श्रीमती गर्भवती बनाउँन छिमेकीको छोरालाई बली !

एजेन्सी । पत्नी गर्भवती नभएपछि एक व्यक्तिले जादु टुनाको सहारा लिदै छिमेकीको १० वर्षीय बच्चालाई बली चढाएको घटना सार्वजनिक भएको छ ।
उत्तर प्रदेशको पीलीभीतको उक्त घटना बच्चाको क्षतपिक्षत शब खेतमा भेटिएपछि सार्वजनिक भएको हो । बच्चा बेपत्ता भएको दुई दिनपछि उनको शब खेतमा भेटिएको थियो ।
बच्चालाई यस्तो अवस्थामा भेटेपछि सुरुमा गाउँलेहरुले जंगली जनवारले आक्रमण गरेको हुनसक्ने आशंका गरेका थिए ।
पोस्टमार्टम रिपोर्टमा बच्चाको हत्या भएको जानकारी आएपछि घटनाबारे अनुसन्धान सुरु गरिएको थियो ।
उक्त घटनामा प्रहरीले पीडितका छिमेकी दुर्गेशलाई गिरफ्तार गरेको छ । अधिकारीहरुले उनकी पत्नीसँग सोधपुछ गर्न बाँकी रहेको जनाएका छन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.