बिना स्टेरिंङ र बिना ब्रेक को अनौठो कार

हामी नेताहरुको झगडा, काटमार, बलात्कार, बिरोध र अन्य नकारात्मक कुरामा भुल्दै गर्दा संसार कति अगाडि बढिसक्यो भन्ने कुरा अब सोच्न पनि छोडिसकेका छौ। केके भइरहेको छ प्रविधिमा थाह छ तपाइलाइ? राम्रो र प्रगतिमुलक बिषयबस्तु किन पच्दैन हामीलाइ, पच्ने भएको भए त प्रगतिशिल बिषयबस्तुमा चासो किन कम? जीन्दगि भरि यो भएन त्यो भएन भनेर बस्ने कि के भएन खै म गर्छु भन्ने कुरा र काम गर्ने? हेर्नुहोस् त मेसिनहरु पनि मान्छेको सजिलोको लागि कस्ता कस्ता बन्न थाले।



गुगल कम्पनिले बनाइरहेको ड्राइभर नचाहिने कार परिक्षणको लागि तयार भइएको जनाएको छ। इन्टरनेट क्षेत्रको चर्चित कम्पनि गुगलले बनाएको यो कार आफै चल्छ, यसको लागि ड्राइभरको आवश्यकता पर्दैन। यो कारमा स्टेरिङ, एक्सिलरेटर, ब्रेक छैन।


सेन्सर र क्यामरा आखाको रुपमा काम गर्ने र कारमा प्रयोग भएको सफ्टवेरले क्यामरा र सेन्सरबाट प्राप्त तस्बिर र डाटाको अनुसार कता जाने, कति गतिमा गुड्ने, बाटो कता छ आदि कुरा पत्ता लगाउछ।

यो कारलाइ गुगलले छिट्टै परिक्षण गर्दै छ सार्वजनिक बाटोमा नै।

0 comments

Write Down Your Responses

Powered by Blogger.