९२ वर्षीय वृद्धले गरे आफूभन्दा ७० वर्ष कान्छीसँग विवाह
यी व्यक्तिको उमेर ९२ वर्ष हो र उनको १६ जना छोराछोरी छन् । अहिलेसम्म उनले ५८ वर्षको वैवाहिक जीवन व्यतित गरिसकेका छन् । यत्तिको उमेरका व्यक्तिले सामान्यतया आफ्नो घरगृहस्थी जीवनबाट टाढा रहेर धर्मकर्म गर्नेतिर लाग्दछन् तर यी व्यक्तिले भने यो उमेरमा आएर विवाह गरेका छन् त्यो पनि आफूभन्दा ७० वर्षकी कान्छीसँग । मुसाली मोहम्मद अल–मुजामाईले २२ वर्षीया दुलही मुना मुह्खलीफ अल–जुबुरीसँग चार घण्टाको समारोहबिच विवाह गरेका छन् ।
उत्तर बग्दादमा गत असार १७ गतेका दिन आयोजना भएको उक्त विवाहमा उनीसँगै उनका १६ र १७ वर्षका नातीले पनि विवाह गरेको एएफपी समाचार एजेन्सीले बताएको छ । आफ्नो विवाह दुईजना नातीहरुसँग गर्न पाउँदा आफू निकै खुसी भएको बताउँदै विवाह गर्दा आफू २० वर्षको जस्तो महसुस गरेको मुजामाईले एफपीलाई बताए । पहिलो श्रीमतीको मृत्यु भएको तीन वर्षमा उनले दोस्रो विवाह गरेका हुन् । पहिलो श्रीमतीबाट उनका १६ सन्तान छन् । चार घण्टाको विवाह समारोहमा सांगितिक कार्यक्रमसँगै नाचगान गरिएको थियो । स्रोतः डेली मेल
0 comments
Write Down Your Responses