यौन शक्ति बढाउने १२ टिप्सहरु

डा.रशिद अयौव जल्बानी मानिसलाई जीवनको कुनै न कुनै समयमा यौन शक्ति र चाहना कमजोर भएर समस्या परिरहेको हुन्छ । यसकारण पनि यौन जीवनलाई आनन्ददायक र सुखद बनाउन केही तरिकाहरु अपनाउनु महत्वपूर्ण हुन्छ । यहाँ १२ वटा यौन शक्ति बढाउने टिप्सहरु दिइएको छ, जुन तपाईंको लागि पनि उपयोगी हुनसक्छ । 
१. हरेक दिन नगर्नुहोस् यौन सम्पर्कको लागि एक वा दुई दिनको दुरी कायम गर्नुहोस् । किनकी हरेक दिनको सहवासले तपाईंलाई उक्त कामदेखि नै दिक्क लाग्न सक्छ । यसले क्रमसः यौन चाहनामा गिरावट आउन सक्छ । एकै दिनमा धेरैपटक यौन सम्पर्क कहिलेकाँही मात्रै ठिक हुन्छ । 
२. सरप्राइज दिनुहोस् सप्राइज दिनुहोस् आफ्नो साथीलाई । फरक प्रस्तुती, फरक गतिविधि अथवा महत्वपूर्ण उपहारहरु दिनुहोस्, जसले तपाईंको सहवासलाई रोचक बनाउन सक्छ । 
३. फरक आसनको प्रयोग सधैं उही आसनको प्रयोग गर्दा वाक्क लाग्दो हुनसक्छ । फरक फरक यौन आसनको प्रयोगले स्वास्थ्यलाई मजबुत बनाउन मात्र सहयोग गर्दैन, यसले थप क्यालोरीको खपतको लागि पनि भूमिका खेल्दछ । यौनाङ्गहरुको पूर्ण सहकार्य नहुने आसनले पनि थप उत्तेजना र आनन्दको सिर्जना गर्दछ । 
४. सुरक्षितरुपमा यौन कल्पना यौन कल्पना त्यस्ता परिकल्पनात्मक दृश्य हुन् जुन तपाईंको पार्टनरसँग गर्दा तपाईंलाई थप आनन्द प्राप्त हुन्छ । यौन कल्पना, रोचक संवाद, रोचक गतिविधि, आखिर यसैमा त छ आनन्द । 
५. सबै कपडा एकैचोटि नखोल्नुहोस् बिस्तारै र धैर्यतापूर्वक काम गर्नुहोस्, अनि पो जितिन्छ दौड । कछुवा र खरायोको दौड याद गर्नुहोस् त ।
 ६. कण्डम लगाउनुहोस् कण्डमको प्रयोगले शिघ्र उत्कर्षमा पुग्ने र स्खलित हुने समस्या रोक्छ र बढी आनन्द प्राप्त हुन्छ । कुनै पुरुषमा यौनाङ्गको टुप्पाको ढकनी बन्द गरी यौन सम्पर्क गर्दा ढिलो स्खलन हुने पनि हुन्छ । लिङ्गको टुप्पोमा नै पुरुषको चरमोत्कर्षको राज लुकेको हुन्छ । यसलाई बन्द गर्दा सुस्त स्खलन हुन्छ र लामो सयमसम्म टिकिरहन सकिन्छ ।
 ७. शारीरिक अभ्यास यौन र शारीरिक अभ्यास एकअर्कासँग अभिन्न रुपमा जोडिएका हुन्छन् । शारीरिक अभ्यास गर्नुहोस् । स्वस्थ रहनुहोस्, यौनान्द बढी प्राप्त गर्नुहोस् । 
८. कालो दाल कालो दाल यौन शक्ति बढाउने एउटा प्रभावकारी शक्तिप्रदायक हो । यसकारण, कालो दालबाट बनेका खानेकुरा हप्तामा २–३ पटक सेवन गर्दा यौन शक्ति बढ्दछ ।
९. रोगबाट छुट्कारा चरम यौन आनन्द तपाईंको सफा र स्वस्थ जीवनको बरदान हो । आफूसँग भएको रोगको उपचार गर्नुहोस् र त्यसलाई फेरि आफ्नो जीवनमा आउन नदिनुहोस् । भएकालाई पनि चिरकालसम्म रहन नदिनुहोस् । मधुमेह र उच्च रक्तचापका कारण यौन इच्छा निम्तनसक्छ । यसकारण यी रोगको तत्काल उपचार गर्नुहोस् । 
१०. पार्टनरको हेरचाह पारस्परिक आनन्दको महत्वपूर्ण तत्व भनेको प्रेम नै हो । आफ्नो सहकर्मीको भावना बुझ्नुहोस् । यस्तो अवस्थामा महिलाहरु फरक मुडमा हुनसक्छन् । महिलासँग काम गर्नु सामान्यतः तनावको तह बढाउनु पनि हुनसक्छ । यसर्थ, उनको हेरचाह गर्नुहोस् ।
 ११. आयुर्वेद भनिन्छ, गुलियो, नुनिलो र अमिलो स्वादले यौन शक्ति बढाउँछ भने तितो, तातो र पिरोले यसलाई घटाउँछ । अस्वगन्धा, अंगुर, मासु, अण्डा, चकलेट, भैंसीको दूध, भैंसीको दही, एलोभरा जुस, गुलियो अनार जस्ता फलफूलहरु केही यस्ता खानेकुरा हुन् जसले यौन शक्ति बढाउँछ ।
 १२. यौनबद्र्धक हर्बल तलको अवस्थामा तपाईलाई यौनबद्र्धक हर्बलको आवश्यकता पर्न सक्छ यदि तपाईंलाई मधुमेह र उच्च रक्तचाप छ भने तपाईंलाई यौनइच्छाको कमी, र लिङ्ग उत्तेजना नहुनसक्छ । दिर्घरोगबाट प्रभावित हुनुहुन्छ भने, यौनइच्छाको कमि र स्खलन समय घट्न सक्छ । यदि माथिको अवस्था तपाईंमा विद्यमान छ भने माथिका कुनै पनि उपायहरु कामयाव नहुनसक्छ । 

0 comments

Write Down Your Responses

Powered by Blogger.