एमाओवादी नेतृत्व मोर्चाको आन्दोलनको कार्यक्रम सार्बजनिक : नेपाल बन्दको घोषणा

काठमाडौं, पुस ९ – एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले एक विज्ञप्ति जारी गर्दै आमहडतालसहितको कार्यक्रम तालिका सार्वजनिक गरेको छ ।
 
मोर्चाले जारी विज्ञप्तिमा अन्तरिम संविधानको मर्म विपरित २०४७ सालको संविधानको दिशातिर सत्तारुढ दल कांग्रेस एमाले फर्किएकाले मोर्चा आन्दोलनको कार्यक्रम घोषणा गर्न बाध्य भएको बताइएको छ ।
 
‘संविधानसभाको गणितीय घोडा चढेर’ महेन्द्रकालिन दिशातिर सत्तारुढ दल अघि बढेको बताउँदै मार्चाले विभिन्न कार्यक्रमहरु सार्वजनिक गरेको हो ।
यस्तो छ कार्यक्रमको तालिकाः
१. पुस १९ गतेः देशका ७५ वटै जिल्लामा जुलुस र सभा
२. पुस २५ देखि २९ गतेसम्म विभिन्न प्रदेशहरुमा आलोपाले अम हड्ताल जस अन्तरगत
पुस २५ गतेः खसान, खप्तड, भेरी–कर्णाली र सेती महाकाली
पुस २७ गतेः किराँत, खम्बुवान, लिम्बुवान, मगरत र तमुवान
पुस २८ गतेः थरुहट, थरुवान, मधेश (अवध, मिथिला, भोजपूरा र कोचिला)
पुस २९ गतेः नेवाः र तामसालिङ
३. माघ ५ गतेः नेपाल बन्द

0 comments

Write Down Your Responses

Powered by Blogger.