विश्व कम्युनिष्ट आन्दोलनलाई नेतृत्व गर्ने अवसर आफुलाई आएको प्रचन्डको दाबी
काठमाडौ, पुस ११ - एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले नेपालले विश्व कम्युनिष्ट आन्दोलनलाई नेतृत्व गर्न सक्ने अवसर पाएको बताएका छन् । उनले नेपालका सबै कम्युनिष्टहरु एकजुट भए वैचारिक रुपमा विश्व कम्युनिष्ट आन्दोलनलाई नेतृत्व गर्न सकिने बताए ।
सबैभन्दा पहिले यहाँका कम्युनिष्टहरु एकजुट हुनुपर्छ, चिनियाँ नेता माओत्सेतुङको १२१ औं जन्म दिवसको अवसरमा पार्टी कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा उनले भने–‘नेपाली कम्युनिष्टका लागि नेतृत्वको अवसर आएको छ । संसारमा कम्युनिष्टको सबैभन्दा बढी प्रभाव रहेको देश नेपाल भएको भन्दै उनले नेतृत्व गरेर विश्वक्रान्तिलाई टेवा पुर्याउन सकिने बताए । उनले आमजनतापनि कम्युनिष्ट पार्टीबाटै बढी आशावादी रहेको दावी गरे ।
उनले जनयुद्धका सहयात्रीहरु विभिन्न समूहमा विभाजित हुनु दुःखको कुरा रहेको भन्दै भने–सबैभन्दा पहिले त माओवादी नै एकजुट हुनुपर्यो । उनले माओ दिवसको अवसरमा सबैलाई एकतावद्ध हुन आग्रह पनि गरे । कम्युनिष्टहरु एकजुट नहुने ०४६ साल अघिकै रोग बल्झिएको उनको भनाई थियो । पहिले माओवादी, अनि सबै इमानदार कम्युनिष्ट एकतावद्ध होऔं, उनले भने ।
0 comments
Write Down Your Responses