संविधानसभामा भोटेताल्चा झुण्डियो, तलव भत्ता ठुलो की संविधान !
काठमाडौँ । अघिल्लो पटक ४ -४ बर्षको समय व्यतित गरेर संविधान दिन नसकेको संविधान सभा भवन विभिन्न कारणले बन्धक बन्ने क्रम यस पटक सुरु भएको छ । विभिन्न निकायका कर्मचारी, नेता कार्यकताहरुको आफ्नो वयक्तिगत रोश ससंविधान निर्माण गर्ने थलोमा देखाउने पुरा नै शैलीका कारण यस बर्ष पनि अघिल्लो संविधानसभामा देखिएका परिर्दश्यहरु यस बर्ष पनि सुरु भएका छन् ।
यस अघि संविधानसभा भवन बाहिर देखिने जलुस, आन्दोलन र संविधान निर्माण प्रक्रियामा देखिने बाधा अवरोधका दृश्य यसपटक भने संविधानसभा भवन भित्रै देखिएको छ । सोमबार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारीहरुले संसद् सचिवालयका कर्मचारीसरह सुविधा पाउनुपर्ने मागको सुनुवाइ नभएको भन्दै आज संविधानसभा भवनमा तालाबन्दी गरेपछी संविधानसभा भवन संविधान बनाउने थलो भन्दा पनि माग पुरा गर्ने साधकका रुपमा देखिन थालेको छ ।
संविधानसभाको आजको १ बजेका लागि निर्धारित बैठक सम्मेलन केन्द्रका कर्मचारीहरुको तालाबन्दीका कारण अहिलेसम्म सञ्चालन हुन सकेको छैन । सहरी विकास मन्त्रालयअन्तर्गतको केन्द्रका कर्मचारीका माग सम्बोधन गर्न ११ महिनादेखि सम्बन्धित निकायले आलटाल गरेको गुनासो गर्दै माग पूरा नभएसम्म आन्दोलित कर्मचारीहरुले ताला नखोल्ने स्पष्ट गरेका छन् ।
0 comments
Write Down Your Responses