समुद्रमा जलिरहेको जहाजबाट यात्रुले भने, ‘हामी मुसा जस्तै जल्ने भयौं’

एजेन्सी । इटालीको एक पानी जहाजमा आगो लागेर फसिरहेका २५० भन्दा बढी यात्रुहरुले धुवा, खोकी, चिसो र तिव्र समुद्री हावाको सामना गर्दै दोस्रो दिन बिताएका छन् ।
ग्रिसको कोर्फु द्विपनजिकै आइतबार एक जलिरहेको जहाजबाट हतास यात्रुहरुले मोबाइल फोनमार्फत आफ्नो उद्दारका लागि आग्रह गरेका छन् । आफूहरु मुसा जलेजस्तै जलेर मर्ने अवस्था रहेको भन्दै ति यात्रुले उद्दारको अपील गरेको बीबीसीले जनाएको छ ।

प्रतिघण्टा १०० किलोमिटर गतिको हावाका बाबजुद उद्धारकर्मीहरुले उद्दार कार्य जारी राखेका छन् । अहिलेसम्म फसेका यात्रुहरुमध्ये १५० भन्दा बढिको उद्दार गरिएको छ ।
जहाजमा सवार ग्रिसका एक व्यक्तिको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । इटालीका प्रधानमन्त्री मेटेयो रेंजीले भने, ‘यो एक लामो काल रात हो ।’
उक्त जहाजमा २६८ यात्रु ग्रिसका र चालक दलमा पनि २२ जना इटालीका नागरिक तथा ३४ ग्रिसको नागरिक रहेको जनाइएको छ । इटाली सरकारले यो इतिहासकै एक जटिल उद्दार कार्य भएको जनाएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.