सलमान मल्लिकासँग केही घण्टा हराए

एजेन्सी ।

सलमान खान मनकारी भनेर बलिउडमा चर्चित नै छन् । उनले आफ्ना फ्यानलाई जागिर दिने मात्र होइन कैयौं पटक ठूलो राशि दान समेत दिएका छन् ।

यस्तै मनकारी रुप पुष्टी गरेका छन् बलिउडमा हट छवि भएकी मल्लिका शेरावतसँग पनि सलमानले ।

खासमा मुम्बाइमा गत १८ डिसेम्बरमा भएको एक कार्यक्रममा सलमान सोनाक्षी, अर्जुन कपूर, ज्याकलिन फर्नानण्डिज, प्रियंका चोपडा र मल्लिका शेरावत सँगै देखिएका थिए ।



मल्लिकालेम कुनै चर्चित कलाकारलाई अवार्ड दिन मात्र स्टेजमा आउने शर्त आयोजकसँग राखेकी थिइन् । तर आयोजकले उनलाई नयाँ अभिनेता टाइकर श्राफलाई अवार्ड दिन छाने ।

यो विषयमा मल्लिकाले आयोजकसँग खुव झगडा गरिन् । तर यसरी रिसाएकी मल्लिकालाई सलमान खानले खुसी तुल्याए । आफ्नो कारमा मल्लिकालाई लिएर केही घण्टा गायव भएका सलमानसँग फर्किँदा मल्लिका खुसी देखिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.