सलमानले युलियासँग लभ परेको स्वीकार गरे

बलिउड सुपर स्टार सलमान खानले रोमानियाली अभिनेत्री युलिया ब्यान्तुरसँग प्रेम सम्बन्ध रहेको कुरा स्वीकार गरेका छन् ।

विहिनी अर्पिता खानको विवाहका क्रममा युलियालाई समेत बोलाएका सलमानले आफ्नो सम्बन्ध बारे बताएको एक बेलायती पत्रिकाले खुलासा गरेको हो ।

सलमानले युलियालाई होम प्रोडक्सन चलचित्र 'ओ तेरी' को गीतमा अभिनय गराएका थिए ।

सलमानले यूलियासँग जर्मनीमा भेट भएर कुरा गरेको सलमानले परिवारलाई बताएका हुन् । उनीहरुको सम्बन्धबारे बलिउडमा यस अघि नै चर्चा चलेको थियो । 

अहिले पनि सलमान र यूलियाबीच सम्बन्ध रहेको बताइन्छ । यूलिया अहिले मुम्बइको एक होटलमा छिन् जुन सलमानको घर नजिकै पर्छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.