इबोलाकोे महामारी फैलनबाट रोक्न ३ दिन बन्द

एजेन्सी । इबोला भाइरस व्यापक फैलिएपछि सियरालियोनको उत्तरी क्षेत्रमा ३ दिनसम्म बन्दको घाषणा गरिएको छ ।
इबोला भाइरसको संक्रमण व्यापक फैलिएपछि सियरालियोनको उत्तरी क्षेत्रका सबै पसल, बजार तथा यातायात सेवापनि पूर्ण रुपमा बन्द गर्न लागिएको हो ।

इबोला भाइरसको संक्रमण फैलिने संभावना उच्च भएकै कारण धेरै ठाउमा क्रिसमसका कार्यक्रममा समेत प्रतिबन्ध लगाइको छ ।
आवश्यक परेको खण्डमा यो समय अझै लम्बिने सक्न स्थानीय अधिकारीले बताएका छन् ।
इबोलाका कारण सियरालियोनमा अहिलेसम्म ९ हजार भन्दा बढी इबोला संक्रमित बिरामी फेला परेका छन् भने २४ सयभन्दा बढीको ज्यान गैसकेको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.