दोस्रो स्थानका आज श्रीलङ्काको सामना

८ पुस, काठमाडौँ ।
प्रथम दक्षिण एसियाली आमन्त्रण महिला भलिबल प्रतियोगितामा नेपाल दोस्रो स्थानका लागि मङ्गलबार श्रीलङ्कासँग भिड्ने भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा आज भएको प्रतियोगितामा भारतले श्रीलङ्लाई पराजित गरेपछि नेपालले श्रीलङ्काको सामना गर्ने निश्चित भएको हो ।  सो  जितसँगै भारतले भने एक खेल अगावै प्रतियोगिताको उपाधिमाथि कब्जा जमाएको छ ।
भारतले आज श्रीलङ्कालाई ३–० मा हराएको थियो । प्रतियोगितामा तीन खेल खेलेको भारतले तीनै खेलमा अपराजित रहँदै नौ अङ्क जोड्यो ।
खेलको पहिलो श्रेणी निकै प्रतिस्पर्धात्मक बने तापनि दोस्रो श्रेणीमा भने श्रीलङ्काले खासै राम्रो प्रर्दशन गर्न सकेन । भारतले श्रीलङ्कामाथि खेलको पहिलो श्रेणी २६–२४, दोस्रो  २५–११ र तेस्रो  २५–१९ ले पराजित ग¥यो । 
 
त्यस्तै तीन खेल खेलेको नेपालले प्रतियोगितामा छ अङ्क बटुलेको छ भने समान खेल खेलेको श्रीलङ्काको पनि समान  अङ्क नै छ । यसअघि भएको खेलमा नेपालले बङ्गलादेश र माल्दिभ्सलाई पराजित गरेको थियो भने भारतसँग हार भोगेको थियो ।
सोही स्थानमा आजै भएको अर्को खेलमा माल्दिभ्सले बङ्गलादेशलाई ३–१ ले पराजित गर्दै विजयी भयो । माल्दिभ्स खेलको पहिलो श्रेणीमा २५–१७, तेस्रो  २५–२३ र चौथो  २५–१९ ले पराजित गर्दै विजयी भएको हो । त्यस्तै बङ्गलादेश भने खेलको दोस्रो श्रेणीमा २५–१३ ले विजयी भएको थियो । 
मङ्गलबारको पहिलो खेल बिहान १०ः०० बङ्गलादेशले भारतको सामना गर्नेछ भने दोस्रो खेल अपराह्न २ः३० बजे नेपाल र श्रीलङ्काबीच हुनेछ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.