पूजा बोहराले लगाएको आरोप काल्पनिक हो भन्छन् - सुबोधराज प्याकुरेल

काठमाडौं, पुस १०– पूजा बोहरा बलात्कारका अभियुक्तद्वय सागर भट्ट र अमर अवस्थी दुबै निर्दोष रहेको र उनीहरुलाई पुजा बोहराले नियोजित तरिकाले फसाइएको भनि मानअधिकारबादी संस्था इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेल टिप्पणी गरेका छन् ।     दुइ दिन अघि रातोपाटीले एक टेलिभिजनमा पुजाले दिएको अन्तर्वार्तालाई आधार बनाउँदै ‘पुजा बोहरा भन्छिन् ःमलाई बलात्कार गर्ने एमालेका कार्यकर्ता हुन्’ भन्ने समाचार शिर्षकमा अनलाइन समाचार प्रशार गरेको थियो । सोही समाचारको कमेन्ट बक्समा आएर मानवअधिकारकर्मी प्याकुरेलले सो बलात्कारीहरु निर्दोष रहेको र पुजाले फसाइन् भन्ने आशयको टिप्पणी गरेका हुन् ।    
 कमेन्ट बक्समा प्याकुरेल लेख्छन् –‘बलात्कारीहरु पनि त्रिकालदर्शी रहेछन् । फलानो दिन, फलानो समयमा पूजा बोहरा पुस्तक किन्न आउँनेछिन, उनलाई बेतोड प्यास लाग्नेछ भनेर पुरा था पाएका । सायद पुर्वतयारी थियो , मात लाग्ने झोल पदार्थ को । सोडा पिउनासाथ पिसाब लाग्छ भन्ने थाहा पाउनु के ठूलै कुरा भयो ?  तर पसलका दुबै जना, त्यत्रो भीड भाडको बिक्री काल छोडेर बलात्कार को कुकर्म गर्नमा ब्यस्त भए । पुस्तक किन्न ठेलमठेल भीड लागेका कसैले चासो राखेनछन कि उनीहरूको सामुन्ने बिक्रेता र केटी गएका, त्यत्रो बेर कहाँ गए ? बलात्कारी पनि ज्याद्रै रहेछन ।


 दुई जना मिलेर बलात्कार गरे, पीडितलाई पर कान्लामा फाले, त्यत्रो जघन्य अपराध गरेर आनन्दले, बिना पश्चाताप, बिना हतासा पसलमा वापस आए र ठेलमठेल पर्खिरहेका बिद्यार्थीलाई पुस्तक बिक्री गर्ने काममा निर्लिप्त भए । यस्तो अकल्पनीय आङै सिरिङ्ग हुने चर्तिकला ?’     उनले माथि लेखेको उल्लेखित कमेन्टले पुजा बलात्कार प्रकरणलाई थप सन्देह पैदा गरेको मात्रै छैन अभियुक्क्त स्थानीय स्तरमा एमाले समर्थक हुनु, फैसलाकर्ता न्यायधीशद्वयमध्ये एक रमेशप्रसाद राजभण्डारी पनि एमालेकै पूर्व नेता हुनु र प्याकुरेलले पूजा बोहराका बारेमा यो अभिव्यक्ति सार्वजनिक हुनु, संयोग मात्रै हो कि एउटा ठूलो षड्यन्त्रको जालो ? त्यो भोलिका दिनमा खुल्दै जानेछ ।
 प्याकुरेल मानअधिकारबादी संस्था इन्सेकका अध्यक्ष हुन् । इन्सेक मानवअधिकारको क्षेत्रमा काम गर्छ । बलात्कार जस्तो जघन्य अपराध मानवअधिकारबादी संस्थाको कार्यक्षेत्रभित्र नपर्ने कुरै भएन । सायद इन्सेकले पनि पुजा बोहरा बलात्कारका बारेमा घटना बिवरण संकलन गरेको होला । यसरी हेर्दा पुजा बोहराको मुद्धा स्वंयम इन्सेकले लडिदिनुपर्ने देखिन्छ ।     इन्सेक राजनितिक रुपमा नेकपा एमालेसँग नजिक छ र उसका सबै जिल्लाका जिल्ला शाखाहरुमा एमालेका नेता कार्यकर्ता मात्रै रहने गर्दछन् । प्याकुरेल स्वंयम पनि एमालेका सकृय नेता हुन् । नेकपा एमालेको अघिल्लो बुटवल महाधिबेशनमा प्याकुरेल अध्यक्षका उम्मेदवार पनि हुन् ।  झलनाथ खनाल, हालका एमाले अध्यक्ष केपी ओली र प्याकुरेल गरी तिन जनाको उम्मेदवारी परेको थियो । २४ घण्टा पछि प्याकुरेलले आफ्नो उम्मेदवारी फिर्ता लिएर केपी ओलीलाई समर्थन गरेका थिए । उनी एमालेभित्र ओली पक्षधरका रुपमा चिनिन्छन् । 
 साथै उनलाई बेलाबेलामा बिदेशबाट संस्थाको नाममा डलर ल्याएर एक्लै खाने गरेको आरोप समेत लाग्दै आएको छ । उनी देशले पछिल्लो चरण प्रबेश गरेको राजनीतिक कोर्सको समेत चर्को आलोचक हुन् । एमाले अध्यक्ष केपी ओलीको जस्तै  उनी ०६२,०६३ को जनआन्दोलनमा गणतन्त्र कुनै हालतमा पनि आउन नसक्ने बताउँथे ।     परिक्षाको पुस्तक खरिदका लागि एक पुस्तक पसलमा पुगेकी १४ वर्षीय छात्रा पूजा बोहरामाथि जवर्जस्ती करणीको अभियोग लागेका सागर भट्ट र अमर अवस्थीलाई बैतडी जिल्ला अदालतले ०६९ फागुन २२ गते १३ वर्ष कैद र ५० हजार जरिवानासहितको फैसला गरेको थियो । उक्त फैसला उल्ट्याउँदै न्यायधीशद्वयले गत आसार २ गते दुवै अभियुक्तलाई सफाइ दिएका थिए ।

0 comments

Write Down Your Responses

Powered by Blogger.