रमेश खरेलको फाइलले गृहमन्त्रालयमा हंगामा

काठमाडौं,पुस १५ – सानो काम गर्दा पनि ठूलो समाचार बन्ने प्रहरी अधिकृत हुन, एसएसपी रमेश खरेल । र, बेलाबेला विवादमा पनि परिरहन्छन् । एआईजी बढुवामा आर्थिक चलखेल भएको भन्दै सार्वजनिक रुपमा भाषण गरेर विवादमा तानिएका उनी त्यसयता छायाँमै छन् ।सेलिब्रेटी प्रहरी अधिकृत खरेलले बोलेको घटनाबारे छानबिन समिति गठन गरी कारबाहीको तयारी भए पनि पछि उनी कारबाही रोक्न सफल भए । सोही प्रकरणमा काठमाडौं प्रहरी परिसरबाट हटाइएका उनी पछिल्लो समय भरतपुर तालिम केन्द्रमा कार्यरत छन् ।
उनै एसएसपी खरेलको एउटा फाइलका कारण गृहमन्त्रालयमा गत साता केही तनाव भयो ।

 खरेललाई एक संस्थाले अमेरिकामा निम्तो दिएको छ । विश्वका सफल युवाहरुको सम्मेलनमा सहभागी हुन खरेललाई जनवरीको तेस्रो साता बोलाइएको छ । उक्त कार्यक्रममा जाने अनुमतिका लागि खरेलले निवेदन दिएका थिए । उनलाई अनुमति दिने कि नदिने भन्नेमा गृहका अधिकारीहरुबीच विवाद भएको थियो । गृहसचिव सूर्य सिलवालसमेत सो विषयमा निर्णय गर्न डराए । खरेललाई स्वीकृति दिँदा गृहमन्त्री वामदेव गौतम रिसाउन सक्ने चिन्ता उनलाई रहेको थियो । किनभने, बेलाबेला मन्त्री गौतम र एसएसपी खरेलबीच सार्वजनिक रुपमा जुहारी चल्दै आएको छ ।
खरेलले आफूलाई भेट्नसमेत नआएको भनेर गौतमले गुनासो गर्दा त्यसको पत्युत्तरमा भेट्न आवश्यक नभएको भन्दै अन्तर्वाता दिएका थिए । दुई साताअघि अपराध दिवस मनाउने कार्यक्रममा पनि गौतमले मिडियामा बोल्दा प्रहरी अधिकारीहरुसँग जुहारी चल्ने गरेको भन्दै उनले आफू बोल्न छाडेको बताएका थिए । आजको दृष्टि साप्ताहिकमा खबर छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.