१० हजार फिटको उचाइबाट कुकुर लिएर छलाङ मारेपछी
मानिसका अनौठा शोख हुन्छन् । कतिपय ब्यक्तिलाई खतरनाक र ज्यान नै जोखिममा पारेर काम समेत विभिन्न गतिविधी गर्छन् ।
कसैले हावामा छलाङ लगाउँछन् भने कसैले हिमालको चुचुरोमा झण्डा गाड्छन् । स्पेनिस सेनाका २ अधिकारीहरुले यस्तै खतरनाक स्टन्ट देखाए जुन हेर्दा पनि आङ सिरिङ्ग हुने थियो ।
नर्वेको सैनिक तालिम केन्द्र युरोपमै सबै भन्दा ठूलो मानिन्छ । युरोपकै सबै भन्दा ठूलो सेनिक तालिम केन्द्रमा सैनिकहरुले १० हजार फिटको उचाइबाट कुकुर लिएर हावामा हाम फाले ।
यति धेरै उचाइबाट कुकर सहित मानिसले छलाङ हानेको यो पहिलो घटना हो ।
१० हजार फिटबाट प्यारासुटमा फ्री फल गरे पनि उनीहरुको साथमा रहेका कुकुरलाई कुनै चोटपटक भने लागेन ।
यी कुकर सैनिक तालिम प्राप्त कुकुर हुन् ।
एजेन्सी ।
0 comments
Write Down Your Responses