शाहरुख र सलमानलाई पछारे अमिर खानले

मुम्बई । अमिर खान फेरी आफुलाई अब्बल सावित गर्दै अन्य दुई खानभन्दा अगाडी पुगेका छन् । बलिउड बक्स अफिसमा उनी लगातार दोस्रो बर्ष पनि सर्वाधिक कमाई गरेर बिजेता बनेका छन् । फिल्म ब्यापार विशेषज्ञका अनुसार अमिरको फिल्म पिके सन् २०१४ मा सबै भन्दा धेरै कमाउने हिन्दी फिल्म भएको छ । फिल्म ब्यापारको आधारमा शाहरुख र सलमान भन्दा अमिर अगाडी छन् । 

ब्यापार विशेषज्ञ तरण आदर्शका अनुसार उनको फिल्म पीके ले प्रदर्शनको १० दिनको अबधिमा भारतमा मात्रै २३६.५८ करोड रुपैयाँ कमाइ गरेको छ । पिकेको यो अंकसंगै सलमान खानको फिल्म किक पछाडी परेको छ । शाहरुख पनि पछाडि किक ले भारतमा कुल २३१ करोड रुपैयाँ कमाएको थियो । शाहरुख खानको यसै वर्ष रिलिज भएको ह्याप्पी न्यु इयर ले भारतमा २०२ करोड कमाइ गरेको थियो । पछिल्लो वर्ष अमिर खानको फिल्म धुम-३ ले भारतमा मात्रै २८४ करोड रुपैयाँ कमाएको थियो । ब्यापार विशेषज्ञका अनुसार पिकेले धुम ३ लाइ पछाडी पारेर सबै भन्दा धेरै कमाइ गर्ने सम्भावना देखाएको छ । 

0 comments

Write Down Your Responses

Powered by Blogger.