अब नेपालीको आयु बढ्यो
एजेन्सी । विगत २५ वर्षयता विश्वभरिका मानिसको औसत आयु ६ वर्षले बढेको छ । नेपालीको उमेरचाहिँ १२ वर्षले वृद्धि भएको छ । नाइजेरिया, इथियोपिया, पूर्वी टिमोर, माल्दिभ्स, रुवान्डा, इरानका नागरिक पनि यही दरमा दीर्घजीवी भएका छन् । मेडिकल जर्नल लान्सेटमा प्रकाशित यो अध्ययन ग्लोबल बर्डेन अफ डिजिज २०१३ को आंकलनमा आधारित छ ।
विकसित देशमा क्यान्सर र अल्पविकसित वा अति कम विकसित देशमा औलो, क्षयरोग, झाडापखालाका कारण हुने गरेका मृत्यूमा कमी आएकाले औसत आयुमा यो वृद्धि पाइएको हो । अध्ययन अनुसार, सब सहारा अफ्रिकी देशका नागरिकको औसत आयुमा भने कमी आएको छ । ती देशका मानिस सालाखाला पाँच वर्ष कम बाँच्न थालेका छन् । यसको कारण हो, एचआईभी/एड्सले गर्दा हुने मृत्यूमा बढोत्तरी हुनु ।
यस्तै, अध्ययनमा पाँच वर्षमुनिका बालबालिकाको मृत्यूदरसमेत घट्दै आएको छ । तर सास सम्बन्धी रोग, झाडापखाला, औंलोले बर्सेनि अझै करिब २० लाख बालबालिकाको मृत्यू हुने गरेको छ । उक्त अध्ययनमा कलेजोको क्यान्सर, आत्महत्या, नसालु पदार्थको प्रयोग सम्बन्धी रोगमा वृद्धि भएको छ । कान्तिपुर दैनिकमा खबर छ ।
0 comments
Write Down Your Responses