औंलो काटेर पेनड्राइभ
पछिल्लो समयमा ग्याजेट अनौठा अनौठा पाइन्छन् । यहाँ यस्तै अनौठा पेनड्राइभ तस्विर सहित प्रस्तुत गरिएको छ ।
औंला पेनड्राइभ
यो पेनड्राइभ अमेजनल डटकमले विक्रीमा राखेको छ । औंलाको आकारमा रहेका यी पेनड्राइभको मूल्य पनि महंगो छैन । यो पेनड्राइभ सामान्य ८ GB को हो भने विण्डोज 7, विण्डोज XP, विण्डोज भिस्टा, म्याक ओएस (एप्पल कम्प्यूटर अपरेटिङ्ग सिस्टम) र लिनक्स अपरेटिङ सिस्टम भएका ग्याजेटमा राख्न सकिन्छ ।
राइफल पेनड्राइभ
यो १६ जिवीको पेन ड्राइभ विण्डोज 98 र अन्य अत्याधुनिक प्रणाली भएका ग्याजेटमा प्रयोग गर्न सकिन्छ । यो धातुबाट बनेको पेनड्राइभ देख्दा भने रुाइफल जस्तो देखिन्छ । यो पेनड्राइभमा पासवर्ड समेत राख्न सकिन्छ ।
केटली पेनड्राइभ
४ GB मेमोरी भएको यो पेनड्राइभ विण्डोज 98 र अन्य अत्याधुनिक सबै भर्जनका अपरेटिङ सिष्टममा काम गर्न सक्छ । यो देख्दा भने चिया पकाउने केटली जस्तो देखिन्छ ।
0 comments
Write Down Your Responses