'पीके' एक सय करोड क्लबमा

मुम्बई/ बलिउड अभिनेता आमिर खानको फिल्म पीके चौथो दिनमा एक सय  करोड क्लबमा प्रवेश गरेको छ ।


शुक्रबारबाट विश्वव्यापी रिलिज भएको यो फिल्म सोमबार मात्र व्यवसायिक रुपमा सय करोड नाघ्न सफल भएको हो ।


प्रदर्शनको तेस्रो दिन पीकेको व्यपार बक्स अफिसमा ९५.२१ करोड पुगेको थियो । भारतीय बजारमा पीकेले चौथो दिन २२.४० करोडको व्यापार गरेपछि यो फिल्म प्रदशर्शनको चौथ दिन सय करोडबाट उकालो लागेको हो । चौथो दिनमा यो फिल्मको कुल व्यापार भारतमा ११७.४० करोड पुगेको हो ।  एजेन्सी 

0 comments

Write Down Your Responses

Powered by Blogger.