मंगल ग्रहमा एलिएनको शव राख्ने भाँडो भेटिएपछि खलबली मच्चियो
काठमाडौं । मंगल ग्रहको सतहमा एक शव राख्ने भाँडो अर्थात ‘ताबूत’ जस्तै बस्तु देखिएको दावी गरिएको छ । द इनक्भिजिटर’ को एक रिपोर्टमा उल्लेख गरिए अनुसार अहिले भिडियो शेयरिङ साइट यू ट्यूबमा पोष्ट गरिएको एक भिडियोमा देखिए अनुसार पहिलो पटक हेर्दा उक्त एलियनको ताबूतको अन्दाज गर्न मुस्किल पर्दछ तर त्यसलाइ ध्यानपूर्वक हेर्ने हो भने उक्त बस्तु स्पष्ट संग देख्न सकिन्छ ।
यो समाचार प्रकाशन प्रसारण भएपछि अहिले निकै खलबली मच्चिएको मिडीयाएनपी डटकममा समाचार छ । उक्त बस्तु साच्चै दावी गरिएको बस्तु हो वा होइन भनेर बहस शुरू भएको छ । अनुसन्धानकर्ता स्कट वेरिङले ‘यूएफओ साइटिङ डेली’ लाइ उद्धृत गर्दै बताए अनुसार, ‘यो पत्थर जस्तै देखिने वस्तु बिल्कुलै एक प्रकारको ताबूत जस्तै देखिन्छ । यो लगभग एक फिट लामो र आधा फिट ऊंचाइको रहेको छ।’ वेरिङका अनुसार, हुन सक्दछ कि यो पत्थरको एक टुक्रा होस, तर यदि नासाको क्यूरियोसिटी रोवरले यदि यसको निरिक्षण गर्ने हो भने यो एक चमत्कारनै हुनेछ । अहिले बैज्ञानिकहरू यो बस्तु साँच्चैनै एलिएनको तावुत हो वा अन्य केही बस्तु भन्दै यसको अध्ययनमा जुटेको बताइएको छ ।
0 comments
Write Down Your Responses