कारले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमतीको मृत्यु, श्रीमान् घाइते, भक्तपुरमा तनाब

भक्तपुर, पौष १५ । भक्तपुरको लोकन्थलीमा मोटरसाइकललाई कारले ठक्कर दिँदा मोटरसाइकलमा सवार महिलाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक घाइते भएका छन् ।

भक्तपुरबाट मंगलबार दिउँसो काठमाडौंतर्फ जाँदै गरेको बा९च ६५६४ नम्बरको कारले बा१७प १९४१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा भक्तपुर बोडेकी देवकी थापाको मृत्यु भएको हो । 

मोटरसाइकल चालक उनका श्रीमान् जीवन थापाको भने अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घटनापछि दोषीमाथि कडा कारबाही, उचित क्षतिपूर्ति र निष्पक्ष छानबिनको माग गर्दै पीडित परिवारले केहीबेर भक्तपुर पुरानो सडक बन्द समेत गराएका थिए ।

0 comments

Write Down Your Responses

Powered by Blogger.