किन दिएन अफ्रिकाले नेपाली क्रिकेट टोलीलाई भिसा ?
नेपाल सन्देश डेस्क, काठमाडौं । दक्षिण अफ्रिकाले भिषा दिन ढिलाई गरेका कारण नेपाली राष्ट्रिय क्रिकेट टीमको वैदेशीक प्रशिक्षणमा ढिलाई हुने भएको छ ।
नामिबियामा हुने विश्व क्रिकेट लिग डिभिजन–२ कोतयारीमा रहेको नेपाली टीम वैदेशीक प्रशिक्षमा अफ्रिका जाने तयारीमा थियो ।
जनवरी १ तारेखका दिन अफ्रिका जाने तयारी गरेको टोलीका सदस्यहरुको भिसा आवेदन समयमै गरिए पनि अझै भिसा आउन सकेको छैन । त्यहाँ नेपाली टोलीले विशेष प्रशिक्षण लिने तय भएको थियो ।
टोलीले केही स्थनीय क्लबहरुसँग अभ्यास खेल खेल्ने तय पनि गरिएको थियो ।
यही जनवरी १७ देखि नामिबियामा डिभिजन–२ का खेल हुँदै छ । प्रतियोगितामा नेपालका साथै युगान्डा, केन्या, नेदरल्याण्ड र नामिबिया सहभागि हुँदै छन् ।
प्रतियोगिताको शीर्ष दुईमा रहन सके नेपालले चार दिवसीय ईन्टरकन्टीनेन्टल कप तथा एक दिवसीय विश्व क्रिकेट लिग डिभिजन च्याम्पियनसिप खेल्न पाउने छ ।
0 comments
Write Down Your Responses