आइजीपीविरुद्ध फेसबुकमा लेख्दा डिएसपी निलम्बित
सुरक्षा निकायमा कार्यरत हुनुहुन्छ र फेसबुक–ट्विटरजस्ता सामाजिक सञ्जालमा सक्रिय हुनुहुन्छ भने सजग हुनुहोला ।
सामाजिक सञ्जालमा आफ्नो विचार राख्दा तपाईंको करिअरमा ठूलो धक्का लाग्न सक्छ ।
फेसबुक प्रयोगमै सतर्कता नअपनाउँदा सशस्त्र प्रहरी बलका एक डिएसपी निलम्बनमा परेका छन् ।
आइजिपीको कामको आलोचना गरेर फेसबुकमा कमेन्ट लेखेको आरोपमा सशस्त्रका डिएसपी नानीराम हुमागाईंलाई मुख्यालयले निलम्बन गरी कारबाही प्रक्रिया अघि बढाएको हो ।
फेसबुकमा लेखेकै आधारमा निलम्बन गर्नु अन्याय भएको भन्दै हुमागाईंले रिट हालेपछि अदालतले निलम्बन नगर्न आदेश दिएको छ ।
सशस्त्र प्रहरी मुख्यालयले डिआइजीको नेतृत्वमा समिति बनाएर छानविन थालेको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
डिआइजी दिवाकर केसीको संयोजकत्वमा छानबिन समिति बनेकोमा केसी तालिमका लागि चीन गएपछि नयाँ संयोजक बनाएर छानबिन गर्न थालिएको छ ।
0 comments
Write Down Your Responses