बालुवाटारमा बालुवा पेलेर तेल निकाल्दै
नेपाल सन्देश डेस्क, काठमाडौं । संबिधानका विवादित बिषयमा सहमति जुटाउन दुई दिने समयसीमा पाएको सर्वाधिकार सम्पन्न कार्यदलको म्याद आज सकिदैछ । उस्ले आजै विवादीत विषयहरुलाई सहमतिमा पुर्याउनुपर्ने बाध्यता छ ।
प्रमुख तीन र मधेस केन्द्रीत दलका प्रतिनिधि सहभागी कार्यदलले आजको बैठकमा संबिधानका विवादित अन्तरबस्तुमा कुन दल कति लचिलो भएर सहमति खोज्ने भन्ने बिषयमा छलफल हुने जनाईएको छ ।
कार्यदलको हिजो बसेको बैठकले सबैभन्दा बढि विवाद देखिएको राज्यको पुनर्संरचना, शासकीय स्वरुप, न्याय र निर्बाचन प्रणालीलाई दलहरुबीच असहमतिको बिषयमा समेटेको छ ।
कार्यदलले सहमति भए छोटोबाटो बाटै संबिधान जारी गर्ने बिषयमा पनि छलफल शुरु गरेको छ । नेपाली कांग्रेस, नेकपा एमाले, एकिकृत माओवादी र मधेसकेन्द्रीत दलबाट एक एक जना प्रतिनिधि रहने गरी बिहीबार चार सदस्यीय कार्यदल गठन गरिएको थियो ।
कार्यदलले हिजै संबिधान सभाका अध्यक्ष सुवास नेम्वाङसंग पनि परामर्श गरेको थियो । सभाध्यक्ष नेम्वाङले अझै पनि नियम निलम्बन गरेर माघ ८ मा संबिधान जारी गर्न सकिने बताउँदै आएका छन् । संविधान निर्माणमा मात्रै केन्द्रीत हुने र सरकारका बिषयमा कुनै छलफल नहुने कार्यदल सदस्यहरुले दाबी गरेका छन् ।
कार्यदलले संबिधानका विवादित बिषयमा सहमतिका बिकल्प खोजेर शिर्ष तहमा सुझाउने छन् ।
0 comments
Write Down Your Responses