विप्लवले तताए टुँडिखेल
काठमाडौं, पुस ११ – नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले आयोजना गरेको आमसभामा नेताहरुले आफूहरु फेरि सशस्त्र युद्धमा फर्कन तयार रहेको बताएका छन् । काठमाडौंको खुल्लामञ्चमा जारी सभालाई सम्बोधन गर्दै नेता धमेन्द्र बाँस्तोलाले १५ हजार सपुतको रगतलाई अपमान गरे आफू प्रतिबद्ध रहेको बताएका छन् ।
नेपाली कांग्रेसको नेतृत्वमा संसदवादीहरु यति बेला विगतका सम्झौताहरुलाई उल्लंघन गरेर जनतालाई प्रतिगामी शासन थोपार्न खोज्दै छन्, उनले भने । यसो भएमा हतियार उठाउनुको विकल्प नभएको उनले जिकिर गरे ।
नेकपा–माओवादीबाट विभाजन भएको बारेमा बोल्दै उनले भने, आन्दोलन कमजोर बनेको देखेपछि पार्टी फुटाउन बाध्य भयौं । त्यस्तै, नेकपा माओवादीका विद्यार्थी नेता शरद रसाइलीले पनि जनविरोधी कदमहरु चालिए आफूहरु फेरि जनमुक्ति सेनामा भत्र्ती हुन तयार रहेको बताएका छन् । अब युवाहरुले देश र क्रान्तिको नेतृत्व गर्ने भन्दै उनले अब कपाल फुलेकाले होइन, युवाहरुले क्रान्ति गर्ने दाबी समेत गरे ।
0 comments
Write Down Your Responses