विराट कोहलीले सचिन तेन्दुलकरलाई पनि जिते

१० पुस, काठमाडौं । भारतीय क्रिकेट टीमका उपकप्तान विराट कोहलीले सचिन तेन्दुलकरलाई जितेका छन् ।
कोहलीले क्रिकेटको मैदानमा भने सचिनलाई जितेका होइनन् । उनले ट्वीटर फलोअरमा सचिनलाई जितेका हुन् । बिहीबार अपराहृनसम्ममा कोहली (@imVkohli) को फलोअर ४८ लाख ९३ हजार ७९५ पुगेको छ ।

सचिन (@sachin_rt) को भने ४८ लाख ७६ हजार ९५७ फलोअर छन् । भारतीय कप्तान महेन्द्र सिंह धोनी निकै पछि छन् । ट्वीटरमा उनको फलोअर ३३ लाख ३३ हजार २० पुगेको छ ।
विरेन्द्र सहवागको झण्डै ३२ लाख, युवराज सिंहको २७ लाख र सुरेश रैनाको २६ लाख बढी छन् ।
ट्वीटरमा सबैभन्दा बढी फलोअर हुने १० भारतीय खेलाडीमा बढी क्रिकेटर छन् । टेनिस खेलाडी सानिया मिर्जाको फलोअर २२ लाख कटेको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.