हिन्दुराष्ट्र पुर्नस्थापना गराएरै छाड्ने कमल थापाको दाबी
बारा, पुस ११– राप्रपा नेपालका अध्यक्ष कमल थापाले कुनै पनि हालतमा देशमा हिन्दुराष्ट्र पुर्नस्थापना गराएरै छाड्ने दाबी गरेका छन् । देशमा हिन्दु राष्ट्र पुर्नस्थापना र माघ ८ भित्रै संविधान जारी गर्नका लागि राप्रपा नेपालले अस्तिदेखि थालेको मेची महाकाली संकल्प रथयात्रा अन्तर्गत शुक्रबार बाराको निजगढमा आयोजित जनसभालाई सम्बोधन गर्दै थापाले अब बन्ने संविधान हिन्दुराष्ट्र सहितको हुनुपर्ने र त्यो गराएरै छाड्ने पनि दाबी गरे ।
संसारको एक मात्र हिन्दुराष्ट्र देश नेपालको पहिचानलाई नामेट पार्ने हर्कतहरु भइरहेको भन्दै थापाले आफूहरुले त्यस्ता हर्कत गर्नेहरुलाई खोजी गरेर जनताको सामु नांगेझार पार्ने समेत बताए । कार्यक्रममा पार्टी प्रवक्ता विष्णु भट्टराईले पछिल्ले समय विदेशी हस्तक्षेत्र बढ्दै गएको प्रति चिन्ता व्यक्त गर्दै राष्ट्रिय पहिचानको लागि आफ्नो पार्टी विद्राह गर्न पनि तयार भएको बताए ।
उनले ९४ प्रतिशत भन्दा बढी हिन्दु धर्मावलम्बी भएको देशलाई हिन्दुराष्ट्र नै घोषित गरिनुपर्ने भन्दै आफूहरुले धर्मको नाममा राजनीति नगरेको समेत दाबी गरे । तेस्रो दिन आज सर्लाहीको हरिबानबाट हिँडेको रथयात्रा निजगढमा पुगेको छ । आजै रथ रथयात्रा पथलैया अमलेख हुँदै मकावनपुरको हेटौंडा पुग्ने राप्रपा नेपालका सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
0 comments
Write Down Your Responses