चिसो मौसममा धेरै विरामी हुनुभयो बच्नलाई यसो गर्नोस्
चिसोको यो मौसममा शरिरको ध्यानको लागि धेरै कुरा गर्नुपर्ने हुन्छ। शरिरको तापक्रम कायम राख्न शरिरलाइ मेहेनत गरिरहनु पर्ने बेला झन् बाहिरको चिसो लाइ वास्ता गरिएन भने धेरै स्वास्थय सम्बन्धित रोगहरुले सताउन केहि बेर लाग्दैन। व्यायाम गर्नुका साथै पैदल हिड्ने बानि बसाल्नुहोस् । यसो गर्नाले रक्तसंचार बढ्नेछ। यस्तो जाडोको मौसममा कसरि तन्दुरुस्त रहने, यसको लागि केहि टिप्स तल प्रस्तुत गरिएकोछ।
जाडोको मौसममा वान्ता हुने, चिडचिडडापनले सताउने, सुख्खा खोकि लाग्ने, ज्वरो आउने आदि जस्तो समस्या निकै चाडैहुने हुन्छ। घाममा कम्तिमा पनि ३० मिनेट प्रतक्क्ष बस्नु जरुरि हुन्छ यस्तो मौसममा।
यस्तो लक्षणहरु देखिएमा जान्नुहोस कि बिरामी भइदैछ र कसरि बच्ने भनेर ध्यान दिनु पर्ने हुन्छ।
घाटिं दुख्नु, सिगान बग्न थाल्नु
आंसु धेरै आइरहनु
शरिरमा दुखाइ महसुस हुनु र खोकि लाग्न सुरुहुनु
श्वासप्रश्वासमा समस्या हुनु र हल्का ज्वरो आउनु
के गर्ने सकिन्छ यो मौसममा स्वस्थ रहन? केहि महत्वपुर्ण टिप्सहरु पढ्नुहोस तल।
१. चिकेन सुप
जसलाइ दम वा श्वासप्रश्वासमा समस्या छ उसको लागि चिकेन सुप लाभदायक मानिन्छ। यसमा हुने एमीनो एसिड ले चिसोमा हुने श्वास सम्बन्धित समस्यामा आराम दिने काम गर्छ। यसको वाफ लिनाले पनि फाइदा गर्छ।
२. कफि वा आयुर्वेदिक चिया
दालचिनि, जाइफल, ल्वाङ्ग, मरिच, तुलसिको पात आदि मिसाएर तयार गरिएको चिया वा कफि सहितको पेयपदार्थले दिने आराम र तातोपनले जाडोको मौसममा चिसो लाग्नबाट बचाउन ठुलो भुमिका खेल्छ।
३. चिया वा कालो चिया
हरियो चियापत्तिको चिया र कालो चिया स्वास्थ्यको लागि फाइदाजनक मानिन्छ। टाउको दुखेको र घाटीँको लागि यो राम्रो हुन्छ। रुघाको लागि भिटामिन सी ले राम्रो फाइदा गर्छ। चियासग हालिने कागति आदिले भिटामिन सी पनि परिपुर्ति गर्छ।
४. फलफुलको रस
जाडोको मौसमको सबैभन्दा बच्न पर्ने कुरामा धुलो पर्छ। पुरा आरामको साथसाथ पर्याप्त तरल पदार्थको सेवन एकदम जरुरी हुन्छ। फलफुलको रसले पानिको मात्रा पनि पुरा गर्ने र शरिरमा स्फुर्तिपनि कायम राख्ने भएकोले फलफुलको जुस खाने गर्नुहोस्।
५. हिड्ने बानि
हिड्ने बानिले शरिरमा रक्तसंचार बढ्ने हुन्छ। खाना खादा पनि धेरै क्यालोरि युक्त खाना खाने गर्नहोस जस्तै, पनिर, दुध, फलफुल आदि। हिड्ने ठाँउ छैन भने एकैठाउमा उभिएर जगिङ गर्ने गर्दा पनि हुन्छ।
0 comments
Write Down Your Responses