म गृहमन्त्रीको मान्छे भन्दै गुण्डागर्दी
प्युठान, पुस १५ – गृहमन्त्री भएको केहि दिन नवित्दै बामदेव गौतमले राजधानीको एक कार्यक्रममा बोल्दै भनेका थिए गुन्डागर्दी बन्द गर्छु, म गृहमन्त्री भएपछि काठमाडौंबाट गुन्डाहरुको भागाभाग भएको छ ।
तर उनले यो कथन कथीरहदा उनकै आडमा गौतमकै जिल्लामा गुण्डाराज चलिरहेको छ । गृहमन्त्री बामदेव गौतमको जिल्लामा भइरहेको गुण्डाराजका केही दृष्टान्तः
घटना १
घटना २०७१ साल भदौ २२ गतेको हो । युवा संघका प्यूठान सदस्य तथा संविधानसभाको दोस्रो निर्वाचनताका बामदेब गौतमलाई जिताउन प्रमुखताकासाथ चुनावमा हिँडेका दीपक सापकोटा लगायतको टोलीले बिजुवार प्यूठानमा बस्दै आएका श्रबण गेष्ट हाउसका सञ्चालक सनत कुमार श्रेष्ठलाई चेरनेटा भन्ने ठाँउमा मरणासन्न हुनेगरि धारीलो खुकुरी प्रहार गरी खुट्टादेखि कुम सम्म छिया छिया बनाइदिए । तर गृहमन्त्रीकै आदेशमा सो घटना लुकाइयो । सरकारमा भएको पार्टी र गृहमन्त्री भएको जिल्लाको धम्की दिँदै उनले यस्तो घटना घटाएको पिडितको भनाई छ । घटना घटाउनेलाई कानुनी कार्वाहिमा ल्याउनु पर्ने प्रहरी समेत उनलाई पक्राउ गर्न गृहमन्त्रीका कारण हिकिचाइरहेको छ ।
घटना २
मंसीर १८ गते सडग विभाग कार्यालय चकचके प्यूठानमा टेन्डर खोल्दा निर्माण व्यवसायी संघ प्यूठानका अध्यक्ष श्री शोभाराम भण्डारीमाथी युवा संघ जिल्ला अध्यक्ष श्रीधर रोका लगायतको टिमले हातपात गरे । हातपातपछि तत्काल प्रहरीलाई खबर गर्दा प्रहरी त आयो तर घटनाको रमिते बनेर गयो । आक्रमण गर्ने युवासंघ अध्यक्ष माथी कार्वाही भएन । उल्टै हामी बामदेवको मान्छे हौं कस्ले के गर्न सक्छ ? भन्दै भण्डारीले प्रहरीलाई थर्काए ।
घटना ३ :
गत मंसीर २० गते प्यूठानको रम्दी गाबिस २ तिघ्रामा युबासंघकै अध्यक्ष श्रीधर रोकाले निर्माण व्यवसायी बिजुवार पुण्यखोला निबासी नेत्र के.सी माथि हातपात गरे । स्रोतका अनुसार रोकाले केसीसंग हप्ता मागेका थिए । अघिल्लो महिनाको ४५ हजार रुपैयाँ त केसीले रोकालाई बुझाए । फेरी मंसीरको चाहियो भन्दै मागेपछि विवाद समेत भयो । विवाद पछि चन्दाको मुल्य बढ्यो र १ लाख पुग्यो । नदिए जेपनि हुन्छ भन्दै फोनबाट पटक पटक धम्क्याईयो । युवासंघ अध्यक्ष रोकाले काममा गएको बेला एक्लै आक्रमण गर्ने धम्की दिएको केसीले बताए । आक्रमण गर्नेलाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय खलंगामा मंसीर २३ गते सार्बजनिक मुदा दर्ता गरे । मद्दा दर्ता गर्दै गर्दा उनलाई प्रहरी नायब निरीक्षक दिपक रेग्मीले आफुले २ दिन भित्र पक्राउ गरी कार्वाही अगाडी बढाउने बाचा गरे । अपराधी खुलेयाम हिँडिरेको छ प्रहरी समाउन चाहन्न । केसीले भने यस्ता घटना त प्रतिनिधि मात्र हुन यस्ता कैयौं घटना घटेका छन् ।
प्यूठानका प्रमुख ब्यापारीक केन्द्र बाग्दुला , बिजुवार , खलंगा लगायतका बजारमा ब्यापार गरी बसेका ब्यापारीहरु लाइ धम्की आईरहन्छ । पटक पटक उजुरी गर्दापनि धम्की रोकीदैन । गृहमन्त्रीको जिल्ला भएपछि स्थानियले सुरक्षाको अनुभूतिको आस गर्नु नौलो होइन । तर उनकै जिल्लामा सर्वसाधरण गुण्डा आतंकबाट त्रसित छन् ।
प्युठानका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ पनि अपराधिक गतिविधि बढेको कुरा स्विकारे । आपराधीक घटनालाई राजनीतिक रुपमा हेर्न हुन्न । उनले भने ‘युवासंघका अध्यक्ष रोकालाई हामीले राजनीतिक मान्छेको रुपमा हेरेका छैनौं । उनलाई हामी कानुन अनुसार कार्वाही गर्छौं ।
तर अध्यक्ष रोका भने आजभोली पनि हप्ता असुली, ठेक्का पट्टामा गूण्डागर्दी तथा चन्दा असुलि गर्दै गरिरहेका छन् ।
0 comments
Write Down Your Responses