तोलामा ६ सय रुपैयाँले घट्यो सुनको भाउ
पुस काठमाडौं । मंगलबार एकैदिन सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेको छ । केहीदिन याता प्रतितोला ५२ हजार रुपैयाँमा कारोबार भइरहेको सुन मंगलबार ६ सय रुपैयाँले घटेर ५१ हृजार ४ सय रुपैयाँमा किनबेच भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अन्तराष्ट्रिय बजारमा सुनको भाउ घटेकाले त्यसको असर नेपालमा पनि देखिएको व्यवसायीहरुले बताएका छन । त्यस्तै, डलरको मुल्यवृद्धिको प्रभावले सुनको मुल्य घटेको पनि विश्लेषकहरुले बताएका छन ।
केहीदिन यता स्थिर रहेको चाँदीको मुल्य पनि मंगलबार घटेको छ । तोलामा १० रुपैयाँले घटेर ६ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
0 comments
Write Down Your Responses