सलमानले यी सुन्दरीसँग विहे गर्ने

बलिउड सुपरस्टार सलमान खानले अर्को वर्ष विवाह गर्ने घोषणा केही दिन अघि गरेका थिए । अव भने उनले विवाह गर्ने केटी को हुन भन्ने समेत खुलासा भएको छ ।

सलमान खानका परिवारले उनकी पछिल्ली प्रेमिका लुलिया बन्तुरलाई मन पराएको र उनीसँग सलमानको २०१५ भित्र विवाह हुने भारतीय सञ्चार माध्यमले जनाएका छन् ।



सलमानले बहिनीको विवाहमा लुलियालाई पनि बोलाएका थिए । त्यतिनै बेला उनले लुलियालाई परिवारमा चिनजान र प्रेम प्रसंगबारे पनि औपचारिक जानकारी गराएका थिए ।

 

यी अर्मेनियन सुन्दरीसँग सलमानले जर्मनीको डब्लिनमा फिल्म सुटिङका क्रममा सम्बन्ध बढाएका थिए । उनीहरु निरन्तर प्रेममा रहेको भारतीय सञ्चार माध्यमको दावी छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.