बिहे गर्ने तिब्र इच्छा भएकोले छिट्टै विवाह गर्ने रेखा थापाको भनाई

नायिका तथा निर्माता रेखा थापाको विवादास्पक अविव्यक्ति बेला बेलामा मिडियामा छाइरहेको हुन्छ । रेखा र छवि ओझाको सम्बन्धबारे धेरै चर्चा पनि भएकै हो । उनीहरुको सम्बन्धविच्छेद भएको खबरले पनि मिडिया नतातेको भने होइन । तिनै रेखा र छवि बीचको चर्चा अझै सेलाएको छैन । एक दैनिक पत्रिकासँग कुरा गर्दै रेखाले छविले आफूलाई बनाएको नभएर आफूले छविलाई बनाएको बताएकी छन् ।

उनले भनेकी छिन् – चलचित्र क्षेत्रमा लागेपछि मलाई सेकयूअर पनि हुनु थियो । बिहे गरेपछि एटलिस्ट सेक्युअर त भइन्छ भन्ने लागेर छवि ओझासँग बिहे गरेँ ।

हिजो नमस्ते नेपालको टिनको छानामा बस्ने व्यक्तिको आफ्नो घर त बन्यो नि ,व्यानर बन्यो ,स्थापित प्रोड्युसर भए । हिजो नरेश पौडेल र श्याम खेतानको पछि थर्डमा हुन्थे, रेखाले छवि आफ्नै कारण व्यावसायिक रुपमा सफल भएको दाबी गरेकी छिन् । रेखा फिल्म्स् बनेपछि उहाँ सोले प्रोड्युसर बन्नुभएको हो । फिल्ममा अलरेडी मेरो नाम युज गरिन्थ्यो–रेखा थापाको हिम्मत, रेखा थापाको किस्मत । उहाँलाई त कसले चिन्थे र ?
रेखाले अबको दुई वर्षभित्रै बिहे गर्ने बताएकी छन् । उनले आफूलाई बिहे गर्ने तिब्र इच्छा भएको र अहिलेसम्म भने कोही पनि फेला नपरेको संकेत गर्दै भनेकी छन्, अबको दुई वर्षमा बिहे गर्छु । मेरा लागि पनि कहीँ न कहीँ कोही न कोही त लेखेकै होला । भेटिएन भने पनि मसँग अथाह उमेर बाँकी नै छ । ५० वर्षको उमेरमै भए पनि गरौंला ।
रेखाले सुदर्शन गौतमसँगको प्रेम रहेको स्वीकार्दै भनेकी छन् सुदर्शन र मेरो प्रेम छ । म उप्रति आशक्त भएको छु । तर उनले सुदर्र्शनसँग विवाह हुने् नहुने भने बताएकी छैनन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.