हेमा मालिनीले बुढेसकालमा मिनीस्कर्ट लगाउँदा बलिउड हल्लियो (तस्विर सहित)

एजेन्सी ।


बलिउडकी चर्चित अभिनेत्री एवं भारतीय सांसद हेमा मालिनीले मिनिस्कर्ट लगाएपछि हंगामा भएको छ । तर उनी आफैले मिनिस्कर्ट लगाएको भने होइन । साइवर अपराधीहरुले ६६ वर्षकी हेमालाई मिनिस्कर्टमा रहेको तस्विर बनाएपछि उनको चर्चा भएको हो ।


बनाइएको तस्विर । 

आफ्नो तस्विर सामाजिक सञ्जालमा भाइरल भएपछि हेमाले ट्वीटरबाट यो साइवर अपराधीहरुले बनाएको तस्विर भएको स्पष्टिकरण दिएकी छिन् । आफूले युवा अवस्थामा समेत यस्ता कपडा नलगाएको उनको स्पष्टीकरण छ ।


वास्तविक तस्विर । 

अहिले दुवइमा रहेकी हेमाको यो तस्विरले भारतमा हंगामा गरेको छ । तस्विरमा हेमा सेतो रङको टीसर्ट र स्कर्टमा देखिन्छिन् । फेसबुक र ह्वाट्सएपमा उनको तस्विर भाइरल बनेको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.