सेक्स कतिबेला र कतिपटक गर्ने ?
सेक्स गर्ने निश्चित समय छैन । उपयुक्त समय र परिस्थिति अनुसार सेक्स गर्न सकिन्छ । अधिकांशले रातिमा सेक्स गर्छन् । तर, रातिमा भन्दा बिहानको समयमा सेक्स गर्दा राम्रो हुन्छ ।

एकाबिहानै सेक्स गरे दिनभरी ‘मुड फ्रेस’ हुन्छ । अरु यस्ता कारण पनि छन्, जसले तपाईंलाई बिहानकै समयमा सेक्स गर्न उत्साह पैदा गर्न सक्छ । एउटा मात्र होइन, धेरै किसिमका सोध र अनुसन्धानबाट तपाईंलाई स्वस्थ राख्न बिहानको समय नै सेक्सको लागि उपयुक्त रहेको पत्ता लागेको छ । सबैभन्दा उत्तम समय भनेको बिहान साढे ७ बजे हो । स्टमडीको अध्ययन अनुसार यो समयमा शरीरमा सेक्स हार्मोन्सको मात्रा बढि उत्पन्न हुने भएकोले बिहानै ओछ्यानमा ७ बजेर ३० मिनेटमा सेक्स गर्न सुरु गर्दा अति उत्तम हुन्छ । यतिमात्रै होइन बिहानको सेक्सले दुबैजनालाई दिनभरी थकान महसुस नहुने, दिमाग पनि तिक्ष्ण हुने र दिनभरी ताजा महसुस हुने गर्दछ । इटलीमा गरिएको अध्ययनबाट बिहान साढे ७ बजे सेक्स गर्दा उत्तेजना चाँडै हुन्छ । सेक्स गर्नुस् मोटोपन घटाउनुस् अमेरिकाको एक सोध वैज्ञानिक र सेक्स सलाहकार डा. डेबी हरबेनिकले एक अनुसन्धानको क्रममा सेक्सको सबैभन्दा उत्तम समय बिहान नै रहेको पत्ता लगाए । डा. डेबीका अनुसार बिहानको समयमा सेक्स गर्दा हाम्रो शरीरबाट निस्कने केमिकल्सबाट धेरै सन्तुष्टि मिल्छ । जसबाट खुसी मात्रै होइन स्वस्थ पनि भइन्छ । यसैगरी अमेरिकी अर्का सेक्स सलाहकार जेन ग्रीनरका अनुसार बिहानको समयमा सेक्स गर्दा राम्रो व्यायाम पनि हुन्छ । सेक्स एकप्रकारको व्यायाम पनि हो । उपयुक्त समयमा नियमित सेक्स गरे पनि मोटोपन घट्ने अध्ययनबाट पत्ता लागेको छ । सेक्स कतिपटक गर्ने ? सेक्स कतिपटक गर्ने भन्ने नापतौल छैन । आवश्यकता अनुसार सेक्स गर्न सकिन्छ । तर, भनिन्छ नि धेरै खायो भने चिनी पनि तितो हुन्छ । उपयुक्त समयमा र आफ्नो पार्टनरको मुड हरेर सेक्स गर्न सकिन्छ । त्यसैले एकसातामा तीनपटक सेक्स गर्दा राम्रो हुने विज्ञहरुले बताएका छन् । विहानमा सेक्स गर्दा महिला र पुरुष दुबैमा प्रजनन क्षमता पनि बढ्छ । लेखिका जेनी ट्रिप्लेटका अनुसार विहानमा सेक्स गर्दा महिलाहरुलाई धेरै शक्ति प्राप्त भएको महसुस हुन्छ । बिहानको सेक्समा कसरी मजा लिने ? बिहानको समयमा पूजापाठ गर्ने, खाना पकाउने, अफिस जाने तयारी आदि गर्नुपर्ने हुन्छ । यदि त्यसको लागि प्रयाप्त समय छ र पार्टनर टेन्सनमा छैन भने बिहानमै सेक्स गर्दा राम्रो । विहानको समयमा सेक्सको साथसाथै पार्टनरसँगै बाथरुममा ‘शावर’मा नुहाउदै मजा लिन पनि सकिने विज्ञहरुको भनाइ छ । यसो गर्दा आफ्नो पार्टनरसँग अझै बढि आत्मियता प्राप्त पाउने मात्रै होइन रमाइलो पनि हुन्छ । रातिमा सेक्स किन नगर्ने ? बिहानमा सेक्स गर्ने तर रातीमा किन नगर्ने भन्ने जिज्ञासा लाग्न सक्छ । यद्यपी अधिकांशले खाना खाएर बेडमा जाने र सुत्नेबेला सेक्स गर्छन् । तर, खाना खाएर सेक्स गर्नु र खाना खाएर नुहाउनु भनेको रोग निम्ताउनु हो । त्यसैले रातीमा सेक्स गर्नुभन्दा बिहान मै गर्दा राम्रो हुने विज्ञहरुको सुझाव छ । रातीको सेक्समा नयाँपन नहुने पनि बताउने गरिएको छ । - एजेन्सीहरुको सहयोगमा
0 comments
Write Down Your Responses