१ सेक्ण्डमा १० गीत डाउनलोड गर्न सकिने फोन
विश्व चर्चित प्रविधी कम्पनी सामसङले आफ्नो चर्चित स्मार्टफोन ग्यालेक्सी नोट ४ को नयाँ मोडल सार्वजनिक गरेको छ । यो मोडलको सबै भन्दा अदभुत क्षमता डाउनलोडमा छ ।
यो फोनले ३०० एमबीपीएसको अधिकतम गीतमा डाउनलोड गर्न सक्ने कम्पनीको दावी छ ।
यो अहिलेको ग्यालेक्सी नोट-४ भन्दा चार गुणा बढी द्रुत गती हो । यसको अर्थ कुनै ७०० एमबीको भिडियो केवल १९ सेकेण्डमा डाउनलोड हुन सक्छ । अर्थात एक सेकेण्डमा कम्तिमा १० गीत डाउनलोड गर्न सकिन्छ ।
सामसङले यो फोन प्रविधिको सबै भन्दा अत्याधुनिक मोडलमा आधारित छ । यसले तीन प्रकारका फ्रिक्वेन्सी प्रयोग गर्छ । तर तीन फ्रिक्वेन्सीलाई एकै ठाउँमा ल्याएर प्रयोग गर्छ ।
यसका सबै फिचर ग्यालेक्सी नोट ४ कै जस्ता छन् ।
0 comments
Write Down Your Responses