अमेरिकी पुलिसद्वारा फेरी अर्का काला युवकलाई गोली ठोकि हत्या : अमेरिकामा तनाब
एजेन्सी ।
अमेरिकामा अश्वेत समुदायका युवकलाई पुलिसले गोली हानेर मारेको भन्दै प्रदर्शन भैरहेको समयमा प्रहरीले अर्का युवकलाई पनि गोली चलाएर ज्यान लिएको छ ।
एन्टोनिया मार्टिन नामका १८ वर्षीय युवकलाई प्रहरीले मिसौरीको एक मोबाइल ग्यास स्टेसनमा गोली हानेको बताइएको छ ।
यस अघि माइकल ब्राउन नामका युवक मारिएको स्थान भन्दा केही पर भएको उक्त घटनास्थलमा अहिले मानिसहरुको भिड लागेको छ ।
माइकल ब्राउन पुलिसको गोलीबाट मारिएपछि अमेरिकामा ठूला ठूला प्रदर्शन भएका थिए ।
0 comments
Write Down Your Responses