मोहन बैद्य सिकिस्त विरामी : नर्भिक अस्पतालमा भर्ना

काठमाडाैं, १५ पुस ।
नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्य सिकिस्त विरामी भएका छन्। सोमवार एक्कासी दमले च्यापेपछि उनलाई राजधानीको नर्भिक अस्पतालमा भर्ना गरिएको पार्टी प्रवक्ता पम्फा भुषालले जानकारी दिइन्।

बैद्यलाई अक्सिजन लगाएर राखिएको छ। चिकित्सकहरूले उनलाई अझै केही दिन अस्पतालमै राख्नुपर्ने बताएका छन्। नेपाल समाचारपत्रमा खबर छ।

0 comments

Write Down Your Responses

Powered by Blogger.