एयर एसियाको विमान अचानक सम्पर्क बिहिन

काठमाडौं-इन्डोनेसियादेखि सिंगापुर जाँदै गरेको एयर एसियाको क्युजेड ८५०१ विमान सम्पर्क बिहिन भएको छ। घटनाबारे विस्तृत जानकारी आइनसकेको बिबिसीले जनाएको छ। इन्डोनेसियाका सञ्चारमाध्यमले दिएको जानकारीअनुसार विमानमा १ सय ६२ जना यात्रु सवार थिए। 

विमान स्थानीय समयअनुसार बिहान ६:१५ बजेदेखि जाकर्ता एयर ट्राफिक कन्ट्रोलको सम्पर्कमा नरहेको बताइएको छ। ट्राफिक कन्ट्रिलिङमा रहेका कर्मचारीले दिएको जानकारीअनुसार विमान हराउनुभन्दा पहिले विमानले नयाँ रुटबारे सोधेको थियो। 

0 comments

Write Down Your Responses

Powered by Blogger.