पीकेमा दुबई र आइएसआईको लगानी : स्वामी
नयाँ दिल्ली । आमिर खानको फिल्म पीकेले हलहरुमा रेकर्ड तोडर चेन्नई एक्प्रेसलाई पछाडि छोडिसकेको छ । तर उनको फिल्ममाथिको विवाद कम भएको छैन । बाबा रामदेवले पीकेमाथि प्रतिबन्ध लगाउँदै आमिरलाई पक्राउ गर्नुपर्ने माग राखेको भोलिपल्टै अर्का स्वामीले पीकेमा दुबई र आईएसआईको लगानी रहेको आरोप लगाएका छन् ।
आरोप लगाउने स्वामी अरु कोही नभएर बिजेपी नेता सब्रमण्यन स्वामी हुन् । उनले फिल्ममा कसको लगानी छ भनेर प्रश्न गरेका छन् ।
स्वामीले फिल्ममा दुबई र आईएसआईको लगानी रहेको खबर आफूले प्राप्त गरेको दाबी गरेका छन् । उनले ट्विट गरेका छन्, फिल्म पीकेलाई कसले लगानी गरेको छ ? मेरो स्रोतका अनुसार यसमा लगानी गरिएको रकम दुबई र आईएसआईसम्म जोडिन सक्छ । डिआरआईले यसको जाँच गर्नु जरुरी छ ।
सोमबार नै अहमदाबादको तीन फिल्म हलहरुमा तोडफोड समेत गरिएको थियो । भोपालमा पनि बजरंग दलले प्रदर्शन गरेको छ । फिल्ममा अन्धविश्वासमाथि कटु व्यंग्य गरिएको छ । कतिपय अन्धविश्वास धर्मसमेत जोडिएको छ ।
0 comments
Write Down Your Responses