार देशमा संविधान जारी भए जेठ-असारमा रक्तपात हुने सम्भावना रहेको र सबै कुराहरुलाई मध्यनजर गर्दा नेपालमा राजा जसरी पनि फर्किनेछ ।
स्वतन्त्र मधेश गठबन्धनका संयोजक
मधेशलाई छुट्टै राज्यको माग गर्दै आएका चन्द्रकान्त राउत (सिके राउत) लाई केही समयअघि प्रहरीले गिरफ्तार गरी रिहा गरेको थियो । उनी अहिले पनि छुट्टै राज्यको पक्षमा छन् । उनको विचार र मागसँग रातोपाटी सहमत छैन र देश टुत्र्mयाउने उनको विचारप्रति खेद व्यक्त गर्दछ । उनै विवादित व्यक्ति जो अहिले ‘स्वतन्त्र मधेश गठबन्धनका संयोजक’ समेत छन् । उनी संगठन विस्तारका लागि यतिबेला लुम्बिनीमा छन् । सम्वाददाता राधेश्याम विश्वकर्माले गरेको कुराकानीको संक्षिप्त अंश
सि.के. राउतले गरिरहेको आन्दोलनको औचित्य के ?
कुनै पनि ठाउँका जनता यदि औपनिवेशिक शासनभित्र बाँचिरहेका हुन्छन् भने त्यहाँ स्वराज माग्नु अपरिहार्य र जन्मसिद्ध कुरा हो । त्यही मैले पनि गर्दैछु र यो नै सबै जनता र सबै ठाउँको आवश्यकता हुनुपर्छ यदि कतै औपनिवेशिकता छ भने । मधेशलाई छुट्टै राज्य बनाउने अभियानमा छु ।
तपाईंको आन्दोलनले नेपाली सार्वभौमसत्तामा असर गर्दैन र ?
मधेशको सम्बन्धमा मेरो आन्दोलनको निकै औचित्य छ । मधेश अहिले पनि नेपालको उपनिवेशको रुपमा रहेको छ । मैले अघि नै भने कुनै पनि भूमि यदि कतै पनि औपनिवेशिक शासनभित्र बाँचिरहेको छ भने स्वतन्त्र हुनु उसको अधिकार हो र त्यही भएर हामी यो कुरा गरिरहेका छौं । जहाँसम्म नेपालको सार्वभौमसत्ताको कुरा छ, सार्वभौमसत्ता जहिले पनि जनतामा निहित हुन्छ र त्यो जनताले नै निर्धारण गर्छ कि कहाँ बस्ने भनेर र हामी त्यही जनतामाथि नै विश्वास गर्दछौं ।
अहिले तपाईंको मधेश स्वराज अभियान कसरी चल्दैछ ? र तपाईंलाई यो अभियान थाल्ने आवश्यकता किन लाग्यो ?
यहाँ औपनिवेशिक शासन अझै छ, यहाँका ९५ प्रतिशत सेनाहरू मधेश बाहिरबाट आएर मधेश कब्जा गरी बसेका छन्, यहाँ स्वतन्त्र र स्वराज छैन त्यही भएर हामी स्वतन्त्र मधेशको कुरा गर्दैछौं त्यही नै यो अभियानको मुख्य आवश्यकता हो । र जहाँसम्म हाम्रो संगठन र गतिविधिको कुरा छ, त्यसमा चाहिं हामी अहिले प्रचारप्रसारको क्रमबाट बितेर संगठन विस्तारको क्रममा छौं । अहिले हामी जिल्ला जिल्ला, गाउँगाउँ पुगेर संगठन विस्तार गरिरहेका छौं ।
संगठन विस्तारको क्रममा तपाईंले मधेशी जनताको कस्तो प्रतिक्रिया पाउनुभएको छ ?
हामीले निकै नै सकारात्मक प्रतिक्रिया पाएका छौं, किनभने मधेशी जनताले पनि विगतमा धेरै नै संघर्ष गरेका छन्, विगत ६० वर्षदेखि उनीहरू सांगठनिक रुपमा नै संघर्ष गर्दै आइरहेका छन् तराई कांग्रेसको पालादेखि नै र तिनीहरूले अब बुझिसकेका छन् कि सबै मार्गहरू कुनैले पनि मधेशीका अधिकार दिलाउन सकेनन् । त्यो चाहिं किन भयो भने अहिलेसम्म हामी गलत समाधानतिर लागेका थियौं, किनभने यहाँ हाम्रो हात बाँधिएको छ भने त्यसको सही समाधान हातलाई खोल्नु हो न कि कुनै कुरा कसैसँग माग्नु । र त्यही भएर अहिलेसम्म हामीले जनताबाट निकै नै सकारात्मक प्रतिक्रिया पाएका छौं । जनताले अहिलेसम्म खासमा बाटो मात्र नपाएका हुन्, अहिले तिनीहरूले बाटो भेट्याएका छन् र निकै उत्साहित पनि छन् ।
नेपाल एक त त्यसै सानो देश, त्यसैमाथि तपाईंको स्वराज मधेशको माग कतै तपाईंले यसलाई पहिलेकै अवस्थामा बाईसे चौबीसे राज्यमा विभाजित त गर्न खोज्नुभएको हैन ?
बाईसे चौबीसे राज्य हुँदा पनि त नेपाल एकदमै सानो थियो नि, बाईसे चौबीसे त छुट्टाछुट्टै राज्यहरू थिए त्यो करा बुभm्न हामीले आवश्यक छ । र अर्को कुरा मधेश जुन सानो हुने भनेर भ्रम फैलाइएको छ, त्यो शासक वर्गले फैलाइरहेका छन्, त्यो तथ्य चाहिं हैन । तथ्य के हो भने, मधेश यदि स्वतन्त्र भयो भने भौगोलिक क्षेत्रफलको आधारमा पनि त्यो मधेश अन्य १०० वटा देशभन्दा ठूलो हुनेछ र क्षेत्रफल र जनसंख्याको आधारमा भन्ने हो भने झन् १५० देश भन्दा मधेश ठूलो हुनेछ, भनेपछि त मधेश मात्र कसरी सानो हुने भयो ? यो तथ्यलाई हामीले बुझ्नु आवश्यक छ ।
मधेशमा आन्दोलन गर्न किन आउनुभयो ?
राजनीतिबाट कोही पनि टाढा हुन सक्दैन, त्यो जुनसुकै क्षेत्रको व्यक्ति हुन् र म अरु केहीभन्दा पनि पहिला म मधेशी हुँ । यहाँकै समाजमा हुर्कें, पढें, बढे र त्यो समाजको लागि केही गर्नु मेरो सामाजिक जिम्मेवारी हो र त्यो जिम्मेवारीको बोध गरेर म यसमा लागेको हँु ।
अबको क्रममा आन्दोलनलाई कसरी लैजानुहुन्छ ?
आन्दोलन भन्दा पनि हामी पूर्ण रुपमा पहिला तयारी गर्न चाहन्छौं, तत्कालै कुनै ठूलो आन्दोलन गरिहाल्ने हाम्रो कुनै योजना छैन, किनभने त्यसको लागि पहिला तयारी हुन आवश्यक छ । आन्दोलनको उपलब्धिलाई संस्थागत गर्न तयार रहेनौं भने त्यो आन्दोलनको उपलब्धि पनि गुम्ने खतरा हुन्छ त्यो हामीले मधेशका आन्दोलनको विगतबाट हेरिसकेका छौं । त्यही भएर अहिले हाम्रो मूल रुपमा आन्दोलनभन्दा पनि आन्दोलनको तयारीमा हामी लागेका छौं र त्यसमा हामी सशक्त भएर काम गरिरहेका छौं ।
अहिले तपाईंलाई राज्यविप्लवको मुद्दा लागेको छ, भोलि यो ठहर भएर तपाईं जेल पनि जानुपर्ने हुन सक्छ, यस्तो अवस्थामा तपाईंको संगठन के गर्छ ?
त्यो राज्यको काम हो, राज्यले आफ्नो काम गर्दै गर्छ म आफ्नो काम गर्दै गर्छु, त्यस क्रममा तथाकथित राज्यले यदि मलाई फेरि समात्यो भने म के भन्न चाहन्छु भने कुनै पनि व्यक्ति संगठन भन्दा ठूलो हुँदैन र कुनै पनि संगठन कुनै व्यक्तिविशेष माथि नै निर्भर हुनुहुँदैन र त्यसमा हामी सचेत छौं । मलाई गिरफ्तार गरिए पनि यो संगठन निरन्तर चलिरहोस्, यो अभियान निरन्तर चलिरहोस् हामी त्यो आधारमा नै तयारी गरेर अगाडि बढिरहेका छौं ।
मधेश केन्द्रित दल तथा नेताहरूलाई सत्ता र कुर्सी पाए मधेशका एजेण्डा भुल्ने आरोप लाग्दै आएका छन् तपाईं पनि त यस्तै होला नि ?
यसमा अहिलेसम्म सबै भन्दा भिन्न कुरा के छ भने अहिलेसम्म जति पनि आन्दोलन भए मधेशी जनताले अरुका लागि गरे, कुनै पार्टीका लागि गरे कुनै संघ–संगठनका लागि गरे, कुनै व्यक्तिका लागि गरे तर अहिले जुन स्वराज आन्दोलन छ त्यो हरेकका लागि आफ्नो आन्दोलन हो । यहाँ हरेकले आफ्नो स्वतन्त्रता र आफ्नो आजादीको लागि आन्दोलन गरिरहेका छन् । र पहिलाको आन्दोलनलाई उदाहरणको लागि भन्ने हो भने मानौं दश वटा सुनको सिक्कामध्ये ५ वटा सुनको सिक्का मेरो हो भन्नेको लागि थियो । र त्यो ५ वटा सुनको सिक्का पाएपछि त त्यसमा झगडा हुने नै भयो । तर हाम्रो आन्दोलन मानौं स्वच्छ हावा आउनु पर्छ है, किनभने आजादी, स्वतन्त्रता, स्वराज जुन हामीले ल्याउँछौं त्यो एक जना मानिसको मुठ्ठीमा बन्द हुने हैन, त्यो कुनै पार्टी विशेषले मात्र पाउने पनि हैन, त्यो कुनै वर्ग विशेषले पाउने कुरा पनि हैन । स्वतन्त्रता आयो भने मधेशका पूरै जनता स्वतन्त्र हुनेछन्, त्यसमा कुनै कसैले यो मेरो मात्र हो, भागबण्डा गर्ने फुट ल्याउने कुरा हुँदैन, कुनै नेताले मात्र पाउने कुरा पनि हुँदैन, यो मधेशी जनताको आफ्नै आन्दोलन हो र यो पहिलो पटक भैरहेको हो ।
तपाईंको आन्दोलनमा मधेशी नेता वा पार्टी जोडिन खोजे भने के गर्ने ?
हामीकहाँ अहिलेसम्म त्यस्तो प्रस्ताव आएको छैन, तर हाम्रो आधारभूत मान्यताहरू स्वतन्त्र मधेश, लोकतान्त्रिक व्यवस्था र अहिंसात्मक मार्ग यो तीन वटा मान्यतालाई मान्ने कुनै मधेशी नेता मात्रै हैन जोसुकै पनि यस आन्दोलनसित जोडिन सक्छ ।
अन्त्यमा अरु केही छ कि ?
म मधेशी जनतालाई के भन्न चाहन्छु भने तपाईंहरूले मधेशी जनताले सबैभन्दा पहिला आफ्नो इतिहासका बारेमा बुझ्ने कोशिश गर्नुस्, अहिलेसम्म गरेका आन्दोलन र अहिलेसम्म दिएको बलिदानीहरूलाई एक पटक समीक्षा गर्नुहोस्, कि अहिलेसम्म हामीले कति बलिदानी दियौं र अहिलेसम्म हामीले के पायौं र यस माथि पनि विचार गर्नुहोस् कि स्वराज आन्दोलनले मधेशलाई स्वतन्त्रता दिलाउन सक्छ कि सक्दैन, हाम्रो वास्तविक माग पूरा गराउन सक्छ कि सक्दैन, हामीलाई मुक्ति दिलाउन सक्छ कि सक्दैन कृपया एक पटक विचार गरिदिनुस् । जनताले विचार गर्नुभयो भने म विश्वस्त छु कि उहाँहरू स्वराज आन्दोलनमा अग्रसर भएर लाग्नुहुन्छ ।
काठमाडौं, पुस ९ – एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले एक विज्ञप्ति जारी गर्दै आमहडतालसहितको कार्यक्रम तालिका सार्वजनिक गरेको छ ।
मोर्चाले जारी विज्ञप्तिमा अन्तरिम संविधानको मर्म विपरित २०४७ सालको संविधानको दिशातिर सत्तारुढ दल कांग्रेस एमाले फर्किएकाले मोर्चा आन्दोलनको कार्यक्रम घोषणा गर्न बाध्य भएको बताइएको छ ।
‘संविधानसभाको गणितीय घोडा चढेर’ महेन्द्रकालिन दिशातिर सत्तारुढ दल अघि बढेको बताउँदै मार्चाले विभिन्न कार्यक्रमहरु सार्वजनिक गरेको हो ।
यस्तो छ कार्यक्रमको तालिकाः
१. पुस १९ गतेः देशका ७५ वटै जिल्लामा जुलुस र सभा
२. पुस २५ देखि २९ गतेसम्म विभिन्न प्रदेशहरुमा आलोपाले अम हड्ताल जस अन्तरगत
पुस २५ गतेः खसान, खप्तड, भेरी–कर्णाली र सेती महाकाली
पुस २७ गतेः किराँत, खम्बुवान, लिम्बुवान, मगरत र तमुवान
पुस २८ गतेः थरुहट, थरुवान, मधेश (अवध, मिथिला, भोजपूरा र कोचिला)
पुस २९ गतेः नेवाः र तामसालिङ
३. माघ ५ गतेः नेपाल बन्द
८ पुस, सर्लाही ।
वाणिज्य तथा आपूर्ति मन्त्री सुनिल थापाले अन्तिम समयमा चमत्कारिक वा जादुगरी ढङ्गले निर्णय हुने परम्परा भएकाले नयाँ संविधान पनि माघ ८ गते नै जारी हुने विश्वास व्यक्त गर्नुभएको छ ।
वाणिज्य तथा आपूर्ति मन्त्री सुनिल थापाले अन्तिम समयमा चमत्कारिक वा जादुगरी ढङ्गले निर्णय हुने परम्परा भएकाले नयाँ संविधान पनि माघ ८ गते नै जारी हुने विश्वास व्यक्त गर्नुभएको छ ।
आज बिहान सर्लाहीको हरिवनमा पत्रकारसँग कुरा गर्दै मन्त्री थापाले सरकार संविधान निर्माणका लागि वातावरण तयार पार्न प्रयत्नरत रहेको जानकारी दिनुभयो । “नेपालमा कतिपय महत्वपूर्ण निर्णय चमत्कारिक एवम् जादुगरी ढङ्गले अन्तिम समयमा हुने गरेको छ” मन्त्री थापाले भन्नुभयो, “नयाँ संविधानको विषयमा पनि चमत्कारिक ढङ्गले अन्तिम समयमा समाधान हुने विश्वासमा छु ।”
संविधान निर्माण सहमतिबाटै जारी गर्नका लागि प्रयास भइरहेको समेत उहाँले बताउनुभयो ।
नयाँ संविधान जारी गर्ने विषयमा मुख्य राजनीतिक दलका नेताहरुले पार्टीगत स्वार्थभन्दा मुलुक एवम् जनताको हितलाई मनन गर्नुपर्ने मन्त्री थापाको विचार थियो । रासस
